• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

२८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु

न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

लोकप्रिय समाचार

  • १. धुलो टकटकाउँदै फेरि उठ्नेछौं

  • २. लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

  • ३. जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

  • ४. दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली नोट फेला

  • ५. गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५ सहित ६ जना बिरामी

  • ६. अवैध लागूऔषधसहित पाँच जना पक्राउ

  • ७. संविधान कार्यान्वयनबाटै मुलुकले निकास पाउछ: मुख्यमन्त्री आचार्य

  • ८. संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

  • ९. न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

  • १०. सवारी दुर्घटनामा दुई जनाको मृत्यु

जनप्रतिनिधी हुन् त यस्ता: जस्ले मोटरसाईकल सुविधा लिएनन्


  •   मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्यूठान। जिल्लाका स्थानीय–तहमा सरकारी गाडी र मोटरसाईकलको चरम दुरुपयोेग भएको छ । यसरी मोटसाईकलको दुरुपयोग गर्नेमा जनप्रतिनिधिहरुले कर्मचारीहरुलाई उछन्दै छन् । सरकारी काममा कम, व्यक्तिगत काममा बढी सरकारी गाडी र मोटरसाईलको दुरुपयोग बढ्दो छ । नियमन कस्ले गर्ने? गाँउसरकारका नीति निर्माण तहमा रहेका जनप्रतिनिधिहरुबाटै सरकारी प्रयोजनका निम्ती ल्याईएका सवारी तथा मोटरसाईकलको दुरुपयोग दिनप्रतिदिन बढ्दै जाँदा स्थानीय जनतामा जनप्रतिनिधिप्रतिको विश्वास र लोकप्रियतामा कमी आएको पाईन्छ । तर यस्ता पनि जनप्रतिनीधि छन् जो आफ्नो सुविधा ओझेलमा पारेर जनताको सुविधालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दे आएका छन् ।आफ्नो गाउँ एवं नगरपालिकाका अध्यक्ष एवं प्रमुख लाखौको स्कारपियोमा हुईकिदा यहाका वडाअध्यक्ष भने स्थानिय सरकारले दिएको मोटर साइकल सुबिधा नलिएर आफ्नो निजि मोटरसाईकल प्रयोग गर्छन।दाङबाट प्यूठान प्रवेशगर्दा प्रवेशद्धारमै सरुमारानी गाँउपालिका छ । गाँउपालिकाकै केन्द्र वडा नं. ४ बड्डाँडामा पर्दछ । कालोपत्रे सडक छेउमै वडा कार्यालय छ र केही वडाका भौगोलिक विकट बस्तीबाहेक सबै गाँउबस्तीमा सहज रुपमा सवारीसाधन तथा मोटसाईकल मार्फत आवतजावत गर्न सकिन्छ । गाउंपालिकाले अध्यक्षलाई कार किनिदिएको छ। ६ वटै वडा अध्यक्ष र केही विषयगत समितिका संयोजकलाई समेत मोटरसाईकल सेवासुविधा दिएको छ। तर यहाँका एक वडा अध्यक्ष भने निर्वाचित् भएदेखिनै आफ्नो नीजि मोटरसाईकल मार्फत आवत–जावत गरि वडाका कामकारवाही तथा कार्यसम्पादन गर्दै आएका छन् ।

    Advertisement

    सरुमारानी गाउपालिका – ४ का वडा अध्यक्ष चिन्त बहादुर सोमै । जो गाउपालिकाले दिएको सुबिधा नलिएर आफ्नै निजि मोटरसाईकल चढ्छन।

    जिल्लाका जनप्रतिनिधिहरु सुविधाभोगी बन्दै गएको गुनासोहरु आईरहेकाबेला प्यूठानका २ स्थानीय–तहका वडा अध्यक्षहरुले भने मोटरसाईकल सुविधा पाएर पनि नलिएको पाईएको छ । सरुमारानी गाँउपालिका वडा नं. ४ का अध्यक्ष चिन्तबहादुर सोमै र प्यूठान नगरपालिका वडा नं. ४ कै वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले सरकारी सेवा सुविधाका रुपमा मोटरसाईकल प्रयोग गरेका छैनन् ।

