मधुसुदन पोख्रेल,प्यूठान,सरुमारानि गाउँपालिका ४ वडडाडामा दशै विशेष साकृतिक कार्यक्रम सम्पन्न भएको छ । ‘नेपाली मौलिकताको प्रवद्धन गरौ, विभेद रहित समाजको निर्माणमा अघि बढौ’ भन्ने मुल नाराका साथ कार्यक्रम गरिएको हो। सचेतनाका लागि मेचिकाली सास्कृतिक यात्रा २०७६ अन्तरगत दशै विशेष सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । नेचुरल इन्टरटेमेन्ट बागवजार काठमाण्डौको आयोजना र सरुमारानी गाउपालिकाको समन्वय रहेको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम गाउँपालिकाका अध्यक्ष झग वहादुर वि.क.ले पुराना लोक परम्परा हराउदै जादा लोक सस्कृतिलाई जोगाइ राख्नको लागि दशै विशेष साकृतिक कार्यक्रमले सचेतना जगाउने बताए । वि.क.ले सरुमारानी गाउँपालिकाको स्थानीय खाद्यन्न उत्पादन पहिचानको चिनारीलाई चिनाउनको लागि पनि प्रचार प्रसारमा सहयोग गर्ने विश्वास उनले व्यक्त गरे । साथै विकले दशैको अवसरमा देखासिकी नगरी मौलिक रुपमै चाडपर्व मनाउन आग्रह गरे । कार्यक्रममा प्रकाश सपूत सहित विभिन्न स्थानिय तथा राष्ट्रिय कलाकारले प्रस्तुती राखेका थिए ।
वडडाडामा दशै विशेष सास्कृतिक कार्यक्रम
वडडाडामा दशै विशेष सास्कृतिक कार्यक्रम

Advertisement
तपाईको प्रतिक्रिया