• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, कार्तिक ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ४. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ५. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ६. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

‘एकपटक बिजुलिकोट पुगौं


  •   शनिबार, असोज २५, २०७६ मा प्रकाशित
  • सागर रिजाल, प्युठान । ऐरावती गाउँपालिकामा पर्ने बिजुलीकोट धार्मिक तथा पर्यटकीय तिर्थस्थलका नामले परिचित छ । मन्दिरमा दशैको नवमी र चैते दशैमा ठूलो मेला लाग्ने गर्दछ । यी दुई पर्व संगै यस मन्दिरमा बाहृै महिना पर्यटकहरु घुम्न, मन्दिरको दर्शन गर्न आउने गर्दछन् । प्रत्येक वर्ष घटस्थापना( नव दुर्गा ) देखी एकादशीसम्म यस मन्दिरमा जमरा राख्ने, पण्डीत धामीहरु नुहाँईधुवाई गर्ने पुजापाठ गर्ने र एकछाक खाने पुजा गर्ने गर्दछन् । गाउँपालिकाको ऐरावती पछिको दोश्रो धार्मिक तथा पर्यटकिय स्थल बिजुलीकोट प्रचारप्रसार नहुँदा आझेलमा परेको स्थानियबासीको बुझाई छ । वि.स. १८ सय १९ सालमा स्थापना भएको यस मन्दिरलाई खड्ग भगवती मन्दिरको नामबाट पनि चिनिन्छ ।
    दशैको नवमीको दिन यस मन्दिरमा बिहानैदेखी दर्शनार्थीको घुइचो लाग्ने गर्दछ । मन्दिरको दर्शन , दुर्गा भगवानको पुजाँ गर्न, भेटी चढाउन, परेवा उडाउन दर्शनार्थीहरु यस मन्दिरमा पुग्छन् । साथै यस क्षेत्रबाट ऐरावती पालिका क्षेत्रका विभिन्न ठाउँको अवलोकन समेत गर्न सकिन्छ । दशैको नवमीको दिन यस मन्दिरमा प्युठान, दाङ, अर्घाखाँची, गुल्मी, बाग्लुङ, रुपन्देही, लगाएत देश बाहिरबाट दर्शनार्थीहरु आउने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण थापाले जानकारी दिनुभयो । नवमीको दिनमा बिजुलीकोटमा करिब १० हजार दर्शनार्थीहरु आउने थापाले बताउनुभयो । मेला व्यवस्थापनका लागि स्थानियले थापाको अध्यक्षतामा १७ जनाको समिति गठन गरिएको छ । समितिहरु मार्फत मेला व्यवस्थापन हुने गर्दछ ।

