सीमा विवाद प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा समाधान हुन्छ : सूर्य थापा

मुलुकको समसामयिक राजनीतिक अवस्था, सरकारको आलोचना, जनताका सवालमा सरकारले गरेका कामहरु,सीमा सुरक्षा लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार, नेकपाका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभाग उपप्रमुख सूर्य थापासँग प्राइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा माघ १२ गते ऋषि धमलासँग गरिएको संवादको अंश ः

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच केके कुरा भयो ? चिसिएको सम्वन्ध सुमधुर भयो कि झन चिस्सिदै छ ?
वातावरण बाहिर अलिक घाम नलागेजस्तो देख्दा मानिसहरुलाई चिसो भयो कि भन्ने लागेको हुनसक्छ । तर उहाँहरुको बीचमा बडो सौहाद्र्र, बडो आत्मीय र बडो खुलस्त छलफल भइरहेको छ ।

छलफलको विषय के थियो ? प्रधानमन्त्री र प्रचण्डको बीचमा ?
तपाई छलफल के भयो भन्नेतिर नजानुस् । निष्कर्ष कहाँ पुग्दैछ भन्नेतिर ध्यान दिनुस् भन्ने मलाई लाग्छ ।

तर निष्कर्ष त काँही पनि पुगेको छैन, सभामुख चयन गर्न सक्नुभएको छैन अझैपनि । एक महिना भइसक्यो सूर्य थापाजी संसद् सुचारु नभएको ?
संसद्को पछिल्लो सूचना तपाईलाइ थाहै छ । माघ ६ गते संसद् बस्ने यसअघिको सूचना छ । प्रतिनिधिसभाले सभामुख पाउन ६ गतेसम्म कार्यतालिकाअनुसार अगाडि बढ्नेगरी कोर्ष अगाडि बढ्छ ।

त्यसो भए सभामुखको विषयमा सहमति हुन्छ, प्रधानमन्त्री र प्रचण्डको बीचमा ? सुभास नेम्वाङजी, अग्नी सापकोटा ? अथवा उपसभामुख शिवमायामध्ये को हो सभामुख ? ठ्याक्कै भन्नुस् है–जनता जान्न चाहान्छन् ?
अहिले व्यक्तितिर नजानुस् । तर एउटा कुरा म भन्न चाहान्छु – दुई जना नेता लडाएर, दुई जना नेतालाई पूर्वपश्चिम फर्काएर जे स्थिति सिर्जना गर्न सकिन्छ भन्ने ठानेकाछन्, ती सबै चिजहरु सबैलाई आश्चर्यचकित पार्नेगरी अर्थहीन हुन्छन् ।

तर तपाईले अर्थहीन हुन्छ भनेर भनिरहँदा, नेपाल कम्युनिष्ट पार्टीभित्र दुईधार छ । आजको दिनमा सभामुख चयन प्रक्रियामा प्रचण्डले नेतृत्व गरेको धार बलियो छ सचिवालयमा ?
यो टाउको गन्ने अनावश्यक प्रयाशतिर नजानुस् न !

टाउको नगनी त हुँदै नहुने भो नेपाल कम्युनिष्ट पार्टीभित्र ? बहुमत र अल्पमतको कुरा आइसक्यो ?
टाउको गनेर एकता भएको पनि होइन । टाउको गनेर सभामुख टुंगो पनि लाग्दैन । टाउको गनेर वाम गठवन्धन भएको पनि होइन । यसका उद्देश्य छन् र अभिप्राय छन् । लिडरशीपको बीचका छलफल हुन्छन् । यो एकता यहाँसम्म ल्याएर आएको कसले हो ? केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले नै हो । उहाँहरु मिलेर यहाँसम्म ल्याइएको हो । एकता उहाँहरुबीचको निर्णयले भएको हो । र, यहाँसम्म आएको एकता उहाँहरुबीचको सल्लाह, छलफल, सहमति र घोषणाले हो । कुनै पनि निर्णय दुई जना नेताबीचको सल्लाहले नै हुन्छ । बाँकी त रोटी सेक्ने प्रयाश मात्रै हो ।

तर तपाईलाई थाहाँ छ ? समन्वयका कुरा गर्दा दरार त छ दुबै नेताको बीचमा । मनमुटाव भएर सम्बन्ध चिस्सिएको पनि छ । प्रचण्डलाई साथ दिनका लागि माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम मैदानमा आइसक्नु भएको छ । अब सभामुखमा वारपार गर्नका लागि अर्थात् नछाड्ने गरी ?

वारपार ? कोसँग ?

हो वारपार ?
कस्तो हो रे त्यो वारपार ?