    प्यूठान नगरपालिका वडा नं. ४ कै वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले सरकारी सेवा सुविधाका रुपमा मोटरसाईकल प्रयोग गरेका छैनन् ।

    दुबैको वडा कार्यालयमा वडा कार्यप्रयोजनका निम्ती मोटरसाईकल नराखेको उनिहरुले बताएका छन् ।‘म मेरै बाईक प्रयोग गर्दै आईरहेको छु ।’ सरुमारामी –४ का वडा अध्यक्ष सोमैले भने, ‘आफुसंगै बाईक भएकोले वडा तथा पालिकालाई किन आर्थिक भार पार्ने ।’ वडाका कामहरुमा, अनुगमनमा नीजि बाईक नै प्रयोग गरिरहेको उनले बताए । ‘जनप्रतिनिधिहरु आफ्नो सुविधामा भन्दा जनताको सुविधामा नै बढी ध्यान दिनुपर्दछ ।’ सोमैले भने ।मोटरसाईकल आफुसंगै भएकोले वडा अध्यक्षका निम्ती बाईक सुविधा नगरपालिकाले दिएतापनि नलिएको प्यूठान न.पा –४ का वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले बताए । ‘अनावस्यक फजुल खर्च किन गर्ने ।’ राजभण्डारीेले भने, ‘बाईक किन्ने पैसाले जनताको पक्षमा थोरै भएपनि काम गर्न सकिन्छ ।’ वडा अध्यक्षका लागि नभएर वडाका कर्मचारी तथा कामकारवाहीको लागि मोटरसाईकल आवस्यक भएको तर नगरपालिकाबाट हाललाई नपाएको वडा अध्यक्ष राजभण्डारीले बताए ।उता भौगोलिक विकटताका कारण मल्लरानी वडा नं. १ का वडा अध्यक्ष चिन्त बहादुर राहुुमगरले बाईक सुविधाबाट बञ्चित् भएका छन् । ‘मेरो वडामा त बाईक जाने बाटै छ्रैन् ।’ राहुमगरले भने, ‘अन्यत्र वडाका साथिहरुले भने बाईक सुबिधा लिनुभएकै छ ।’

    मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य
    न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य
    लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने
    युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य
    वडाध्यक्षद्वारा प्रिन्टर र इलेक्ट्रोनिक हाजिरी मेसिन तोडफोड
    मृत अवस्थामा शव फेला परे

    लोकप्रिय

    • १.
      धुलो टकटकाउँदै फेरि उठ्नेछौं

    • २.
      लुम्बिनी प्रदेश : संविधान दिवस मनाइने

    • ३.
      जनमुखी सेवा प्रवाहमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

    • ४.
      दाङमा एनआईसी एसिया बैंक सिसहनियाँ शाखामा नक्कली

    • ५.
      गुल्मीमा बिषालु च्याउ खाँदा एकै परिवारका ५

    • ६.
      अवैध लागूऔषधसहित पाँच जना पक्राउ

    भर्खरै

    • १.
      प्यूठानमा आगजनी प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

    • २.
      २८ बर्ष जागिर गरेर बनाएको घरमा आगजनी भएपछी मुख्यमन्त्रीकी श्रीमतीको आँखामा आसु

    • ३.
      न्यायिक छानबिन गर्न वर्तमान सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

    • ४.
      जेनजी आन्दोलनमा षड्यन्त्रपूर्वक संरचना ध्वस्त पारियो : गौतम

    • ५.
      कांग्रेस गुल्मीका कार्यकर्ताद्वारा विशेष महाधिवेशनको माग

    • ६.
      संविधान दिवसमा गुल्मी काँग्रेसद्वारा प्रभातफेरि

    • ७.
      लेकवेशीमा सरकारी गाडी कार्यालयमै राख्नुपर्ने

    • ८.
      युवा पुस्ताको सोचअनुसार कार्यशैली बदल्नुपर्छ : मुख्यमन्त्री आचार्य

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...