• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

हात्तीपाइले रोग निवारणमा चुनाैती,औषधी सेवन नगर्दा समस्या


  •   शनिबार, माघ ११, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता , सिसहनियाँ। दाङमा हात्तीपाइले रोग निवारणमा चुनाैती देखिएको छ। सरकारले हात्तीपाइले रोग विरुद्घको औषधि खुवाउने अभियान सञ्चालन गरे पनि सर्वसाधारणले औषधी नखाइदिदा थप समस्या देखा परेको हो।
    शुक्रबार राप्ती गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको हात्तीपाइले रोग निवारण सम्बन्धी गाउँपालिका स्तरीय समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागीहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले हात्तीपाइले (फाईलेरिया) रोग फैलनबाट रोक्नु र विरामीको संख्यामा कमी ल्याउनु तथा हात्तीपाइले (फाईलेरिया) रोगका विरामीहरूलाई दीर्घरोग, असक्त र कुरूपता हुनबाट बचाउनु नै हात्तीपाइले (फाईलेरिया) रोग निवारण कार्यक्रमको मुख्य उद्देश्यहरु रहेको सहभागीहरुलाई जानकारी गराएका थिए ।
    हात्तीपाइले (फाईलेरिया) रोग निवारण राष्ट्रिय कार्यक्रम अन्तर्गत माघ २५ गतेदेखि स्वास्थ्यकर्मीहरुद्वारा आम नागरिकलाई औषधी सेवन गराउने कार्य सुरु हुदैंछ । रोगको संक्रमण हुनबाट बचाउनु यो रोगबाट प्रभावित जिल्ला भित्र बसोबास गर्ने औषधी खान योग्य सबै जनसमुदायलाई रोग विरुद्धको औषधी (डी.इ.सी. र अल्वेन्डाजोल) चक्की वर्षको एक एक पटक गरी चार देखि छ वर्षसम्म खुवाउने र रोग ब्यवस्थापन तथा अपाङ्गता रोकथामका लागि रोग लागि सकेका विरामीहरुलाई सरल तथा प्रभावकारी स्वम उपचार विधि अपनाउन लगाउने यसको रणनीति रहेको छ ।
    हात्तीपाइले रोगको निवारणमा प्रयोग हुने औषधीहरुका बारेमा जानकारी गराउदैं चन्दले (डी. इ. सी.) अल्बेन्डाजोलका बारेमा सहभागीलाई जानकारी गराएका थिए । डाइईथाइलकार्बामाजिन (डी. इ. सी.) गत पाँच दशक पहिले नै विकास भै हालसम्म औषधी उपचार प्रयोगमा आइरहेको र अल्बेन्डाजोल गत अढाई दशक देखि प्रयोगमा आइरहेको औषधी भएको बताए यो औषधि (चक्की) पेट, आन्द्रामा हुने विभिन्न थरिको जुकाको उपचारको लागि प्रयोग भइरहेको औषधी हो । औषधी खाँदा वा खुवाउँदा याद राख्नु पर्ने कुराहरुका बारेमा समेत उनले जानकारी दिए ।
    कार्यक्रममा यी दुवै प्रकारको चक्की औषधी खानासँगै अथवा खानापछि खानु पर्ने र खालीपेटमा औषधी खान नहुने बताए । दुई वर्ष नपुगेका केटाकेटीहरू, गर्भवती र ७ दिन सम्मका सुत्केरी आमाहरु, सिकिस्त विरामीहरू (जसले दैनिक क्रियाकलाप गर्न सक्दैन, ओछ्यानमा परेको, कुनै कडा रोगको लागि औषधि सेवन गरिरखेको जस्तै–क्यान्सर, मुटू रोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दीर्घ रोगी, मृगी (छारे रोग) रोगी, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ वर्ष मुनिका बालवालिकाहरु) ले उक्त औषधी सेवन गर्न नहुने बताइएको थियो ।अहिले पनि राप्ती गाउँपालिकामा ६७ प्रतिशतले मात्र यो औषधी खाने गरेका छैन। औषधी खानु हुँदैन भन्ने गलत धारणाका कारण यो अभियान सफल हुन नसकेको स्वास्थ्यकर्मीहरुको भनाई छ । अभियान सञ्चालन गरेर टोल टोलमा गएर यो औषधि खानुहोस् भनेर दिँदासम्म मानिसले नखाइदिएका कारण यो रोग नियन्त्रणमा चूनौति बनेको स्वास्थ्य शाखा संयोजक नारायण राउतको भनाई छ । फोकल पर्सन चन्दले क्युलेक्स जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेमा यो रोग सर्ने गर्दछ । उनका अनुसार हात्तीपाइले फाइलेरिया सरुवा रोग हो । यो एक प्रकारको मसिनो धागो आकारको उच्चेरेरिया वान्क्रोफ्टी नामको परजीविबाट लाग्छ । यस रोगको जीवाणु शरीरमा प्रवेश गरेको १० देखि १५ वर्षपछि मात्रै यसका लक्षण देखिने भएकाले मानिसले औषधीलाई वेवास्ता गर्ने गरेको स्वास्थ्यकर्मीहरुको अनुमान छ । स्वास्थ्य समस्याका रुपमा देखिएको हात्तीपाइले रोग निवारणका लागि नेपाल सरकारको कार्यक्रम अन्तर्गत हात्तीपाइले रोग निवारण अन्तर्गत हाइड्रोशिल भएका विरामीहरुलाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्ने छ ।
    जनचेतना र प्रचार प्रसारको अभावका कारण भन्दा पनि गलत धारणाका कारण धेरै जसो पढे लेखेका र शिक्षित वर्गले नै यो औषधि नखाइदिने गरेको स्वास्थ्यकर्मीहरू बताउछन् । सरकारी तथ्याङ्क अनुसार नेपालका ६१ वटा जिल्लामा हात्तीपाइले रोगको सक्रमण छ । हालसम्म १२ करोड मानिस यो रोगबाट संक्रमित भइसकेका छन् । यता राप्ती गाउँपालिकाको वडा नम्बर ८ मा हात्तीपाइले विरूद्वको अाैषाधी सेवनमा कमजोर देखिएको कारण दाङ जिल्ला फेल हुँदै अाएको छ ।नेपालले सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने उद्देश्य लिएको छ ।

    Advertisement

    शनिबार, माघ ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला
    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने
    राप्तीमा एण्टिबायोटिक प्रयोगबारे छलफल, सचेतना फैलाउन जोड

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation