• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ६. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ७. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ८. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ९. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • १०. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

साउने मेला हेर्न रेसुङ्गा जाउँ


  •   शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल गुल्मीको रेसुङ्गामा साउने मेला सुरु भएको छ । जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने ऐतिहासिक तपोभुमी रेसुङ्गामा बिगतका वर्षहरुमा जस्तै यस वर्षपनि मन्दीर ब्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला आयोजना गरेको हो ।धार्मिक स्थल रेसुङ्गामा बिगतका वर्ष हरुमा जस्तै यस वर्ष पनि मन्दीर ब्यवस्थापन समितीले एक महिना सम्म धार्मिक प्रवचन सगै रुद्री,चन्डी शिवजीको दैनिक पुजा संञ्चालन आयोजना हुने रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेसचन्द्र भुसालले जानकारी दिए । धार्मिक स्थल रेसुङ्गमा पुजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ्ग प्यूठान, रुपन्देही, लगायतका नेपालका बिभिन्न ठाउबाट श्रदालु भक्तजनहरु एक महिने मेलामा धार्मिक स्थलमा आउने गर्दछन् । धार्मिक स्थल पोखरीमा नुहाउँन तथा पुजा आज गर्न साउन भर भिडभाड लाग्ने गर्दछ ।नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भुल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यता अनुसार पोखरीमा नुहाउन गुल्मी लगायत छिमेकी जिल्लाहरु बाट पनि श्रदालु भक्तजन आउने गर्दछन । साउन भर संञ्चालन हुने मेला अन्र्तगर्त साउन १ गते र साउने आंैषी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ । धार्मिक स्थल रेसुङ्गामा रहेको भ्यूटावर बाट बिभिन्न मनमोहक दृश्य देख्न सकिन्छ । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुँन । रेसुङ्गामा साउन महिना बाहेक अन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।
    के छ खास महत्व ?
    धार्मिक एबं पर्यटकीय क्षेत्र प्रचुर मात्रामा प्रचार नहुँदा ओझेलमा परेको छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेुसुङ्गा क्षेत्रमा भएका महत्वलाई जनमानसमा ल्याउन नसक्दा ओझेलमा परेको हो । धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थल रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको आध्यत्मिक महत्व रहेको जनश्रुति छ । प्राचिन युगमा धेरै ऋषि महर्षिहरुले तपस्या गरेको हुनाले यस ठाउँको नाम रेसुङ्गा रहन गएको पुराण बाचक चैतन्य कृष्णले बताउनु भयो रेसुङ्गालाई आध्यात्मिक र धार्मिक तपोभूमिको रुपमा पनि लिइन्छ । यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेको रेसुङ्गा संरक्षण समिति अध्यक्ष सुरेश चन्द्र भुसालले बताउनु भयो । धागीथुम,रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै क्षेत्र भित्र पर्दछन् ।रेसुङ्गामा द्वापर युग,त्रेतायुगदेखि नै यसको महत्व रहेको बिभिन्न धर्मग्रन्थहरुमा उल्लेख पनि रहिआएको भुसालले बताउनु भयो । सिद्धभूमि,तपोभूमि महर्षी भूमि जहाँ धेरै ऋषि महर्षिहरुले तपस्या प्राप्त गरेको इतिहास हाम्रो माझ रहि आएको छ । ऋषि श्रृंङ्गेश्वर,यदुकानन्द,रामचन्द्र जस्ता धेरै ऋृषि महर्षिहरुको तपस्या स्थल रेसुङ्गाको महत्व धेरै वेदपुराणहरुमा समेत उल्लेख छ । द्वापरयुग देखि नै सिद्ध स्थल बनेको रेसुङ्गा बिभिन्न काल खण्डहरु पार गर्दै अहिले सुन्दर,पुण्य भूमि बनेको छ ।समुन्द्री सतहबाट २ हजार ३ सय ४० मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक,ऐतिहासिक, पर्यटकिय तपोभूमी मात्र नभएर जैविक विविधताले पनि भरिपूर्ण क्षेत्र मानिन्छ । रेसुङ्गाको उच्च स्थानमा धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला लगायत दृश्याबलोकन गर्न सकिने भ्यु टावर रहेको छ ।
    मेलालाई व्यवस्थित बनाइएको छ

    Advertisement

    रेसुङ्गामा सुरु भएको एक महिने साउने मेलालाई व्यवस्थित बनाइएको छ । बिगतका वर्षमा भन्दा यस वर्षको एक महिने साउने मेलालाई व्यवस्थित गर्न रेसुङ्गामा पुग्ने भक्तजनलाई मध्य नजर राखेर २० प्रतिशत भाडा छुट गराइएको गुल्मीका प्रमुख जिल्ला अधिकारी (सिडियो) यदुनाथ पौडेलले बताए ।
    मेलालाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीमा गरिएको छलफलमा मेला अबलोकनमा पुग्ने भक्तजनलाई भाडा छुटसँगै समितिको सिफारिसमा असाय अशक्त र सन्तमहन्तलाई रेसुङ्गामा निशुल्क लैजाने व्यवस्था पनि मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । श्रदालु भक्तजनको सुबिधाको लागि गुल्मी यातायात र पश्चिमाञ्चल बस व्यवसायी समितिबाट २ वटा गाडी छुटाउने व्यवस्था मिलाइएको छ ।रेसुङ्गासम्म पुग्ने भक्तजनलाई छुट गरिएको रकम अनुसार जिपमा ८० रुपैयाँ र बसमा ६० रुपैयाँमा रेसुङ्गासम्म पुग्न पाउने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । वर्षातको समय भएकाले बाटो मर्मत गर्नुका साथै मर्मतका लागि पनि तयारी अबस्थामा राख्ने निर्णय भएको छ ।बिगतका वर्षमा भन्दा यस वर्षको मेलालाई केहि व्यवस्थित ढंगबाट लैजान र भक्तजनको सुबिधाका लागि केहि प्रयासको रुवात गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । रेसुङ्गामा पुगेर बस्न चाहनेहरुका लागि निशुल्क रुपमा बाँस र खानाको व्यवस्था मन्दिरले उपलब्ध गराउने व्यवस्था मिलाइएको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष शुरेसचन्द्र भुसालले बताए ।

    दैनिक दर्शनार्थीको घुइँचो
    धार्मिक स्थल रेसुङ्गामा चलेको एक महिने साउने मेलामा दैनिक जसो दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । मेला अन्र्तगत साउन १ गते र साउने औंसी, एकादसीका दिन बिशेष मेला लाग्ने गर्दछ । धार्मिक तथा ऐतिहासिक क्षेत्र रेसुङ्गामा साउने मेलामा वर्षेनी टाढा–टाढावाट श्रद्धालु नुहाउनका लागि रेसुङ्गा पोखरीमा जाने गर्दछन् ।धार्मिक स्थल रेसुङ्गमा पुजा आज गर्न गुल्मी लगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा वाग्लुङ प्यूठान, रुपन्देही, लगायतका नेपालका बिभिन्न ठाउबाट श्रदालु भक्तजनहरु एक महिने मेलामा धार्मिक स्थलमा आउने गर्दछन् । सदरमुकाम तम्घास बाट करिब ३० मिनेटको गाडिको यात्रा पछि उक्त स्थानमा पुग्न सकिन्छ । केहि वर्ष पहिलेवाट तपोभुमी रेसुङ्गामा सवारीका साधन जान थालेका हुँन् । रेसुङ्गामा साउन महिना बाहेकअन्य दिनहरुमा दैनिक पुजा हुने गर्दछ ।

    शुक्रबार, साउन १७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी

    • ६.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...