आफ्नो मान्छे नभएसम्म सम्झौता नगर्ने …

अनि नेपाल कम्युनिष्ट पार्टीका तर्फबाट दुइजना नेताहरु मूलतः प्रधानमन्त्री र कार्यकारी अध्यक्षबीच सल्लाह, छलफल र सहमति गरेर आजसम्म भएका सवै निर्णयहरु कसका लागि भए ? नेपाल कम्युनिष्ट पार्टीकै त भएका छन् । दुई जना नेताहरु बसेर टुंगो नगरिकन कुनचाँहिं निर्णय भएको छ ? फेरि कुन निर्णय हुन्छ होला ?

तर आजको विषयवस्तु र मुद्दा भनेको जटील छ नि त ? सभामुखमा प्रचण्डले भन्नुभएको छ कुनै पनि हालतमा मेरो सम्झौता हुँदैन ?
कहाँ भन्नुभएको छ ? कोसँग संझौता हुँदैन ?

बैठकमा भन्नुभएको छ । सार्वजनिक रुपमा भन्नुभएको छ …
यो सबै आफूलाई केन्द्रमा राखेर, आफ्ना आकांक्षाको तुष्टीकरणका लागि मान्छेहरुले खासमा दुई जना नेताहरुबीच दरार पैदा गर्न खोज्नेहरुले गरेको प्रपञ्च मात्रै हो ।

कार्यकारी अध्यक्षले भन्नुभएछ, यसपटक प्रधानमन्त्रीले ल्याएको प्रस्ताव अस्वीकार हुन्छ ?
तपाईसँग आएर भन्नुभएको छ सार्वजनिक रुपमा ?

होइन, जनताको बीचमा उहाँले केही कुरा राखिसक्नुभएको छ …
छैन ।

उहाँले आफ्नो कोर टिममा भनिसक्नुभएको छ सूर्यजी ?
उहाँले आफ्नो कोर टिममा भन्नुभयो भन्दै आफूले आफूलाई घोषणा गर्दै, आफ्ना तुष्टीकरणका निम्ति कसले के भन्नुभएको छ ? त्यो त म जान्दिनँ । तर, नेकपाका अध्यक्ष, पूर्व प्रधानमन्त्री कमरेड पुष्पकमल दाहाल (प्रचण्ड)ले व्यक्तिको तुष्टीकरणका निम्ति यस्तो केही कुरा भन्नुभएको छैन र संस्थाको हितका निम्ति नै दुई जना अध्यक्षहरु बसेर, जुन संस्थागत प्रक्रियाले वाम गठवन्धन भयो, पार्टी एकता भयो, विभिन्न निर्णयहरु भए, केन्द्रीय कमिटी बन्यो, प्रदेश कमिटी बने, विभिन्न विभागहरु, जनवर्र्गीय संगठनको नेतृत्व टुंगियो – यी सबै कामहरु हुँदै आए । अस्ती राष्ट्रिय सभाका उमेदवारहरुको पनि टुंगो भयो । यही रितमा उहाँहरुबीच समझदारी गरेर अहिले भइरहेका तमाम खालका प्रयासहरुलाई मिथ्या सावित गर्ने काम हुन्छ ।

तर, धेरै गाह्रो छ यसपटक । तपाईलाइ थाहा छ ? सम्बन्ध विगतको जस्तो छैन ? मैले पनि केही सूचना पाएको छु ?
सूचना त अनेक पाउनुभए होला । तर के नेकपाको एकतामा अरुले चाहेजस्तो खतरा पैदा हुन्छ ? एकता अघि नबढोस् भनेर पूजाआजा, आरती, धुपबत्ती गर्नेहरुको इच्छा र चाहना पूरा हुन्छ त ? म त त्यस्तो केही हुने देख्दिनँ ।

वामदेव गौतमको पनि एउटा चाहना छ । उहाँले भन्नुभएकोछ, म प्रचण्डलाई साथ दिन्छु ?
नेताहरुका आआफ्ना इच्छा छन् । ऐतिहासिक रुपमा आआफ्नो ढंगको भूमिका खेलेका नेताहरु हुनुहुन्छ । तर आजको मूल कुरा के हो ? मूल गन्तव्य कसरी निर्धारण हुन्छ ? आज पार्टी कसरी अगाडि बढ्छ ? आज नेताहरुको बीचमा समझदारी कसरी हुन्छ ? निर्णय कसरी हुन्छ ? कँही पाँचजना नेता बसेर, चार जना बसेर निर्णय हुने भए त भइसक्थ्यो नि त ! पार्टी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) बीच बसेर समझदारी नगरी यो कोर्ष कहीं पुग्छ भन्ठान्नुभएको छ र तपाईले ? उहाँहरुबीच दैनिकजसो छलफल चलिरहेको छ, निकास निकाल्नुहुन्छ ।

