• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

ब्रेन ड्रेन भर्सेस ब्रेन गेन


  •   बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
  • दीपक एम.सी.। एउटा कलेजको होस्टलमा बस्ने भाइसँग भेट भयो। उनलाई सोधे -“कस्तो चलीराछ पढाइ?” उनले भने “म त कलेजनै जादैन। परीक्षा आउने बेला भयो केही जान्दिन।” घरबाट निकै टाढा भएकाले कलेजले समेत होस्टलमा बस्न अनुमती दिएको विद्यार्थीले के गर्दा रहेछन् मलाई कौतुहलता भयो।उनलाई सोध्दा थाहा भयो – उनी त बिहानै ५ बजे नै उठेर जापानी भाषा सिक्न जादा रहेछन्। अनि कहाँ बाट कलेज जानु अनि पढ्नु?त्यही होस्टलमा बस्ने अर्को भाइले त झन उ भन्दा म सिनियर हु भने। मैले कुरो बुझिन- के भन्न खोजेको? उनले बि बि एस तेस्रो वर्ष अध्ययन गर्दथे। उनले भन्न खोजेका रहिछन् – उनी झन पहिल्यै देखि बिदेशी भाषा सिक्न थालेका रहेछन् । उनले त झन पहिले कोरियन भाषा सिकिसके पछि अहिले फेरि जापानी भाषा सिक्दै रहेछन् ।यी त सामान्य दृष्टान्त मात्रै हुन्। ग्रामीण इलाकाका किशोर किशोरी त यसरी लागेका छन् भने शहरी क्षेत्रका युवाहरूको कुरै नगरे हुन्छ। प्लस टु बल्ल बल्ल गरेपछी ब्याचलर पढ्नै मान्दैनन् । ४ बर्षे स्नातक पढ्नुलाई उनीहरूलाई सुगालाई पिंजडामा थुनिए जस्तो लाग्छ। आखिर बाहिर जाने नै हो किन समय बर्बाद गर्ने भन्ने धारणा छ उनीहरुको।एउटा मेधावी छात्रा जो बि. एस्सी. तेस्रो वर्षमा अध्ययनरत थिइन, उनले बाकी रहेको १ वर्ष मात्रैको अध्ययन छाडेर अस्ट्रेलिया तिर लागिन। अभिभावकले बाकी अध्ययन पूरा गरेर जानका लागि अनुरोध गर्दा पनि मानिनन्।बिदेशी मोह यति बढ्यो कि कुरा गरि साध्य छैन। सकभर अमेरिका जाने। नभए क्रमशः बेलायत, युरोपियन देशहरु, अस्ट्रेलिया, जापान , कोरिया भएनी जान पर्छ भन्ने मानसिकता बिकास भएको पाइन्छ।अधिकांश नर्सिङ पढेका छात्राहरूले नेपालमा सकभर जागिर नपाउने, पाए पनि अति न्यून स्यालरी जसले आफ्नो व्यक्तिगत खर्च समेत धान्न नपुग्ने हुदा बिदेशीनुको बिकल्प नै देख्दैनन् उनीहरू। नया पत्रीकामा प्रकाशित एक समाचार अनुसार स्टाफ नर्स पढ्न धेरै रकम खर्च हुने तर जागिर गर्ने बेलामा सरकारी अस्पतालमा सिमित दरबन्दी भएको प्राइभेट हस्पिटलमा ६ महिनासम्म निशूल्क स्वयंसेवक भइ काम गर्नु पर्ने र कतिपयमा उक्त अवधी पछि स्यालरी माग्दा काम संतोषजनक नभएको भनी निकालिदिने गरेको समेत पाइएको उल्लेख छ। न्यूतम ६ हजार सम्म स्यालरी दिने समेत गरिएको रहेछ। लेखकले नर्सिङ प्रती नकारात्मक धारणा राख्न खोजेको होइन। कतिपयको राम्रो समेत भएको पाइन्छ।बिदेश पढ्न जाने ट्रेण्ड भनौ वा फेसन भनौ, निकै चलिराछ। रोजगारको लागि त जनशक्ति बिदेशीएको नै थियो अबत शिक्षाका लागि समेत बाहिरिने गरेको पाइन्छ। राजदूतावासमा NOC का लागि देखिने भिडले कतै नेपालमा शैक्षिक संस्था तथा विश्वविद्यालय नै छैनन् कि जस्तो मानिन्छ। कतै नेपालका शैक्षिक संस्थाको गति काठमाडौको ट्रली बस जुन आजकल एकादेशको कथा भएको छ, त्यस्तै त हुने होइन।झन एअरपोर्टमा देखिने नेपालीको लस्कर वा सङ्ख्याले त केही वर्ष भित्रै नेपाल रित्तिदै त छैन भने जस्तो लाग्दछ। डाक्टर, इन्जिनियर, नर्स जस्ता दक्ष जनशक्ति देखि लिएर लेबर सम्म बिदेशीएको पाइन्छ। हुदा हुँदै व्यङ्ग्यात्म रुपमा अष्ट्रेलियालाई नेपालको आठौं प्रदेश/प्रान्त समेत भन्दा रहेछन् ।सीप र बिवेक भएका जनशक्ति बाहिरिनु नै ब्रेन ड्रेन अर्थात प्रतिभा पलायन हो। नेपालमा रोजगारको सम्भावना पनि छैन भएकोमा पनि नातावाद कृपावाद लागू हुने भए पछि यहाँ नबस्ने तर्क गर्छन उनीहरू। रोजगार पाइहाले पनि सेवा सुबिधा अत्यन्तै न्यून। एकजना नेपालमा शाखा अधिकृतको जागिर गरिरहेका ब्यक्ति आफ्नो श्रीमतीलाई डि.भि. परेपछी नेपालको जागिर छाडेर अमेरिका लागे। उनलाई हुदा खादाको यति राम्रो नोकरी छाडेर किन जान थाल्नुभो भनी सोध्दा आफ्नो जे जस्तो भए पनि सन्ततिको भबिष्य बिग्रीन नदिनको लागि जान थालेको जवाफ दिए। अब समाजमा कस्को कति सम्पत्ति छ भन्दा पनि कसका धेरै बिदेस गएका र कुन मुलुक गएका छन् भन्नेले प्रतिष्ठा निर्धारण गर्ने जस्तो देखिन्छ।बिदेशीनु त्यति नराम्रो पनि हुन सक्थ्यो यदि नेपालीहरू बिदेशबाट ज्ञान, सीप तथा प्रबिधी लिएर फर्केको खण्डमा। यसलाई “ब्रेन गेइन” पनि भन्न सकिन्छ। यसले त झन नेपालजस्तो बिकासोन्मुख देशलाई फाइदा पुग्न सक्छ। बिकसित देशका ज्ञान, सीप र प्रबिधि आर्जन गरेर जनशक्ति नेपालमा फर्कने हो भने यसले देश बिकासमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्न सक्छ। त्यहाको टेक्निक र तरिकालाई यहाँ अपनाउन सके देश छिट्टै उन्नतिको चुचुरोमा पुग्न सक्दछ। अधिंकाश बिदेशीनेहरु फर्कने गरेको पाइदैन।

