• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

लोकप्रिय समाचार

  • १. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • २. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • ३. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ४. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ७. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

प्युठान नगरपालिकाको उदाहरर्णिय काम : जहाँ जनताको घरमै पुगेर दिईन्छ स्वास्थ्य सेवा


  •   मङ्गलबार, साउन २१, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान।  प्युठान नगरपालिकाको वडा नं ३ कि डाडागाउकी ७० वर्षीया गिरिदेबी कुमाल यतिखेर दङ्ग हुनुहुन्छ । दुई वर्ष अगाडी स्थानीय तहको चुनावको बेला उहाँले सकिनसकी गएर भोट खसाल्नुभयो । भोट हालेर फर्कने बित्तिकै उहाँलाई आँखा नदेख्ने ,दुबै खुट्टामा पानी जम्ने र कम्मर दुख्ने समस्याले ढाल्यो । उपचारका लागि उहा चितवन अस्पतालमा पुग्नुभयो तर, व्यथा झन् बल्झियो । “लौ अब बाँचिंदैन झै लाग्या’थ्यो, कुमाल भन्नुहुन्छ।कुमाल परिवारमा अकस्मात् घरमै स्थानीय तहका जनप्रतिनिधि आइपुग्दा खुसी भए । औषधि सहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली उहाँको घर पुगेको थियो ।“भोट हालेको हो, आज घरमै वडा अध्यक्ष ,मेयर आए, घरमै आएर सोधखोज गर्लान भन्ने त सुइँको थिएन,” वृद्धा गिरिदेबिले दङ्ग पर्दै भन्नुभयो । भोट हालेकाले जितेको अनुभव समेत उहाँले सुनाउनुभयो । आफ्नै स्वास्थ्यको ख्याल गर्न आएको देखेर उहाँ गद्ग गद्ग हुनुभयो । यसरी गाउँमै जनप्रतिनिधि आउँदा उहाँपनि दङ्ग पर्नुभयो । “खुशि लाग्यो, यसरी सेवा गर्न आएपछि धेरै आशा भरोसा हुन्छ,” कुमालले भन्नुभयो । कतिपय वृद्धवृद्धा जनप्रतिनिधिहरु एक्कासी घर आएको देखेर नै दंग परे । सोही ठाउ निबासी छिमेकी ७३ वर्षीय लक्ष्मी कुमाल पनि बिरामी हुनुहुन्छ । भित्र बाहिर गर्दा पनि लठ्ठीको सहाराले हिँड्डुल गर्नुहुन्छ । “के हुन्छ आमा ” स्वास्थ्यकर्मी गोबिन्द घिमिरेले ले सोध्नुभयो । “पेट, छाती यसै भतभत हुन्छ दिशा गर्न बस्यो आउदैन ,” मसिनो स्वरमा कुमालले स्थास्थ्यकर्मी सामु आफ्नो समस्या बताउनुभयो । वडा नम्बर ३ डाडगाउमा अहिलेसम्म ३० जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच र औषधि वितरणको काम भइरहेको छ। घरदैलोमा ब्लडप्रेसर, दम र हाड जोर्नीको समस्या देखिएको स्वास्थ्य चौकी प्रमुख गोबिन्द घिमिरेले बताउनुभयो। ‘सामान्य अवस्था भए चेकजाँच मात्र हुन्छ’, उहाले भन्नुभयो , ‘गम्भीर अवस्था आए औषधि दिने र जिल्ला अस्पतालमा रिफर गर्ने काम पनि गर्छौं।’घरदैलो स्वास्थ्य सेवा पालिकाका १० वटै वडाहरुमा नै सुरु गरिएको मेयर कक्षपतिले जानकारी दिनुभयो। मेयर कक्षपतिका अनुसार “यो सेवा देखाउनका लागि सुरु भएको होइन’, ‘शारीरिक रुपमा अशक्त भएर स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिहरुलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको हो। यो निरन्तर चल्छ।’घरपरिवार चलाउन विदेशिएका र रोजगारीका क्रममा गाउँ छोडेका परिवारमा वृद्धवृद्धाले दुःख पाएको देखेपछि त्यस्ता व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले नगरपालिकाले यस्तो योजना ल्याएको उहाँले जानकारी दिनुभयो। ‘वृद्ध र रोगी हुँदै गएपछि स्वास्थ्य संस्थामा पुग्ने क्षमता हुँदैन’, उहाले भन्नुभयो– ‘पुर्याइदिने मान्छे नहुँदा सामान्य स्वास्थ्योपचारबाट पनि उनीहरु वञ्चित भइरहेका छन्। यस्तै व्यक्ति हाम्रो प्राथमिकतामा छन्।’“प्रारम्भिक सेवा घरमै हुन्छ, जटिल भए विशेषज्ञ चिकित्सककहाँ पुर्याउने सल्लाह दिन्छौं ,” कक्षपतिले भन्नुभयो, यो अभियान अब महिनाको १० दिन चल्छ घरदैलोमा जाने स्वास्थ्यकर्मिलाई खाजा खर्च बापत दुई सयको ब्यबस्था गरिएको छ । “गाउँगाउँमा, घरघरमा सरकार भनेको यही हो, राज्यको उद्देश्य पूरा गर्ने अभियान यही हो,”वडा अध्यक्ष प्रेम हमालले भन्नुभयो । प्युठान नगरपालिकाले भने ज्येष्ठ नागरिक भएका व्यक्ति लक्षित नमूना काम सुरु गरेको छ। नगरपालिकाले १० वटै वडाका ज्येष्ठ नागरिक भएका व्यक्तिका लागि ‘घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम’ सुरु गरेको हो। प्युठान नगरपालिकाले घरघरमै पुगेर ६० वर्ष उमेर पुगेकालाई स्वास्थ्य सेवा दिन थाले पछि स्थानियहरुमा घरदैलोमै सिहदरवारको महसुस गरेका छन। नेपाल सरकारको घरघरमा सिंहदरबार पुर्याउने लक्ष्य जनप्रतिनिधिहरुले यसरी अग्रसरता देखाइदिए सफल हुन्छ भन्ने उदाहरण प्युठान नगरपालिकाले प्रस्तुत गरेको छ ।

    Advertisement

    मङ्गलबार, साउन २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
    बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • २.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • ३.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ४.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ

    भर्खरै

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • २.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ३.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ४.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ६.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ७.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    • ८.
      स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...