तर आजको दिनमा तपाईको पार्टीभित्र प्रचण्ड मात्रै निर्णायक नेता त होइन होला ? अरुपनि छन् होला …?
नेताका आआफ्ना ऐतिहासिक भूमिका छन् । तर यो पार्टीलाई कसरी अगाडि बढाउने भन्ने कुराको निर्णायक जिम्मेवारी र यो पार्टीको यस कोर्षलाई निष्कर्षमा पु¥याउने, यस देशको नेतृत्व गर्ने काम कसरी भएको छ र हुन्छ ? आज धेरै भ्रममा पर्नुपर्ने आवश्यकता म देख्दिनँ ।

त्यसो भए दुबै अध्यक्ष मिलेर साझा उमेदवार अगाडि सार्न सक्नुहुन्छ सभामुखमा ?

हो, तपाईहरु पनि चकित पर्नुहुन्छ ।

पत्रकारलाई चकित पार्ने प्रस्ताव आउछ दुबै अध्यक्ष मिलेर ?

तपाई जत्तिको एकदम सक्रिय व्यक्तिलाई पनि असोज १७ गते वाम गठबन्धनको घोषणा हुन्छ भन्ने थाहा थियो ?

होइन, मैले त केही सूचना पाइसकेको थिए सूर्यजी ?

तर घोषणा भइसकेपछि धेरैले थाहा पाउनुभयो । पार्टी एकता जेठ ३ गते नै हुन्छ भनेर कतिलाई थाहा थियो ? त्यो पनि त घोषणा भएपछि थाहा पाएको अवस्था हो । अहिले पनि त चंगा उडेको छ । चंगाको धागो टुटेको छैन । दुईजना नेताहरुकै हातमा छ त्यो पनि ।

होइन चंगा उडेको छ धागो टुट्यो भने के गर्ने ?
टुट्दैन । चंगाको धागोचाँहि त्यति कमजोर छैन । कमजोर धागोले चंगा उडाउने काम भएको छैन नि त !

तपाईले चिनेको प्रचण्ड कहिलेकाहीं त बहकिनुहुन्छ नि त ?
मान्छेमा बहकिने पनि समस्या होलान् । मान्छेमा कहिलेकाँही भावावेग पनि पैदा होलान् । तर लामो परीक्षणबाट यहाँसम्म आइपुग्नुभएको छ नि दुबै जना नेताहरु ! केपी शर्मा ओली कमरेड र प्रचण्ड कमरेड दुबै जना अध्यक्षहरुको नेतृत्वमा नेकपा कसरी एकीकृत भएर ४५÷४६ बर्ष छेट्टाछुट्टै रहेका धारहरु एकताबद्ध भए ? त्यस कुराको हेक्का राख्न नसक्नेहरुले आफूलाई केन्द्रित गरेर अनेक कुरा गर्नसक्छन् । तर त्यस्ता कुनै कुराको मैले केही अर्थ लाग्छ भन्ने देखेकै छैन ।

तर, तपाईलाइ थाहा छ । पछिल्लो समय कार्यकारी अध्यक्षको एउटा तर्क आएको छ, संवैधानिक परिषद्मा पनि आफू उपस्थित नहुँदाखेरी आफ्नो मान्छेलाइ राख्ने । तपाईलाइ थाहा छ नि उहाँको यो तर्क ? पूर्व सभामुख कृष्णबहादुर महरा माओवादीबाट सभामुख भएको व्यक्ति हो, त्यही ठाउँमा पूर्व माओवादीकै मान्छे जानुपर्छ ? बटमलाइन आइसक्यो । हरिबोल गजुरेलले भनिसक्नुभयो, सभामुख नभए अब एकता दिगो हुँदैन, भरपर्दो हुँदैन…?

हरिबोल गजुरेलजीलाई हाम्रो कार्यकारी अध्यक्षले आफ्नो खास प्रवक्ता नियुक्त गर्नुभएको छ भन्ने मलाई जानकारी छैन । उहाँले पनि आफ्नो बिश्लेषण, आफ्नो पूर्वानुमान र आफ्नो धारणा राख्नुभएको होला । ती धारणाहरु मिल्छन् कि मिल्दैनन् ? उहाँले हिजो बोलिरहेका कुरा र भएका निर्णयहरु पनि तुलनात्मक रुपमा हेर्नुहोस् । मचाँहि के भन्छु भने दुई जना नेताहरुको आड वा छेउमा बसेजस्तो गरेर फायरिङ गर्न खोज्नेहरु धेरै हुनसक्छन् । फायरिङले मात्रै त कुनै शिकार गर्दैन, निशाना लगाउन सक्नुपर्दछ ।

तर यसपटक पूर्व माओवादी केन्द्रका नेताहरुको एउटा निष्कर्ष आइसक्यो सूर्यजी ? केपी शर्मा ओलीका मान्छेलाई सभामुख बनाउनुहुँदैन … ।

राम्ररी सुन्नुस न ! यहाँ पूर्व र पश्चिम भन्ने कुरै छैन । व्यक्तिगत रुपमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) का कोही व्कुनै व्यक्तिगत मान्छे पनि छैनन् । सबै पार्टीका नेताहरु हो ।

सुवासचन्द्र नेम्वाङ कसको मान्छे त उसो भए ?
सुवासचन्द्र नेम्वाङ कसैको व्यक्तिगत मान्छे हुनसक्नुहुन्छ ?

आज प्रधानमन्त्रीको मान्छेका रुपमा चर्चा पाउनुभएको छ उहाँले ?
नेपाली राजनीतिमा उहाँ आफ्नो छुट्टै छवि, हैसियत, कार्यसम्पादन क्षमता, अनुभव हासिल गरेको र परीक्षण भइसकेको नेता हुनुहुन्छ । प्रधानमन्त्रीज्यू वा कसैको व्यक्तिगत मान्छेका रुपमा तपाईले चर्चा गर्नुभयो भनें त्यो उहाँको पनि अपमान हो । प्रधानमन्त्रीज्यूको पनि अपमान हो । प्रधानमन्त्रीज्यूले यसरी कसैलाई व्यक्तिगत मान्छे बनाएर विषयवस्तुलाई तदनुरुप केन्द्रित गरेर लैजानुहुन्छ भन्ने म ठान्दिनँ । कमरेड प्रचण्डको पनि व्यक्तिगत मान्छे बन्ने कोशिस गर्दै, विभिन्न मान्छेहरु लागिपरेको हुनसक्छ । तर ती सबै घेरा छिचोलेर, ती घेराहरु तोडेर उहाँहरु दुईजनाको बीचमा एकता, एकत्व र सहमतिका साथ यो कोर्ष यहाँसम्म आएको हो । अहिलेसम्म यति ठूलो मेहनत र प्रयत्नले एकताको कोर्ष यहाँसम्म आएको छ । यो अब जहाँसुकै जाओस् भनेर उहाँहरुले पूर्व र पश्चिम फर्केर कुनै निर्णय गर्नुहुन्छ भन्ने तपाईले ठान्नुभएको छ र ?

तर बोलचालै बन्द भयो भनेर समाचार आउँछ ?

नेताहरुको बीचमा भएका छलफलहरु, छलफलका समय र अवधिहरुको हेक्का राख्नुपर्छ कि हल्लाको पछि नलाग्न ? नेताहरुका व्यस्त कार्यतालिका र कार्यक्रममा सहभागिता हेर्नु भयो भने कुनै भ्रम पाल्नुपर्दैन । वाम गठवन्धनको पूर्व तयारीदेखि अहिले यहाँसम्म आइपुग्दा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच छलफल, अन्तत्र्रिmया, परामर्श, विमर्शको सिलसिला जेजति चलेको छ, नेपाली राजनीतिमा अरु कुनै पात्रहरुको बीचमा यति सघन, लामो, अन्तरकुन्तरमा पुगेर र अन्तरघूलनसहितको छलफल भएको मलाई जानकारी छैन ।

तर छलफल भएर मात्र भएन, निकास चाहियो नि त ?

निष्कर्ष निस्कन्छ । संसद्ले अब सभामुख धेरै समय नपर्खनेगरी पाउँछ । म फेरि भन्छु अब संसद्ले सभामुख पाउन धेरैसमय पर्खनु पर्दैन ।

को हुन्छ सभामुख अनुमान गर्नुस न ?

पात्रतर्फ अहिले नजाऊँ । दुबै अध्यक्षले हामीलाई नै चकित पार्ने गरी निर्णय गर्नुहुन्छ ।

उसो भए महिला सभामुख बन्ने संभावना छ हाम्रो देशमा ?

महिला, पुरुष, जनजातिका कुरा होइनन् । उपसभामुखले म आफैँ सक्षम छु भन्नुभएको छ । उहाँको पनि संभावना होला । यी सवै कुराहरु आजको बहसका वान्की मात्रै हुन्, निष्कर्ष होइनन् । निष्कर्षमा पुग्दा तपाई चकित पर्नुहुन्छ ।

उपसभामुखले राजीनामा दिनुभएन भने के गर्ने ?

