• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, पुष २८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

तम्घास बजारमा स्वच्छ मासु तथा दूध बिक्री सुनिश्चित गर्न अनुगमन

लोकप्रिय समाचार

  • १. पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

  • २. इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु २ बेपता २ घाइते


  •   मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिका २ वटा वडामा पहिरोले घर पुरिदा १० जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यवति गाउँपालिकाको लिम्घामा ८ जनाको र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको हो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ८ जनाको मृत्यु भएको छ । मृतक मध्ये ६ जनाको सव बाहिर निकालिएको छ । अरु २ जनाको निकाल्ने क्रम भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ वर्षिय पम्फा बिक, १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एक जना वालक सन्दीप बिक मावली घरमा गएकाले जिबितै रहेका छन् । त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु, ९ वर्षिय दर्शन त्रामु मृत्यु भएको हो ।
    उनिहरु आमा छोरा हुन् । सोहि वडामा रुद्र बिकको घर बगाएको पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् ।
    पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । गएराती देखि परेको अबिल वर्षातले घरमाथीबाट पहिरो जँदा घरमा सुति रहेकाहरुको मृत्यु भएको हो । उद्धारको लागि जिल्लाबाट प्रहरी नायव उपरिक्षक मिनबहादुर घले, शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रामयमाझी सहितको टोली घटना स्थलल पुगेर उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए । ठूलो पहरो भएकाले मृत्यु हुनेहरुको संख्या बृद्धि हुनसक्ने बताइएको छ । पहिरोले लिम्घासमा ४ घर जोखिममा रहेका छन् । उनिहरुलाई स्थानिय बिद्यालयमा राखिएको छ । घटना स्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्व तर्फ पर्दछ । घटना स्थल पुग्न करिब ३ घण्टा वढि समय लग्छ । पहिरोमा पुरिएर मृत्यु हुनेप्रति परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीद्धारा दुख ब्यक्त गरेका छन् । जिल्लाको सत्यवक्ति गाउँपालिकाको ठूलो लुम्पेक र लिम्घामा पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुटन आग्रह गरे ।ज्ञावलीले उद्धार राहतको लागि कुनैपनि कशुरबाँकी नराखी जुटन आग्रह गरे । गुल्मी क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थान ज्ञवालीको निर्वाचन क्षेत्र हो ।

    Advertisement

    मङ्गलबार, साउन ०७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म
    मुसहर बस्तीबाट डाक्टरको यात्रामा पवनदेव
    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    लोकप्रिय

    • १.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • २.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम

    भर्खरै

    • १.
      इस्माका महिलाहरुका लागि अचार बनाउने सीपमूलक तालिम प्रदान

    • २.
      पूर्व गोर्खा सैनिक हरि बुढामगरको विश्व कीर्तिमान

    • ३.
      तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    • ४.
      गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिरमा एक महिने पूजा सुरु

    • ५.
      कोहलपुरमा बद्री ढकालको ‘मुकुर’ विमोचन

    • ६.
      सिमीचौर साना किसान कृषि सहकारीको सातौँ वार्षिक साधारणसभा सम्पन्न

    • ७.
      इस्मा १ हर्पुकोटमा महिलाहरुलाई अचार बनाउने तालिम

    • ८.
      राष्ट्र निर्माण दल नेपालको घोषणा सभा सम्पन्न, गोलो घेराभित्र पानीको बोतल चुनाव चिन्ह

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...