कपिलवस्तु । नेटवर्किङ्ग व्यवसायका नाममा ठगी गर्दै आएका ११ जनालाई कपिलवस्तु प्रहरीले प्रक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आयोजित पत्रकार सम्मेलनमा जागिरको प्रलोभनमा ठगी गर्ने भारतको गोरखपुरमा रहेको फ्युचर मेकरका एजेण्ट १ जना र पचपेडवामा रहेको एम स्टेपका एजेष्ट र सञ्चालक गरि १० जनालाई सार्वजनिक गरिएको हो । प्रहरीले नियन्त्रणमा लिएकाहरुमा दैलेखका कर्ण सलामी मगर, नवलपरासीका अशोक अधिकारी, झापाका खगेन्द्र निरौला, सप्तरीका मिथलेस यादव, रौटहटका मुकेश राउत, बाकेका हेमराज थापा, रामेछापका सुभाष बस्नेत, उदयपुरकी मन्जुला राई, सप्तरीका कम्लेश यादव, धादिगंकि दिपा पुरी र रोल्पाका क्षितिज खरेल रहेका छन ।सो नेटवर्किङ्ग व्यवसाय मार्फत ठगिएका ४१ पिडितको उजुरीका आधारमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । उजुरीकर्ताको मात्रै १ करोड ३२ लाख ५१ हजार ३ सय रहेको खुल्न आएको छ ।
पचपेडवा, बनारस र गोरखपुरमा ठगिनेको संख्या २ हजार ४ सय ८० रहेको र उनीहरुबाट पछिल्लो १३ महिनाको अबधीमा करिब ६ करोड बढि रकम ठगी भएको खुल्न आएको छ । पिडितको उजुरीका आधारमा पछिल्लो दुई साता यता चलाएको अप्रेशनमा ११ जनालाई नियन्त्रणमा लिईएको र अन्यलाई नियन्त्रणमा लिनका लागी प्रहरी प्रधान कार्यालय र सिआईबी सँग समन्वय गरिएको ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिए
नेटवर्किंङ्गमा ठगी गर्ने ११ जना कपिलवस्तु प्रहरीद्वारा पक्राउ
नेटवर्किंङ्गमा ठगी गर्ने ११ जना कपिलवस्तु प्रहरीद्वारा पक्राउ
Advertisement
तपाईको प्रतिक्रिया