• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, पुष १४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

  • २. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • ३. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ४. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ५. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ६. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

  • ७. दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

  • ८. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ९. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

घर भत्काउन सामुदायिक बनको दबाव, भत्काए सबै भत्काउ : वडाध्यक्ष भण्डारी


  •   आइतबार, फागुन २५, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ। दाङ्को राजपुर गाउँपालिका वडा नम्बर ५ जँग्रहवाको सन्देश टोलमा स्थानीय भुपाल वलीले जेनतेन २ कोठाको घर निर्माण गरेका छन। तर, सोही घरलाई स्थानिय सामुदायिक बनले भत्काउन दबाव दिँदै अाएको छ । बनक्षत्र भित्रको जग्गामा घर निर्माण गरेको भन्दै मैनवा सामुदायिक बनले उक्त घर भत्काउन बारम्बार दबाव दिँदै अाएको हो।घर निर्माणका लागि सुरुवाती अबस्थामा रोक्न कोही नअाएको भुपालले बताए। “घर बनिसकेपछी भत्काउन दबाव दिनुको उद्देश्य मैले बुझेन भुपालले भने-फेरि त्यो जग्गा २०७४ सालमा मैले किनेको हो ।” भुपालले २०७४ सालमा स्थानिय भुपेन्द्र यादब सँग नगद २ लाख रुपैयामा ३ कठ्ठा जग्गा किनेका थिए । उनी सँग जग्गा किनेको कागज पनि छ । सोही जग्गामा उनले अहिले २ कोठाको टिनले छाएको घर बनाएका छन् । जग्गा किन्दा भुपाललाई त्यो बनक्षत्र भित्र पर्छ भनेर थाहा थिएन । अहिले घर ठडिएपछी मात्र सामुदायिक बनले अाफ्नो क्षत्रमा पर्ने दावी गर्दै अाएको छ । करिब २ दशक पहिले देखि भोगचलन गर्दै अाएको जग्गा किनबेच हुनु स्वभाबिक हो ।त्यसो त, त्यस क्षत्रमा रहेका अन्य जग्गाहरु पनि दैनिकजसो किनबेच त भई नै रहन्छन् । यसतर्फ सामुदायिक बनले ध्यान दिन भने सकेको छैन। तर, अहिले दुख सुख गरेर बनाएको २ कोठाको घर भत्काउने अादेश अाएपछी भुपाल चिन्तित छन्। सो क्षत्रमा भुपालको मात्र हैन स्थानियका बिघौँ बिगाह जग्गा छन् । सोही क्षत्रमा बनका चौकिदारको पनि पक्कि घर ठडिएको छ। चर्चको घर पनि बनाईएको छ । तर, एकलौटी भुपाललाई मात्र दबाव दिनुले ब्यक्तिगत रिस डाहा होकी भनेर शँका गर्ने ठाउँ प्रशस्तै छन्। यता मैनवा सामुदायिक बनका अध्यक्ष अम्मर बहादुर बोहराले घर बनाएको जग्गा बनक्षत्रकै रहेको दावी गर्छन् । घर बनाउदा बारम्बार नबनाउन सुझाब दिएपनि भुपालले अटेरी गरेको उनको अारोप छ । “हामी सँग कार्ययोजना छ, बनक्षत्रको नक्सा छ बोहराले भने-यो चाँही नियम बिपरित भएकै हो ।”उता सब डिभिजन बन कार्यालय बेलाका सहायक बन अधिकृत टेकन प्रसाद अाचार्यले यस बिषयमा सामुदायिक बनको पनि कमि कमजोरी रहेको स्विकारे । “हामीले अनुसन्धान गय्रौ, घर निर्माणको सुरुवाती क्षणमा रोक्नको लागि बनका पदाधिकारी हरुको योगदान देखिएन, यसमा पैशाको चलखेल छकि भन्ने अाशँका पनि गर्न सकिन्छ सहायक बन अधिकृत अाचार्यले भने-हामी अनुसन्धान मै छौँ, गलत गर्ने कोही बाँकी रहदैन ।” स्थानिय स्तरमा अाफै मिलेर जानुपर्ने हो, हामीकहाँ खबर अाएसकेपछी हामी अनुसन्धान त गर्छौ नै, यसमा २ पक्षनै कारबाहीको भागिदार हुन सक्छन्, नियम बिपरित भए घरपनि भत्किन सक्छ अाचार्यले भने ।कानुन सबैलाई बराबर लागू हुनुपर्ने राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष नरेन्द्र सिँह भण्डारीले बताए । एकजनाले घर बनाएको देख्ने सामुदायिक बनको अाँखा २५ बर्ष पहिले देखि भोकचलन गरेको जग्गामा किन जाँदैन? पहिले नै उक्त जग्गा भोकचलन गर्न नदिएको भए अहिले यो अबस्था अाउने नै थिएन वडाध्यक्ष भण्डारीले अाक्रोस पोखे । भुपालको जग्गालाई बनक्षत्र मान्ने हो भने त्यसकिसिमका जग्गा यहाँ बिघौँ बिगाह छन् १५/२० वटा घरपनि ठडिएका छन् भण्डारीले भने । “भुपालको घर भत्काउन दवाव दिने सामुदायिक बनले पहिले पुरानो घरहरु पनि भत्काउनु पय्रो वडाध्यक्ष भण्डारीले भने-कसैलाई काखा र पाखा गर्न मिल्दैन, कानुन सबैका लागी बराबर हो ।”यता जँग्रहवा प्रहरी चौकीका ईन्चार्ज नयाराम कार्किले ब्यक्तीगत रिस् डाहा हुन सक्ने अाशँका गरेका छन् ।तिनै भुपाल र सामुदायिक बनका पदाधिकारी हरु बिचमा भएको बिवादलाई २ पटक कागजी सम्झौता गरिदिएको ईन्चार्ज कार्किले जानकारी दिए । भुपालले अाफ्नो जग्गामा तारबार गरेका थिए । केही महिना अघि भुपालको, जग्गा छिमेकीले अाफ्नो जग्गा जोत्ने क्रममा ट्रेक्टरले करिब ८ अोटा तारको पोल नै भाँचिदिएका थिए । उक्त पोल भुलचुकमा भाँचिएको थिएन, योजना बद्द तरिकाले भाँचिएको थियो । यसै बिषयलाई अाधार मानेर पोलको क्षतीपुर्तीको माग सहित भुपालले प्रहरी चौकिमा निवेदन दिए । चौकिका ईन्चार्ज कार्कीले भुपालको पक्षमा पोलको क्षतिपुर्ती सहित सम्झौता गरिदिएका थिए । यस्ता अन्य २ अोटा सम्झौता गरिसकिएको कार्कीले जानकारी दिए । उहाँहरुको पहिले देखि बिवाद छ तसर्थ मेरो बुझाईमा यो सब हुनुमा भुपाल प्रतीको रिस डाहा नै हो ईन्चार्ज कार्किले भने ।

    Advertisement

    आइतबार, फागुन २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • २.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ६.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    भर्खरै

    • १.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • २.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ६.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ७.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ८.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation