• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

लोकप्रिय समाचार

  • १. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • २. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

  • ३. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • ४. रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

  • ५. इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष भलिबल हुने

  • ६. मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

  • ७. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ८. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ९. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • १०. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

सवै क्षेत्रमा अब्बल डिएसपी


  •   आइतबार, साउन ०५, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्युठान । गत जेठमा समुहबाट पैसा संकलन गरि शाखा कार्यालयमा लैजादैं गर्दा सुर्योदय लघुबित्तमा कार्यरत एक कर्मचारी दिनडहादै लुटिईन। जंगलमा वाटो ढुकेर बसेको चार जनाको लुटेरा समुहले उनिसंग भएको तीन लाख भन्दा धेरै रकम लुटेर फरार भयो। पीडितले प्रहरीलाई खवर गरिन। बाक्लै संख्यामा प्रहरी परिचालत भयो। प्युठान प्रहरी प्रमुख(डिएसपी) निर्मल बुढाथोकी आफै लुटेरा समुहको खोजीकार्यमा खटिए। चौबिस घण्टा नबित्दै नगद सहित लुटपाट घटनामा संलग्न चारै समात्न प्युठान प्रहरी सफल भयो। नेपाल प्रहरीको सम्पूर्ण स्रोतसाधन परिचान गर्दा पनि पक्राउ पर्न नसकेका बिज्ञान केसी हत्या काण्डका मुख्य अभियुक्त रमेश मल्ललाई पक्राउ गर्न डीएसपी बुढाथोकीले एउटा टिम गठन गरी सूक्ष्म अध्ययन गरिरहेका थिए । अन्तत ६ बर्ष देखि फरार अभियुक्त मल्ललाई बुट्वल उपमहानगरपालिका १२ नयागाउँबाट प्रहरीले गत माघमा पक्रन सफल भयो।जिल्ला अदालत प्युठानको ०७२ भदौ २८ को फैसला अनुसार दोषी ठहर भएका मल्ललाई १९ बर्ष ११ महिना ५ दिन कैद सजाए छ। हाल उनी कारागारमा सजाए काटिरहेका छन।छुरा प्रहार गरि बिधार्थीको हत्या भएपछि त्यो बेला प्रहरीको चर्को आलोचना भएको थियो । त्यसबेला स्थानीयहरु आन्दोलनमा समेत उत्रिएका थिए । तर, बुढाथोकी नेतृत्वको टिम अनवरत रुपमा अपराधीको खोजीमा लागिरहेको थियो ।त्यस्तै गत पुसमा गौमुखी ६ मा कुलोमा पानी हाल्न गएका बखत कोदालोले हानेर गणेश घर्ती मगरको हत्या भयो। हत्या आरोपी २६ बर्षीया वीर बहादुर खत्री फरार भएर काठमाडौ पुगे। प्रहरीले पिछा गरिरहेको थियो। घटना घटेको तीन दिन नबित्दै उनलाई प्रहरीले समातेर प्युठान ल्याउन सफल भयो।०६९ मा प्युठानको गौमुखीमा घटेको बहुचर्चित बिज्ञान हत्याकाण्ड देखि बलात्कार, लुटपाटमा संलग्नलाई पक्राउ गरि कानुनी डाएरामा ल्याउन सफल डिएसपी बुढाथोकी त्यसपछी जनताको नजरमा पर्न सफल भएका हुन। अपराध गरेर संसारको जुनसुकै कुनामा गएर लुके पनि अपराधीलाई कानुनी कठघरामा उभ्याउन नेपाल प्रहरी सक्षम छ भन्ने गतिलो सन्देश बुढाथोकी नेतृत्वको टिमले दिएको छ ।उनले प्युठान भालुवाङ सडक खण्डमा ओभरलोड हालेर आँतक मच्चाउने टिप्पर माथी समेत कारबाही प्रक्रीया अघि बढाए।प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध सामाजिक अपराध र सामाजिक संजालको दुरुपयोग न्युनिकरण सम्बन्धी कार्यक्रम लिएर उनि आफै गाउँटोलमा पुगेर सचेतनामुलक कार्यक्रम संचालन गरे । यो अभियान स्कुल स्कुल सम्म पनि पुग्यो। एक बर्षको अबधीमा ट्राफिक नियम विपरित सवारी साधन चलाउनेलाई कारबाही गर्दा प्युठानमा ३७ लाख भन्दा बढि रुपैया राजस्व असुली भयो। जिल्लाको दुर्गम गाउँ दाङबाङमा प्रहरी चौकी समेत स्थापना भयो। उनि गत साउन २५ गते जिल्ला प्रहरी कार्यालय प्युठानको नेतृत्व सम्हाल्न आएका हुन । एकवर्षे कार्यकाल बिताएर सरुवा भएका उनले आफ्नो कार्यकालमा ९५ प्रतिशत घटनाको सफल अनुसन्धान भएको दाबी गरेका छन् ।जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयद्धारा आईतवार सँयुक्त रुपमा आयोजित पत्रकार सम्मेलनमा डिएसपी बुढाथोकीले भने,’यो सवै सफल्ता हात पर्नुमा प्रहरीका साथै जिल्लाबासीको महत्वपुर्ण सहयोग छ।’ आर्थिक बर्ष ०७५/७६ मा २ सय १५ वटा विभिन्न प्रकृतीका मुद्धा प्रहरीमा दर्ता भए। बुढाथोकीका अनुसार त्यसमध्ये ९५ प्रतिशत मुद्धाको सफल अनुसन्धान गरिएको छ। यो अबधीमा १८ जवरजस्ती करणीका छन भने ५ ओटा करणी उद्योग भएको छ । १३ बहुबिबाह र ६ वटा वालबिबाहका घटना छन। कर्तव्य ज्यान सम्वन्धी ५ वटा, आत्माहत्याका ६४ वटा र अन्य गरि २ सय १५ घट्ना जिल्ला प्रहरीमा दर्ता भएको तथ्याकँ छ। प्रहरीमा घरेलु हिसाँका ८६ निबेदन आए भने प्रहरीकै सक्रीयतामा ५३ वटा बालबिबाह रोकिए । नागरीकमैत्री व्यवहार गर्ने बुढाथोकिको काम गर्ने शैली फरक र व्यबसायिक भएकाले प्रहरी प्रति जनताको भरोसा जागेको छ। जिल्लामा शान्ती सुरक्षा कायम गर्न प्रहरीले गरेका सफल अनुसन्धान र भुमिका तारिफयोग्य रहेको प्युठानबासी बताउँछन । पत्रकार सम्मेलनमा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका सुचना अधिकारीहरुले आर्थिक बर्ष २०७५/७६ मा आफ्ना कार्यालयले प्रदान गरेका सेवा सुविधा एव बार्षीक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।

    Advertisement

    आइतबार, साउन ०५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • २.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक

    • ३.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ४.
      रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको

    • ५.
      इस्मामा दोस्रो सहारा कप–२०८३, खुला वडास्तरीय पुरुष

    • ६.
      मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ :

    भर्खरै

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ७.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ८.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation