• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

बिप्लवको बैठक बसिरहेकै बेला प्रहरी ‘सुटुक्क’ छिरेपछि…


  •   शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
  • कामना डेली डेस्क,दाङ। नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वका उच्च तहका नेताहरु ज्ञानेन्द्र विक्रम रानाको घरमा मेस संचालन गरेका थिए । गत असोज २९ गते बुधवार राती उनिहरुले आफ्नो घरमा खाना खाएर बास बसेको रानाको श्रीमती सोभा रानाले बताउनुभयो । ‘खानेकुरा, भाँडाकुँडा आफैं ल्याएका थिए ।’ ‘हामीलाई बास दिनुस् भने र बास मागेर बसे ।’आफ्नो घर पाहुनालाई छाडिदिएर आमा-छोरा देवर गोपाल रानाको घरमा गएर बसेको शोभाले भन्नुभयो ।विप्लवका कार्यकर्ता तथा नेताहरू गाउँमा पहिला देखि आउने जाने गरेको रानाले बताउनुभयो । ‘चार पाँच जना विप्लवका कार्यकर्ता तथा नेताहरू आउने जाने गरेको थिए,’रानाले भन्नुभयो तर, ‘यसरी ठूलो संख्यामा गाउँमा छिरेको विप्लवका कार्यकर्ता तथा नेताहरू पहिलो पटक हो।’ श्रीमान् ज्ञानेन्द्र विक्रम राना वैदेशिक रोजगारको लागी साउदी जानु भएको छ । घरमा मेरो छोरा र म बस्दै आएका छौँ, उहाँले भन्नुभयो,–। नेत्र विक्रम चन्द विप्लव नेतृत्वका उच्च तहका नेताहरुले मेरो घरमा मेस संचालन गर्ने र आश्रय लिने गरेका थिए, नेताहरु मेरो घरमा आश्रय दिन थालेपछि म र मेरो छोरा देवर गोपाल रानाको घरमा आश्रय लिनु परेको थियो ।जम्मा सात घर रहेको यस गाउँमा २९ असोजको राति छापा मारेर दाङ प्रहरीले विप्लव समूहका मध्यपश्चिम ब्युरो इञ्चार्ज एवं नेत्रविक्रम चन्द विप्लवका दाजु वीरजंग चन्दसहित २१ नेतालाई पक्राउ गरेको थियो ।

    Advertisement

    भिमबहादुर नेपालीको घरमा बैठक

    नेत्र विक्रम चन्द विप्लव नेतृत्वका उच्त तहका नेताहरुले भिमबहादुर नेपालीको घरमा बैठक बसेका थिए । असोज २९ गते राती नेपाली घरमा नभएको बेलामा ती नेताहरु बैठक बसेका थिए । नेपालीले भन्नुभयो, म २७ गते विहानै दाङको तुलसिपुर पाईल्सको उपचारको लागि गएको थिए, र घरमा कोही नभएको मौका छोपी २९ गते राति १० बजे खाना खाएर मेरै घरमा बैठक बसेका हुन् । नेपालीले गाउँमा सिलाई कटाईको काम गर्दै आउनु भएको छ ।

    वर्षौ देखि मगराइना गाउँमा विप्लवको बैठक
    विप्लवका नेताहरुले वर्षौ अगाडि देखि मगराइना गाउँमा बैठक बस्दै र कार्यक्रमहरु गर्दै आएको स्थानिय भिउसन वलि बताउनुभयो । पहिला पहिला गाउँमा चार पाँच जना मात्रै विप्लवका ठुला नेताहरु आउने बैठक गर्ने र फर्किने गरेका थिए तर, यसरी ठूलो संख्यामा उनिहरु गाउँमा पहिलो पटक आएको वलीले बताउनुभयो । पूर्वमा करङ्गाखोला गाउँ र पश्चिमा महतिनिया खोला गाउँ स्थित विचमा मुङग्रेठाखोला गाउँ देखि माथि जम्मा ७ घरधुरी संख्या रहेको मगराईना गाउँमा विप्लवका उच्च तहका नेताहरुले पहिलै देखि बैठक तथा कार्यक्रमहरु गर्दै आएका थिए ।
    प्रहरी सुटुक्क छिरेपछी…
    मुग्रेठा गाउँमा बैठक हुनुभन्दा एक दिन अघि मात्रै नयाँ मानिसहरुको आउने क्रम सुरु भएको प्रहरी कार्यालयमा गोप्य सूचना पुग्यो । सूचनाको आधारमा प्रहरीले सादा पोशाकका प्रहरी खटायो । केन्द्रीय नेताहरु राप्ती ब्यूरो बैठकका लागि आएको पुष्टि भएपछि प्रहरीले पक्राउ गर्ने योजना बनायो । खुल्ला सिमानाका कारण देउखुरीको गढवा र राजपुर गाउँपालिकाको सिमाना क्षेत्रमा विप्लवका नेता कार्यकर्ताको आश्रयस्थल रहेको चर्चा चल्ने गरेको थियो ।जिल्ला प्रहरी कार्यालय दाङ, वडा प्रहरी कार्यालय लमही र इलाका प्रहरी कार्यालय गढवाका गरी २० जना प्रहरीले बैठक बसिरहेको घर घेरा हालेर पक्राउ गरे । गाडी जाने ठाउँसम्म गाडीमा गएका प्रहरी तीन घण्टासम्म जंगलको बाटो पैदल हिँडेर मुग्रेठा पुगेका थिए ।त्यहाँ पुग्दा बैठकस्थल वरपर विप्लवका युवाहरु सेन्ट्री बसेर सुरक्षा दिएको पत्ता लागेपछि प्रहरीले रुट परिवर्तन गरेर अर्काे बाटोबाट त्यहाँ पुग्यो र बैठक बसिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्दसहितका नेताहरुलाई पक्राउ गर्न सफल भयो ।

    सुनसान बन्दै, मगराइना गाउँ
    नेपाल-भारत सीमानाको घना जंगलभित्र पर्छ मगराइना गाउँ । पूर्व-पश्चिम राजमार्गमा पर्ने लमही बजारबाट मोटरसाइकल चढेर करिब चार घण्टा दक्षिण-पश्चिमतिरको यात्रापछि पुगिने यो गाउँमा दलित र मगर समुदायका बासिन्दा छन् ।नेत्र विक्रम चन्द विप्लव नेतृत्वका उच्च तहका नेताहरु मगराइना गाउँबाट पक्राउ परेदेखि गाउँमा डर पैदा हुदै गएको छ ।मगराइना गाउँमा अहिले स्थानियहरु कोही पनि देखिदैनन् । गाउँका प्रत्येक घरमा ढोका लागेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वका उच्त तहका नेताहरुलाई प्रहरीले पक्राउ गरेदेखि गाउँ सुनसान हुदै गएको छ । गाउँमा विप्लवको ठूलो त्रास फैलिएको छ । गाउँमा केही देखि स्थानियहरुले दिउँसै ढोका बन्द गरेर बस्ने गरेका छन् । गाउँमा अनचिनारु व्यक्ति देख्ने वित्तीकै ढोका बन्द गरेर बस्ने गरेका छन् मगराइना गाउँका स्थानियहरु ।

    शनिबार, कार्तिक ०२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...