आकाश खस्यो भने के गर्ने ? पखेटा भएको भए म आकाशमा उड्थे ! जस्ता, पूर्वामानुमान वा कल्पनाका कुरा नगरौँ । यथार्थको धरातलमा उभिँदा नेपाल कम्यूनिष्ट पार्टीलाई जनताले जुन जनादेश दिएका छन्, जुन विश्वास प्रदान गरेका छन्, जुन हिसाबले देशको नेतृत्व गरेर अघि बढ्नका निम्ति, स्थिरताका निम्ति यो म्याण्डेड प्रदान गरेका छन्, यसबाट दुबै जना नेता तलमाथि हुनुहुन्न । स्थायित्वको निम्ति जनताले प्रदान गरेको यस म्याण्डेडबाट उहाँहरु दायाँबायाँ हुनुहुन्न । यो अमूक पद विशेषको वा कसैका आकांक्षा तुष्टीकरणको विषय होइन ।

तर पदको लागि नेकपाभित्र यति धेरै झगडा भएको छ, तपाईलाइ थाहा छ विगतमा पार्टी नै फुटेको पनि छ ?

विगतमा पार्टी डेढ दर्जन, दुई दर्जन टुक्रा पनि भएको थियो । ४५ वर्ष पुराना आआफ्ना धार थिए । ३६ को आकारमा रहेको सम्बन्ध बिर्सेर नेतृत्वले ६३ को आकारमा नयाँ सम्बन्ध विकास गरेको स्पष्टै छ । दुई जना अध्यक्षहरुले पहल गरेर, झापा आन्दोलन र चौथो महाधिवेशनका धारलाई एकताबद्ध गरेको उहाँहरुले नै हो । त्यसो भएको हुनाले पार्टी एकता जुन उद्देश्यले गरिएको हो, त्यो उद्देश्य असान्दर्भिक भएको छैन, बरु अझ बढी सान्दर्भिक भएको छ । एकताको मूल जोड के हो भने देशलाई स्थिरता दिने, विकास दिने, समृद्धि दिने, समृद्ध नेपाल ः सुखी नेपालीको राष्ट्रिय आकांक्षा, जनताको आकांक्षा, कम्युनिष्ट आन्दोलनको आकांक्षा र सबैको आकांक्षा पूरा गर्ने हो । यो त पूरा भएको छैन । यसखाले जुन उद्देश्य, लक्ष्य र संकल्प हो, उहाँहरु यसबाट दायाँबायाँ हुनुहुन्न ।

त्यसो भए तपाईले भन्नुभयो सभामुखमा सहमति हुन्छ ?
सभामुखमा देशले धेरै लामो भयो भनेर छटपटिनुपर्ने, उकुसमुकुस महसुस गर्नुपर्ने छैन । ढिलो अवश्य भएको छ । छलफलमा, गृहकार्यमा, केही मान्छेका जोडकोण, बुझाइमा समानता वा एकरुपता निर्माणमा र निष्कर्षमा पुग्ने कुरामा कमी भएकै छ । म तपाईसँग त्यसमा सहमत छु । तर अब यो अवस्था धेरै लामो समय जाँदैन ।

जताततै आलोचना भएको छ सरकारको ? सभामुख चयन गर्न नसक्नेले के काम गर्छ भनेर ?
नागरिकमा आलोचना गर्ने सामथ्र्य बढीरहेको छ भनेर खुसी हुनुहोस् न ! बोल्नै नसक्ने, बोल्नै नचाहँने, बोल्नै नदिने, बोल्ने सामथ्र्य नै नहुने स्थितिभन्दा त आलोचना गर्ने, प्रश्न गर्ने, खबरदारी गर्ने, राम्रो होस् भन्ने र तर्कबहस गर्ने समाज नै उत्तम हो नि ।

तर प्रधानमन्त्रीले सार्वजनिक रुपमै सोध्नुभयो, अहिलेसम्म सरकारले गरेका राम्रा कामको प्रशंसा गर्ने मुटु भएको सम्पादक खोई हाम्रो देशमा ?
प्रधानमन्त्रीज्यूले जायज प्रश्न गर्नुभएको छ । तपाई नेपालका संचारमाध्यमहरुलाई हेर्नुभयो भने प्रायःजसो नकरात्मकता, अतिरञ्जना, तोडमरोड, नक्कली र पेड न्यूज संप्रेषणको समस्या व्यापक छ । प्रधानमन्त्रीज्यूले त्यसो भनिरहँदा दुई तीन वटा दृष्टान्त दिनुभएको छ । काठमाडौँमा भिखारीहरुको स्थिति अन्त्य गरेका छौँ, सडकमा माग्ने र सडकमा हिड्ने बालबालिकाहरुको अव्यवस्था अन्त्य गरेका छौँ, तर खोई त कुन सम्पादकले लेखे ? कुन टेलिभिजनले प्रशारण गरे ? केहीले फाट्टफुट्ट मात्र देखाएका छन् । प्रधानमन्त्रीज्यूले यो प्रश्न उठाउनुभएको अवश्य हो । रत्नपार्क वा जमलमा माग्नेहरुको कुन हालत हुन्थ्यो, सडक बालावलिकाको बिजोग कस्तो थियो ? तर अहिले त्यसमा गुणात्मक सुधार भयो त ? घर भएर पनि सडकमा बेसहारा भएकाहरुलाई घर फर्काउने र घरै नभएकालाई बस्ने बासस्थानको व्यवस्थापन त यही सरकारले मिलाउने काम ग¥यो । सामाजिक उत्तरदायित्वबोधका हिसावले सरकारले यी काम गरेको छ । सरकारले यस क्षेत्रमा क्रियाशील विभिन्न पक्षहरुसँग सम्वन्य गरेर यो काम गरेको छ । यी कुरा टेलिभिजनले प्रशारण ग¥यो ? कुन सम्पादकले लेख्ने मुटु देखियो ? कुन पत्रिकाले सम्पादकीय लेख्यो ? प्रधानमन्त्रीज्यूले यी प्रश्नहरु गर्नुभएको हो । यसबाट सम्पादकज्यूहरु अनावश्यक तरंगित किन हुने ?

प्रधानमन्त्रीज्यूले आलोचना सहन किन सक्नुभएन पछिल्लो समय ? किन संचारक्षेत्रमा तपाईहरुको आक्रमण ?
यो आक्रमणको कुरा होइन, ‘टे«ण्ड’को कुरा हो । प्रवृत्तिको कुरा हो । संचार माध्यमहरु कुन रुपमा प्रस्तुत भएका छन् भन्ने कुराको एउटा दृष्टान्त उहाँले स्पष्ट राख्नुभएको हो । नेपालका संचार माध्यमहरु प्रतिपक्षजस्तो मात्र बने । राम्रो कामलाई राम्रो नदेख्ने नकरात्मक स्थिति हावी भयो भन्ने प्रवृत्तिगत अवस्था राख्नुभएको हो । संचारमाध्यमले गरेको आलोचना त नेपालमा जति सार्वजनिक पदाधिकारीहरुले दुनियाँमा कहाँ खेपिरहेका छन् र ? यस्तो कहाँ सामना गरिरहेका छन् ? एकतर्फी बोल्नेलेख्ने कुरामा कहाँ कमी भएको छ ? आलोचनाबाहेक रचनात्मक कुरा के छ ? कुनचाँहि विषयवस्तु संचारमाध्यमले आफ्नो पौरखले बाहिर ल्याए ? बालुवाटार प्रकरण तिनले खोजेर ल्याएका हुन् ? सुन तस्कारी प्रकरण संचार माध्यमले बाहिर ल्याएका हुन् कि ? केचाँहि बाहिर ल्याए ? खोजपत्रकारितामा तिनको लगानी र निरन्तर ध्यान पुगेको छ ?

बालुवाटार प्रकरणलाई सरकारले केही गर्न सकेन नि त ?
यसमा अख्तियारले हेरीरहेको छ । यी विषय ककसका पालामा र कहिलेदेखि अघि बढे ? यो कसरी अगाडि बढ्यो ? यो विषय सार्वजनिक गरेको त त्रिताल समितिले नै होइन ? त्रिताल समिति बनाएको कसले हो ? संचारमाध्यमको खोजको परिणाम हो र यो ? समितिले प्रतिवेदन ल्यायो, त्यहीअनुसार कारबाहीका प्रक्रिया अघि बढ्दै छन् । सम्बद्ध संयत्रहरुले छानविन गरिरहेका छन् र निष्कर्षमा पुग्छन् । गरिएका गल्तीहरु कहींपनि ढाकछोप हुँदैनन् । जसले यो समस्या बाहिर ल्यायो, उसैले किन ढाकछोप गर्नुप¥यो ? ढोकछोप गर्नुथियो भने त समिति बनाईबनाई अध्ययन गरेर समस्या बाहिर ल्याउनुपर्ने आवश्यकता नै थिएन । बालुवाटार र ललिता निवास प्रकरणमा विगतमा ककसले के गरे ? जसले विगतमा केही गरेनन् ती सवैभन्दा राम्रो भन्ने हुन्छ ? जुन सरकारले छानविन समिति गठन ग¥यो र जनतालाई जानकारी गरायो, अब त्यो निष्कर्षमा पुग्दैछ । त्योचाँहि गल्ती हो र ? एवम् रीतले म भन्न चाहन्छु, कुनै एउटा विषय पनि नेपालको संचारमाध्यमले आफ्नो पौरखले खोजेर जनतालाई जानकारी गराएका त छैनन् ।

वाइडवडी खरिदमा भ्रष्टाचार भएको मिडियाले लेखेको होइन ?
बाइडडी प्रकरणमा लेखा समितिको एउटा उपसमितिले हावादारी प्रतिवेदन पेश ग¥यो । ४ अर्ब ५६ करोड भ्रष्टाचार भयो भन्ने हावादारी प्रतिवेदन पेश भयो, जसलाई पूर्ण समितिले खारेजजस्तै ग¥यो । कार्यन्वयन भएन । लेखा समितिले सामान्यतया महालेखा परीक्षकको प्रतिवेदनमा औल्याइएको बेरुजुमाथि छलफल गर्ने, अनियमिततामाथि छलफल गर्ने र छानविनको काम गर्ने हो । वाइडवडी प्रकरणम ीउपसमितिको प्रतिवेदन पूर्ण समितिमा जाँदा के हविगत भयो ? त्यहाँ तथ्य थिएन, निहित स्वार्थका निम्ति अघि सारिएको प्रपञ्च थियो । आज लेखा समितिका सभापति के भन्नुहुन्छ बाइडबडी प्रकरणका बारेमा ? उहाँको समितिले कुन तथ्य लिएको थियो र ? त्यस तथ्यमा उहाँ उभिन सक्नुहुन्छ ? म के भन्न चाहन्छु भने लेखा समितिमा अहिले बेरुजु असुलीका बारेमा, महालेखा परीक्षकको प्रतिवेदनका आधारमा गरिनुपर्ने छानविन गर्ने उसको संबैधानिक, कानूनी दायित्वका बारेमा भन्दा पनि बढी कुन एजेण्टले उजुरी हाल्छ बेनामी, त्यसैलाई अझ विशेषज्ञ समितिमा बोलाई छलफल गर्ने र समय त्यतातिर खेर फाल्ने बढी गर्ने गरिएको छ । यो गलत रवैया हो ।

यती समूहको कुरा गर्दाखेरि सरकार अहिले तारो बनेको छ त ?
५० करोड रुपियाँमा ३० वर्षको लागि लिजमा दिँदा त्यो रामराज्य भएको थियो ? करिब साढे ४ अर्ब राजश्व, कर्पोरेट कर, र लिज बापतको प्रतिफल समेत गरेर साढे ४ अर्ब रुपियाँमा २५ वर्षलाई लिज बिस्तार गर्दा त्योचाहिँ भ्रष्टाचार भयो ? यो गणित मैले बुझेको छैन । म पनि गणित पढेरै आएको मान्छे हुँ, तर बुझ्न कठीन भयो ।

अख्तियारको प्रतिवेदन तपाई पढ्नुहुन्न ? जताततै भ्रष्टाचार छ ?
भ्रष्टाचार र घुस प्रकरणमा संलग्न भएर रंगेहात पक्राउ पर्नेहरुको संख्या इतिहासमै अहिले सबभन्दा बढी रहेको छ । मान्छे रंगेहात पैसा लिँदालिदै पक्राउ परेको छ, त्यहाँ ठूलो र सानो माछाको के कुरा भयो ? घुस लिँदालिदै पक्राउ परेको छ नि ! भ्रष्टाचार ससानो गर्दागर्दै ठूलो हुने हो नि ! अख्तियारको प्रतिवेदन हेर्नुभयो भने यो संख्या अहिलेसम्मकै धेरै छ । हिजो सवै मिलोमतोमा जोगिन्थे, जोगाइन्थ्यो । तर अहिले सवै फटाफट पक्राउ परेका छन् । रंगेहात पक्राउ पर्नेहरु अहिले बढी छन्, के तिनीहरुलाई जोगाएर यस्तो भएको हो त ? भ्रष्टाचार र अनियमिततामा संलग्न कोही पनि व्यक्तिहरुले अहिले संरक्षण पाउँदैनन् । तर आजभोलि तथ्यपरक ढंगले यी कुरा गरिदैनन् । बरु भ्रष्टाचारीहरुले नै बढी होहल्ला गरेको पाइन्छ । भ्रष्टाचारीहरुले सदाचारको कुरा गरेर होहल्ला गरेको जति रोचक ठट्टा अरु केही हुँदैन, अहिले त्यही भएको छ ।

सबैको ध्यान बालुवाटार जग्गा प्रकरणमा छ । नेत्रविक्रम चन्द (विप्लव)ले भन्नुभयो, म त्यो जग्गा कब्जा गर्छु । कति संभव छ कति असम्भव छ ? उहाँले पर्चा छर्नुभएको छ, झण्डा गाड्नुभएको छ ? वक्तव्य जारी गरेर कारबाहीको धम्की पनि दिनुभएको छ ?