    Advertisement

    निष्कर्ष:
    नेपालमा पछिल्लो समय बिदेशिनेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। सामान्य लेबर गर्न जाने देखि लिएर दक्ष जनशक्ति पनि रोजगारका लागि एका तर्फ बिदेशिएका छन् भने अर्को तर्फ अध्ययनका लागि भन्दै ठूलो सङ्ख्यामा युवापलायन भएको पाइन्छ। ती मध्ये अधिकांश अध्ययन गर्ने भन्दा पनि उतै सेटल हुने उद्देश्य बोकेर गएका हुन्छन् । सरोकारवाला पक्षले बेलैमा उपयुक्त कदम चाल्नुपर्ने देखिन्छ। सरकारले यी मुद्दाहरुलाई गहन रूपमा लिइ समाधान गर्नुपर्छ। अन्यथा यसले बिकराल रुप लिन सक्दछ। ब्रेन ड्रेनलाई निरुत्साहित तथा न्यूनीकरण गर्नुका साथै ब्रेन गेइन गर्नका लागि उनीहरूलाई प्रोत्साहित गर्नुका साथै उनीहरूका लागि नेपालमा उपयुक्त वातावरण सिर्जना गर्नु पर्दछ।
    (एम.सी. बलभद्र मा.बि. प्युठानका शिक्षक हुन।)

    बिहिबार, साउन २३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation