• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

१२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचानसहित अघि बढाउन शिक्षामन्त्री पोखरेलको जोड

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. टिमुरेको टेलिफोन टावरमा सोलार जडान

  • ४. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ५. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ६. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ९. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

‘एकपटक बिजुलिकोट पुगौं


  •   शनिबार, असोज २५, २०७६ मा प्रकाशित
  • सागर रिजाल, प्युठान । ऐरावती गाउँपालिकामा पर्ने बिजुलीकोट धार्मिक तथा पर्यटकीय तिर्थस्थलका नामले परिचित छ । मन्दिरमा दशैको नवमी र चैते दशैमा ठूलो मेला लाग्ने गर्दछ । यी दुई पर्व संगै यस मन्दिरमा बाहृै महिना पर्यटकहरु घुम्न, मन्दिरको दर्शन गर्न आउने गर्दछन् । प्रत्येक वर्ष घटस्थापना( नव दुर्गा ) देखी एकादशीसम्म यस मन्दिरमा जमरा राख्ने, पण्डीत धामीहरु नुहाँईधुवाई गर्ने पुजापाठ गर्ने र एकछाक खाने पुजा गर्ने गर्दछन् । गाउँपालिकाको ऐरावती पछिको दोश्रो धार्मिक तथा पर्यटकिय स्थल बिजुलीकोट प्रचारप्रसार नहुँदा आझेलमा परेको स्थानियबासीको बुझाई छ । वि.स. १८ सय १९ सालमा स्थापना भएको यस मन्दिरलाई खड्ग भगवती मन्दिरको नामबाट पनि चिनिन्छ ।
    दशैको नवमीको दिन यस मन्दिरमा बिहानैदेखी दर्शनार्थीको घुइचो लाग्ने गर्दछ । मन्दिरको दर्शन , दुर्गा भगवानको पुजाँ गर्न, भेटी चढाउन, परेवा उडाउन दर्शनार्थीहरु यस मन्दिरमा पुग्छन् । साथै यस क्षेत्रबाट ऐरावती पालिका क्षेत्रका विभिन्न ठाउँको अवलोकन समेत गर्न सकिन्छ । दशैको नवमीको दिन यस मन्दिरमा प्युठान, दाङ, अर्घाखाँची, गुल्मी, बाग्लुङ, रुपन्देही, लगाएत देश बाहिरबाट दर्शनार्थीहरु आउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण थापाले जानकारी दिनुभयो । नवमीको दिनमा बिजुलीकोटमा करिब १० हजार दर्शनार्थीहरु आउने थापाले बताउनुभयो । मेला व्यवस्थापनका लागि स्थानियले थापाको अध्यक्षतामा १७ जनाको समिति गठन गरिएको छ । समितिहरु मार्फत मेला व्यवस्थापन हुने गर्दछ ।