    Advertisement

    भाकल पुग्ने विश्वास
    मन्दिरमा मागेको भाकल पुग्ने विश्वासका साथ यहाँ दर्शनार्थीहरु आउने गर्दछन् । मन्दिरमा आउने अधिंकाश दर्शनार्थीहरुसंग बुझ्दा मागेको पुगेर बली एंव हार, माला लगाएत चढाउन आएको बताउछन् त कतिले केहि माग्नका लागि आएको बताउछन् । भाकल गरेका चिजहरु यस मन्दिरमा चढाउने गरेको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ । मन्दिरमा आउने दर्शनार्थीहरुले फुल भेटी चढाउने, परेवा चढाउने, पाठा, पाडा बली दिने गर्दछन् ।
    भेटीले नै चल्छ बिजुलीकोट
    बिजुलीकोटको संरक्षण गर्न यहाँ चढाईने भेटीनै मुख्य आम्दानीको श्रोत बनेको छ । दशैको नवमीको दिन मात्रै यस मन्दिरमा करिब तीन लाख रुपिँया भेटी संकलन हुने स्थानिय एंव जिल्ला खेलकुद विकास समिति प्युठानका अध्यक्ष श्याम थापाले जानकारी दिनुभयो । यस संगै चैत्रे दशै लगाएत अरु दिनहरुमा पनि भेटी संकलन हुने गर्दछ । गएको नवमीको दिन मात्रै यस कोटमा करिब बीस हजार दर्शनार्थी आएको थापाले बताए ।
    सराय नाँच पनि
    घटस्थापना (–नवदुर्गा) देखी पुजापाठ गरिने यस मन्दिरमा नवमीको दिन ठुलो मेला , दशमीको दिन दशैको टिका चढाउने गरिन्छ । यसै मन्दिरमा चढाएको टिका शुद्ध हुने भन्दै स्थानिय मन्दिरमा चढाएको टिका लगाउने गरेको स्थानिय रामप्रसाद पोख्रेलले जानकारी दिनुभयो । दशैको भोलीपल्ट अर्थात एकादशीको दिन मन्दिरमा सराय नाच खेलिन्छ । परम्परालाई जोगाउन र नयाँ व्यक्तिलाई नाँच सिकाउन सराय नाच्ने गरिएको पोख्रेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ,‘पछिल्लो समय सराय नाँच लोप हुन लाग्यो, यसलाई संरक्षण गर्न एकादशीको दिन सराय नाच खेल्ने गर्छौ । ’ भाला नचाउने, बाजा , मादल बजाउने, सनाई फुक्ने, सारङ्गी बजाउने एकादशीको दिन पनि गरिने उहाँले बताउनुभयो ।
    कोटमा संग्रलालयको आवश्यक
    मन्दिरलाई १२ महिना खुल्ला राख्ने र संग्रालय बनाउन आवश्यक रहेको स्थानिय श्याम थापाले बताउनुभयो । व्यवस्थित पुजाआजा गर्ने ठाउँ, देउता सधैभरि देख्न पाउनु जस्ता कुराहरु अझै कमि रहेको थापाले बताउनुभयो । नवमीमा मात्र देउता हेर्ने नभई सधैभरि हेर्न पाउँने हो भने यस क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने विश्वास लिएको थापा बताउनुहुन्छ । यस क्षेत्रमा सुरक्षा व्यवस्था समेत कमजोर रहेको छ । बिजुली क्षेत्रमा प्रहरी विट नहुँनु र अर्को स्थानबाट मेला व्यवस्थापनका लागि मात्र प्रहरी आउँदा पनि सधैभरि मन्दिर सधैका लागि खुल्ला राख्न चुनौती थपिएको थापाले बताउनुभयो ।
    बिजुली क्षेत्रमा खानेपानीको समस्या, होटल रेष्टुरेन्ट्र नहुनु जस्ता समस्याबाट मन्दिर आझेलमा परेको हुन सक्ने स्थानियबासीको आकंलन रहेको छ ।
    बुङ्गस क्लबको खानेपानी
    खानेपानीका लागि समस्या भएपछि यस वर्ष ऐरावती बुङ्गस क्लबले निशुल्क खानेपानीको व्यवस्था गरेको थियो । बिजुलीकोटमा आएका दर्शनार्थीहरुलाई सहयोग स्वरुप निशुल्क खानेपानी वितरण गरेको क्लबका अध्यक्ष पदम थापाले बताउनुभयो । उहाँका अनुसार संस्थाले ४८ जार खानेपानी निशुल्क वितरण गरिएको हो ।
    खानेपानी तथा पूर्वाधार निर्माण गरिदैँ
    ऐरावती गाउँपालिकाको सन्र्दभमा पर्यटन पूर्वाधारको लागि बिजुलीकोटको ऐतिहासीक महत्व रहेको हामीले महशुस गरेको छौँ तर यसको बिकास का लागि अहिलेसम्म गाउँपालिका र स्थानीय सरोकारवाला को बिचमा कुनै छलफल नहुनु दुखद विषय भएको गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले जानकारी दिनुभयो । यसका लागि तुरुन्तै आबश्यक छलफल गर्नतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । पालिकाले यस वर्ष बिजुली क्षेत्रमा खानेपानी पूर्वाधार क्षेत्रमा प्रयाप्त बजेट विनियोजन गरि कामलाई अगाडी वढाएको उपाध्यक्ष बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यहि आर्थिक वर्षको अन्त्य सम्ममा यस क्षेत्रमा खानेपानी पु¥याउने लक्ष्य रहेको छ । ’
    त्यस्तै बिजुलीकोट क्षेत्रमा अन्य पूर्वाधारहरु , बजार व्यवस्थापनका लागि आवश्यक टहराहरु निर्माण, शौचालय निर्माण गरिने लक्ष्य लिएको बस्नेतले बताउनुभयो । बिजुलीकोटमा प्रत्येक वर्ष दश्रालु भक्तजनहरुको उपस्थिती वढेकोले यस क्षेत्रमा खानेपानीको उपलब्धता भयो भने बरिपरीका बस्तीलाई होमस्टे समेत सञ्चालन गर्न सकिने गाउँपालिका उपाध्यक्ष बस्नेतले बताउनुभयो ।

    शनिबार, असोज २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता
    दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ४.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...