• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

जनप्रतिनिधी हुन् त यस्ता: जस्ले मोटरसाईकल सुविधा लिएनन्


  •   मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
  • प्यार अलि खाँन,प्यूठान। जिल्लाका स्थानीय–तहमा सरकारी गाडी र मोटरसाईकलको चरम दुरुपयोेग भएको छ । यसरी मोटसाईकलको दुरुपयोग गर्नेमा जनप्रतिनिधिहरुले कर्मचारीहरुलाई उछन्दै छन् । सरकारी काममा कम, व्यक्तिगत काममा बढी सरकारी गाडी र मोटरसाईलको दुरुपयोग बढ्दो छ । नियमन कस्ले गर्ने? गाँउसरकारका नीति निर्माण तहमा रहेका जनप्रतिनिधिहरुबाटै सरकारी प्रयोजनका निम्ती ल्याईएका सवारी तथा मोटरसाईकलको दुरुपयोग दिनप्रतिदिन बढ्दै जाँदा स्थानीय जनतामा जनप्रतिनिधिप्रतिको विश्वास र लोकप्रियतामा कमी आएको पाईन्छ । तर यस्ता पनि जनप्रतिनीधि छन् जो आफ्नो सुविधा ओझेलमा पारेर जनताको सुविधालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दे आएका छन् ।आफ्नो गाउँ एवं नगरपालिकाका अध्यक्ष एवं प्रमुख लाखौको स्कारपियोमा हुईकिदा यहाका वडाअध्यक्ष भने स्थानिय सरकारले दिएको मोटर साइकल सुबिधा नलिएर आफ्नो निजि मोटरसाईकल प्रयोग गर्छन।दाङबाट प्यूठान प्रवेशगर्दा प्रवेशद्धारमै सरुमारानी गाँउपालिका छ । गाँउपालिकाकै केन्द्र वडा नं. ४ बड्डाँडामा पर्दछ । कालोपत्रे सडक छेउमै वडा कार्यालय छ र केही वडाका भौगोलिक विकट बस्तीबाहेक सबै गाँउबस्तीमा सहज रुपमा सवारीसाधन तथा मोटसाईकल मार्फत आवतजावत गर्न सकिन्छ । गाउंपालिकाले अध्यक्षलाई कार किनिदिएको छ। ६ वटै वडा अध्यक्ष र केही विषयगत समितिका संयोजकलाई समेत मोटरसाईकल सेवासुविधा दिएको छ। तर यहाँका एक वडा अध्यक्ष भने निर्वाचित् भएदेखिनै आफ्नो नीजि मोटरसाईकल मार्फत आवत–जावत गरि वडाका कामकारवाही तथा कार्यसम्पादन गर्दै आएका छन् ।

    Advertisement

    सरुमारानी गाउपालिका – ४ का वडा अध्यक्ष चिन्त बहादुर सोमै । जो गाउपालिकाले दिएको सुबिधा नलिएर आफ्नै निजि मोटरसाईकल चढ्छन।

    जिल्लाका जनप्रतिनिधिहरु सुविधाभोगी बन्दै गएको गुनासोहरु आईरहेकाबेला प्यूठानका २ स्थानीय–तहका वडा अध्यक्षहरुले भने मोटरसाईकल सुविधा पाएर पनि नलिएको पाईएको छ । सरुमारानी गाँउपालिका वडा नं. ४ का अध्यक्ष चिन्तबहादुर सोमै र प्यूठान नगरपालिका वडा नं. ४ कै वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले सरकारी सेवा सुविधाका रुपमा मोटरसाईकल प्रयोग गरेका छैनन् ।

    प्यूठान नगरपालिका वडा नं. ४ कै वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले सरकारी सेवा सुविधाका रुपमा मोटरसाईकल प्रयोग गरेका छैनन् ।

    दुबैको वडा कार्यालयमा वडा कार्यप्रयोजनका निम्ती मोटरसाईकल नराखेको उनिहरुले बताएका छन् ।‘म मेरै बाईक प्रयोग गर्दै आईरहेको छु ।’ सरुमारामी –४ का वडा अध्यक्ष सोमैले भने, ‘आफुसंगै बाईक भएकोले वडा तथा पालिकालाई किन आर्थिक भार पार्ने ।’ वडाका कामहरुमा, अनुगमनमा नीजि बाईक नै प्रयोग गरिरहेको उनले बताए । ‘जनप्रतिनिधिहरु आफ्नो सुविधामा भन्दा जनताको सुविधामा नै बढी ध्यान दिनुपर्दछ ।’ सोमैले भने ।मोटरसाईकल आफुसंगै भएकोले वडा अध्यक्षका निम्ती बाईक सुविधा नगरपालिकाले दिएतापनि नलिएको प्यूठान न.पा –४ का वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले बताए । ‘अनावस्यक फजुल खर्च किन गर्ने ।’ राजभण्डारीेले भने, ‘बाईक किन्ने पैसाले जनताको पक्षमा थोरै भएपनि काम गर्न सकिन्छ ।’ वडा अध्यक्षका लागि नभएर वडाका कर्मचारी तथा कामकारवाहीको लागि मोटरसाईकल आवस्यक भएको तर नगरपालिकाबाट हाललाई नपाएको वडा अध्यक्ष राजभण्डारीले बताए ।उता भौगोलिक विकटताका कारण मल्लरानी वडा नं. १ का वडा अध्यक्ष चिन्त बहादुर राहुुमगरले बाईक सुविधाबाट बञ्चित् भएका छन् । ‘मेरो वडामा त बाईक जाने बाटै छ्रैन् ।’ राहुमगरले भने, ‘अन्यत्र वडाका साथिहरुले भने बाईक सुबिधा लिनुभएकै छ ।’

    मङ्गलबार, जेठ २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द
    देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...