    Advertisement

    भाकल पुग्ने विश्वास
    मन्दिरमा मागेको भाकल पुग्ने विश्वासका साथ यहाँ दर्शनार्थीहरु आउने गर्दछन् । मन्दिरमा आउने अधिंकाश दर्शनार्थीहरुसंग बुझ्दा मागेको पुगेर बली एंव हार, माला लगाएत चढाउन आएको बताउछन् त कतिले केहि माग्नका लागि आएको बताउछन् । भाकल गरेका चिजहरु यस मन्दिरमा चढाउने गरेको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । मन्दिरमा आउने दर्शनार्थीहरुले फुल भेटी चढाउने, परेवा चढाउने, पाठा, पाडा बली दिने गर्दछन् ।
    भेटीले नै चल्छ बिजुलीकोट
    बिजुलीकोटको संरक्षण गर्न यहाँ चढाईने भेटीनै मुख्य आम्दानीको श्रोत बनेको छ । दशैको नवमीको दिन मात्रै यस मन्दिरमा करिब तीन लाख रुपिँया भेटी संकलन हुने स्थानिय एंव जिल्ला खेलकुद विकास समिति प्युठानका अध्यक्ष श्याम थापाले जानकारी दिनुभयो । यस संगै चैत्रे दशै लगाएत अरु दिनहरुमा पनि भेटी संकलन हुने गर्दछ । गएको नवमीको दिन मात्रै यस कोटमा करिब बीस हजार दर्शनार्थी आएको थापाले बताए ।
    सराय नाँच पनि
    घटस्थापना (–नवदुर्गा) देखी पुजापाठ गरिने यस मन्दिरमा नवमीको दिन ठुलो मेला , दशमीको दिन दशैको टिका चढाउने गरिन्छ । यसै मन्दिरमा चढाएको टिका शुद्ध हुने भन्दै स्थानिय मन्दिरमा चढाएको टिका लगाउने गरेको स्थानिय रामप्रसाद पोख्रेलले जानकारी दिनुभयो । दशैको भोलीपल्ट अर्थात एकादशीको दिन मन्दिरमा सराय नाच खेलिन्छ । परम्परालाई जोगाउन र नयाँ व्यक्तिलाई नाँच सिकाउन सराय नाच्ने गरिएको पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,‘पछिल्लो समय सराय नाँच लोप हुन लाग्यो, यसलाई संरक्षण गर्न एकादशीको दिन सराय नाच खेल्ने गर्छौ । ’ भाला नचाउने, बाजा , मादल बजाउने, सनाई फुक्ने, सारङ्गी बजाउने एकादशीको दिन पनि गरिने उहाँले बताउनुभयो ।
    कोटमा संग्रलालयको आवश्यक
    मन्दिरलाई १२ महिना खुल्ला राख्ने र संग्रालय बनाउन आवश्यक रहेको स्थानिय श्याम थापाले बताउनुभयो । व्यवस्थित पुजाआजा गर्ने ठाउँ, देउता सधैभरि देख्न पाउनु जस्ता कुराहरु अझै कमि रहेको थापाले बताउनुभयो । नवमीमा मात्र देउता हेर्ने नभई सधैभरि हेर्न पाउँने हो भने यस क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने विश्वास लिएको थापा बताउनुहुन्छ । यस क्षेत्रमा सुरक्षा व्यवस्था समेत कमजोर रहेको छ । बिजुली क्षेत्रमा प्रहरी विट नहुँनु र अर्को स्थानबाट मेला व्यवस्थापनका लागि मात्र प्रहरी आउँदा पनि सधैभरि मन्दिर सधैका लागि खुल्ला राख्न चुनौती थपिएको थापाले बताउनुभयो ।
    बिजुली क्षेत्रमा खानेपानीको समस्या, होटल रेष्टुरेन्ट्र नहुनु जस्ता समस्याबाट मन्दिर आझेलमा परेको हुन सक्ने स्थानियबासीको आकंलन रहेको छ ।
    बुङ्गस क्लबको खानेपानी
    खानेपानीका लागि समस्या भएपछि यस वर्ष ऐरावती बुङ्गस क्लबले निशुल्क खानेपानीको व्यवस्था गरेको थियो । बिजुलीकोटमा आएका दर्शनार्थीहरुलाई सहयोग स्वरुप निशुल्क खानेपानी वितरण गरेको क्लबका अध्यक्ष पदम थापाले बताउनुभयो । उहाँका अनुसार संस्थाले ४८ जार खानेपानी निशुल्क वितरण गरिएको हो ।
    खानेपानी तथा पूर्वाधार निर्माण गरिदैँ
    ऐरावती गाउँपालिकाको सन्र्दभमा पर्यटन पूर्वाधारको लागि बिजुलीकोटको ऐतिहासीक महत्व रहेको हामीले महशुस गरेको छौँ तर यसको बिकास का लागि अहिलेसम्म गाउँपालिका र स्थानीय सरोकारवाला को बिचमा कुनै छलफल नहुनु दुखद विषय भएको गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले जानकारी दिनुभयो । यसका लागि तुरुन्तै आबश्यक छलफल गर्नतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । पालिकाले यस वर्ष बिजुली क्षेत्रमा खानेपानी पूर्वाधार क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गरि कामलाई अगाडी वढाएको उपाध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यहि आर्थिक वर्षको अन्त्य सम्ममा यस क्षेत्रमा खानेपानी पु¥याउने लक्ष्य रहेको छ । ’
    त्यस्तै बिजुलीकोट क्षेत्रमा अन्य पूर्वाधारहरु , बजार व्यवस्थापनका लागि आवश्यक टहराहरु निर्माण, शौचालय निर्माण गरिने लक्ष्य लिएको बस्नेतले बताउनुभयो । बिजुलीकोटमा प्रत्येक वर्ष दश्रालु भक्तजनहरुको उपस्थिती वढेकोले यस क्षेत्रमा खानेपानीको उपलब्धता भयो भने बरिपरीका बस्तीलाई होमस्टे समेत सञ्चालन गर्न सकिने गाउँपालिका उपाध्यक्ष बस्नेतले बताउनुभयो ।

    शनिबार, असोज २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने
    १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य
    कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’
    पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने
    वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण
    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    भर्खरै

    • १.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

    • ३.
      हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

    • ४.
      स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    • ५.
      १२ प्रसारण लाइनको काम यसै वर्ष सक्ने लक्ष्य

    • ६.
      कुलेखानी पुगेर ऊर्जामन्त्रीले भने– ‘बाँध सुरक्षित छ, सुख्खायाममा सहज हुन्छ’

    • ७.
      कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    • ८.
      पोखरा विश्वविद्यालयले शिक्षा, अनुसन्धान र डिजिटल रूपान्तरणमा लगानी बढाउने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...