• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, पुष ०९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन

लोकप्रिय समाचार

  • १. अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

  • २. नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन

  • ३. जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक घोषित

  • ४. गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

  • ५. भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

  • ६. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

  • ७. कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

  • ८. पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

  • ९. मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

  • १०. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

प्युठान नगरपालिकाको उदाहरर्णिय काम : जहाँ जनताको घरमै पुगेर दिईन्छ स्वास्थ्य सेवा


  •   मङ्गलबार, साउन २१, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान।  प्युठान नगरपालिकाको वडा नं ३ कि डाडागाउकी ७० वर्षीया गिरिदेबी कुमाल यतिखेर दङ्ग हुनुहुन्छ । दुई वर्ष अगाडी स्थानीय तहको चुनावको बेला उहाँले सकिनसकी गएर भोट खसाल्नुभयो । भोट हालेर फर्कने बित्तिकै उहाँलाई आँखा नदेख्ने ,दुबै खुट्टामा पानी जम्ने र कम्मर दुख्ने समस्याले ढाल्यो । उपचारका लागि उहा चितवन अस्पतालमा पुग्नुभयो तर, व्यथा झन् बल्झियो । “लौ अब बाँचिंदैन झै लाग्या’थ्यो, कुमाल भन्नुहुन्छ।कुमाल परिवारमा अकस्मात् घरमै स्थानीय तहका जनप्रतिनिधि आइपुग्दा खुसी भए । औषधि सहितको चिकित्सक र स्वास्थ्यकर्मीको टोली उहाँको घर पुगेको थियो ।“भोट हालेको हो, आज घरमै वडा अध्यक्ष ,मेयर आए, घरमै आएर सोधखोज गर्लान भन्ने त सुइँको थिएन,” वृद्धा गिरिदेबिले दङ्ग पर्दै भन्नुभयो । भोट हालेकाले जितेको अनुभव समेत उहाँले सुनाउनुभयो । आफ्नै स्वास्थ्यको ख्याल गर्न आएको देखेर उहाँ गद्ग गद्ग हुनुभयो । यसरी गाउँमै जनप्रतिनिधि आउँदा उहाँपनि दङ्ग पर्नुभयो । “खुशि लाग्यो, यसरी सेवा गर्न आएपछि धेरै आशा भरोसा हुन्छ,” कुमालले भन्नुभयो । कतिपय वृद्धवृद्धा जनप्रतिनिधिहरु एक्कासी घर आएको देखेर नै दंग परे । सोही ठाउ निबासी छिमेकी ७३ वर्षीय लक्ष्मी कुमाल पनि बिरामी हुनुहुन्छ । भित्र बाहिर गर्दा पनि लठ्ठीको सहाराले हिँड्डुल गर्नुहुन्छ । “के हुन्छ आमा ” स्वास्थ्यकर्मी गोबिन्द घिमिरेले ले सोध्नुभयो । “पेट, छाती यसै भतभत हुन्छ दिशा गर्न बस्यो आउदैन ,” मसिनो स्वरमा कुमालले स्थास्थ्यकर्मी सामु आफ्नो समस्या बताउनुभयो । वडा नम्बर ३ डाडगाउमा अहिलेसम्म ३० जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य चेकजाँच र औषधि वितरणको काम भइरहेको छ। घरदैलोमा ब्लडप्रेसर, दम र हाड जोर्नीको समस्या देखिएको स्वास्थ्य चौकी प्रमुख गोबिन्द घिमिरेले बताउनुभयो। ‘सामान्य अवस्था भए चेकजाँच मात्र हुन्छ’, उहाले भन्नुभयो , ‘गम्भीर अवस्था आए औषधि दिने र जिल्ला अस्पतालमा रिफर गर्ने काम पनि गर्छौं।’घरदैलो स्वास्थ्य सेवा पालिकाका १० वटै वडाहरुमा नै सुरु गरिएको मेयर कक्षपतिले जानकारी दिनुभयो। मेयर कक्षपतिका अनुसार “यो सेवा देखाउनका लागि सुरु भएको होइन’, ‘शारीरिक रुपमा अशक्त भएर स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिहरुलाई लक्षित गरी कार्यक्रम सुरु गरिएको हो। यो निरन्तर चल्छ।’घरपरिवार चलाउन विदेशिएका र रोजगारीका क्रममा गाउँ छोडेका परिवारमा वृद्धवृद्धाले दुःख पाएको देखेपछि त्यस्ता व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले नगरपालिकाले यस्तो योजना ल्याएको उहाँले जानकारी दिनुभयो। ‘वृद्ध र रोगी हुँदै गएपछि स्वास्थ्य संस्थामा पुग्ने क्षमता हुँदैन’, उहाले भन्नुभयो– ‘पुर्याइदिने मान्छे नहुँदा सामान्य स्वास्थ्योपचारबाट पनि उनीहरु वञ्चित भइरहेका छन्। यस्तै व्यक्ति हाम्रो प्राथमिकतामा छन्।’“प्रारम्भिक सेवा घरमै हुन्छ, जटिल भए विशेषज्ञ चिकित्सककहाँ पुर्याउने सल्लाह दिन्छौं ,” कक्षपतिले भन्नुभयो, यो अभियान अब महिनाको १० दिन चल्छ घरदैलोमा जाने स्वास्थ्यकर्मिलाई खाजा खर्च बापत दुई सयको ब्यबस्था गरिएको छ । “गाउँगाउँमा, घरघरमा सरकार भनेको यही हो, राज्यको उद्देश्य पूरा गर्ने अभियान यही हो,”वडा अध्यक्ष प्रेम हमालले भन्नुभयो । प्युठान नगरपालिकाले भने ज्येष्ठ नागरिक भएका व्यक्ति लक्षित नमूना काम सुरु गरेको छ। नगरपालिकाले १० वटै वडाका ज्येष्ठ नागरिक भएका व्यक्तिका लागि ‘घरदैलो स्वास्थ्य परिक्षण कार्यक्रम’ सुरु गरेको हो। प्युठान नगरपालिकाले घरघरमै पुगेर ६० वर्ष उमेर पुगेकालाई स्वास्थ्य सेवा दिन थाले पछि स्थानियहरुमा घरदैलोमै सिहदरवारको महसुस गरेका छन। नेपाल सरकारको घरघरमा सिंहदरबार पुर्याउने लक्ष्य जनप्रतिनिधिहरुले यसरी अग्रसरता देखाइदिए सफल हुन्छ भन्ने उदाहरण प्युठान नगरपालिकाले प्रस्तुत गरेको छ ।

    Advertisement

    मङ्गलबार, साउन २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार

    लोकप्रिय

    • १.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    • २.
      नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ

    • ३.
      जेन्जी आन्दोलनलाई संस्थागत गर्न मिरज ढुगांना संयोजक

    • ४.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ५.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम

    • ६.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • २.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    • ३.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • ४.
      भरतपुर खानेपानीमा सातौ पटक पुनः शंकर गौतम निर्विरोध अध्यक्ष निर्वाचित

    • ५.
      अर्घाखाँचीमा ओभरलोड ट्रिपरमाथि ट्राफिक प्रहरीको कारबाही

    • ६.
      पहिलो ‘हिमालय वरिपरि चलचित्र प्रदर्शनी’ लुम्बिनी बौद्ध विश्वविद्यालयमा सम्पन्न

    • ७.
      मध्यपश्चिम विश्वविद्यालयमा दुईदिने सहकर्मी सिकाइ सेमिनार सुरु

    • ८.
      कोहलपुरमा ‘नीलो प्रेम’ उपन्यासमाथि विशेष परिचर्चा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...