मधुसुदन पोख्रेल,प्युठान। प्युठान सरुमारानी गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई न्यानो सिरक वितरण गरेको छ । २९ औं अन्तर्रा्ष्ट्रिय जेष्ठ नागरिक दिबशको अवसरमा न्यानो सिरक प्रदान गरिएको हो गाउपालिकाले जनाएको छ।गाउँपालिकाका ६ वटै वटाका ८५ वर्ष देखि माथिका ५० जना जेष्ठ नागरिकहरुका लागि ५० थान न्यानो सिरक वितरण गरीएको हो । जेष्ठ नागरिक दिवसको अवसर पारि पालिकाका जेष्ठ नागरिकहरु संग अन्तरकृया गर्रि दिवस मनाएको सरुमारानि गाउँपालिकाका अध्यक्ष झग वहादुर विश्वकर्माले जानकारी दिनु भयो । कार्यक्रममा वोल्दै विश्वकर्माले आगो ताप्नु मुढाको कुरा सुन्नु ्बुढाको भने जस्तै जेष्ठ नागरिक सवैका अविभावक भएकाले उहाहरुको क्षमता र वौदिकतालाई सधै सम्मान गर्नु पर्ने बताउनु भएको छ । साथै विश्वकर्माले मंसिर भित्रै पालिका भित्र वसोवास गर्ने जेष्ठ नागरिकहरुका लागि निशुल्क आखा सिविर संचालन गर्ने समेत बताउनु भएको छ
सरुमारानीका जेष्ठ नागरिकलाई न्यानो सिरक प्रदान
सरुमारानीका जेष्ठ नागरिकलाई न्यानो सिरक प्रदान

Advertisement
तपाईको प्रतिक्रिया