अब उहाँले कहाँ पर्चा छर्नुभयो, कहाँ झण्डा गाड्नुभयो र कहाँ बम पड्कनुभयो ? ती कर्मको जवाफदेही उहाँ हो । बालुवाटारमा उहाँले कब्जा ग¥यौँ भन्नुभएछ, तर हिजोजस्तो हालत थियो, आज त्यस्तै छ र भोली पनि त्यस्तै हुनेछ । उहाँको निर्णयले के हुन्छ र बालुवाटार जग्गा प्रकरणमा ?

बालुवाटार प्रकरणमा जुन दोषीको नाम बाहिर आयो, तिनीहरुको घरमा त बम पड्किन थाल्यो त ?

त्यो आत्मरती हो । त्यस हिसाबले कुनै समाधान दिँदैन । सरकार कानूनी रुपमा त्यस प्रकरणका दोषीहरुलाई अध्ययन गरेर, छानविन गरेर सरकारका संयत्रहरुले संविधान काूुनबमोजिम कारबाहीको कठघरामा उभ्याउने काममा सरकार लागिपरेको छ । नेत्रविक्रम चन्द्रजीले एउटा सुतली बम पड्काएर के त्यो जग्गा फिर्ता भयो त ? त्यो जग्गाका जुन मोही हुन् तिनीहरुले पाए त ? अब सरकारी त्यो जग्गा सरकारमा फिर्ता भयो त ? सरकारलाई मान्दिनँ, संविधान मान्दिनँ, अनि सरकारी जग्गा सरकारलाई फिर्ता गराउन बम पड्काएँ रे ! यसभन्दा बुझ्न नसकिने कुरा के हुन्छ ? उहाँले घोषणा गरेर भनेर हुने विषय होइन यो । सरकारले जानकारी दिएपछि मात्र उहाँले थाहा पाउनुभएको हो । सरकारले अध्ययन गरेर प्रतिवेदन निकालेपछि मात्र उहाँले जानकारी पाउनुभएको हो । उहाँको पौरख र जानकारीको विषय होइन । उहाँलाई सरकारी जग्गा त्यति धेरै मोह, माया र ममताको विषय पनि होइन । सरकारको जग्गाप्रति उहाँलाई त्यति मायामोह किन जाग्यो ? जसले सरकारै मान्दिनँ भनेको छ । संविधानै मान्दिनँ भनेको छ । सरकारका निर्णय नै मान्दिनँ भनेको छ । तर सरकारी जग्गाप्रति उहाँचाँहि यति गम्भीर हुनुभयो, यस्तो मायामोह र अपनत्व किन जरुरत भयो ? सरकारी जग्गाप्रति सरकारलाई चासो छ । अपनत्व, स्वामित्व र सुरक्षाका निम्ति सरकारले ध्यान दिन्छ । योचाँहि कुनै चन्दासँग, आर्थिक असुलीसँग र त्रास फैलाउने कुरासँग पो बढी सम्बन्धित छ कि ? त्यसबाहेक यसमा के अर्थ जोडिएको छ ? सरकारको जग्गा विप्लवले सुतली बम पड्काएर संरक्षण गर्ने भन्ने कुरा कसले पत्याउँछ ?

तर विप्लवको सबैमा त्रास छ नि ?
हिजो थुप्रै त्यो पार्टी बनाउने साथीहरु अहिले नेकपामा आइसक्नुभएको छ । उहाँलाई पार्टी जोगाउन गा¥होे परिराखेको छ । अनि सुतली बमको सहारा लिएर हुन्छ र ? जोगिदैंन ।

विप्लवसँग अब सरकारले कारबाही गर्छ कि वार्ता त ?
अहिले कारबाहीको कुरा होइन । त्यो प्रतिबन्धित समूह हो । प्रतिबन्धित समूहसँग सरकारले संविधान र कानुनबमोजिम व्यवहार गर्छ । तत्काल संवादको कुरा सरकारले चाहेको छैन । यो स्पष्टै छ ।

Sharing Now!

You might also like

Comments are closed.