ट्याक्टर चोरीको आरोपमा प्रहरीद्धारा एक जना पक्राउ

कामना डेली,पश्चिम नवलपरासी । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ट्याक्टर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामग्राम नगरपालिका –१ बस्ने जितेन्द्र मिश्र छन् । गत भदौ ३१ गते रातको समयमा सुनवल वडा नं १२ हरकट्टाकी सुमित्रा यादवको नाममा रहेको लु २ त ३२१४ नं को ट्रयाक्टर निजको घर बाट चोरी भएको थियो । चोरी भएको उक्त ट्याक्टर शनिबार मिश्रले हाकिरहेको अवस्थामा महेशपुर चोकबाट सिमा प्रहरी चौकि महेशपुरको टोलिले उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका चालक मिश्रलाइ चोरी मुद्धामा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भैरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिनुभएको छ ।

Sharing Now!

You might also like

Comments are closed.