• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन ०२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

दलालले ठगे, माटोले साथ दियो

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लोकप्रिय समाचार

  • १. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • २. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

  • ३. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • ४. गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

  • ५. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

  • ६. ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति

  • ७. लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

  • ८. प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

  • ९. लुम्बिनी प्रदेश सरकारले छोडिएका गाईको दीर्घकालीन व्यवस्थापन गर्ने

  • १०. तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल

दुवै मिर्गाैला फेल भएका प्रकाशद्वारा सहयोगको अपिल


  •   सोमबार, जेठ २७, २०७६ मा प्रकाशित
  • केशर राेका,प्यूठान। चार वर्षअघि जीवन संगिनी लक्ष्मी जिसीको उपचार गर्दागर्दै भएको सबै सम्पत्ति सकियो। फोक्सोको क्यान्सरले पीडित जिसीलाई २५ लाख खर्च गर्दा पनि बचाउन सकेनन्। जीवनसाथिको मृत्युपछि ६५ वर्षीय राजेन्द्र विक्रम जिसी पीडामै छन्।श्रीमती गुमाउनुको वियोग उनले विस्तारै भुल्दै थिए। पत्नीको उपचारकै लागि भएको सम्पत्ति बेच्दा पनि नपुगेपछि ऋण खोज्नुपर्‍यो। त्यसबेला खोजेको ऋण अझै तिर्नै बाँकी छ। आजको अन्नपुर्ण पोष्ट्रले समाचार छापेको छ। जवान छोराले कमाएर ऋण तिर्ला भन्ने आश गरेका जिसीलाई छोराको पनि दुवै मिर्गौला फेल भएको थाहा पाएपछि विचल्ली भएको छ। परिवारलाई मिलाएर राख्ने उनका जेठा छोरा प्रकाश पनि अहिले दुवै मिर्गौलाले काम नगर्ने भएपछि थला परेका छन्।३६ वर्षीय प्रकाश ओछ्यानमै थलिएपछि जिसी परिवारको विचल्ली भएको छ। झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठान निवासी जिसी परिवार विगत सात वर्षदेखि शिवराज नगरपालिका ५ चन्द्रौटामा बस्दै आएका छन्। ‘हप्तामा दुई पटक डाइलोसिस गराउनुपर्छ’, बुवा राजेन्द्र विक्रमले भने, ‘महिनामा ३०÷३५ हजार खर्च हुन्छ। जुटाउनै गाह्रो भयो।’परिवारमा लागेको ऋण तिर्ने र बुवालाइ खुसी बनाउने प्रकाशको योजना आफैँ थलिएपछि अँधुरै रहयो। उनका एक छोरा र एक छोरी छन्। छोराले नर्सरीमा पढछन्। छोरी भर्खर एक वर्षकी भइन। ‘जीवनमा के–के सोँच थिए’ प्रकाशले भन्छन्, ‘सबै सोँचाइमा मात्र सिमित भए।’स्नातक अध्ययनरत उनको सामाजिक काम गर्ने मन छ। ‘ श्रीमतीले मिर्गौला दिन्छु भनेकी छे’ उनी थप्छन्, ‘तर, प्रत्यारोपण गर्ने रकम छैन्।’ प्रत्यारोपण सफल भएमा त्यसपछिको खर्च सरकारले व्यहोर्ने कुरा सुनेको बताउँदै उनले मिर्गौला लिने, दिनेहरुकै चेकजाँच गर्न नसकिएको दुःखेसो पोखे।डाक्टरले छिट्टै दुवै मिर्गौला प्रत्यारोपण गर्न सल्ला दिएका छन्। हाल जिसीले सातामा दुई दिन भैरहवास्थित सिटी हस्पिटल प्राली भैरवामा डाइलोसिस गरिरहेका छन्। सहयोगी भेटिए काठमाडौँ पुगेर मिर्गौला प्रत्यारोपण गर्ने उनको चाहना छ। जीवनले नयाँ मोड लिएमा जिसीले मिर्गौलाको विषयमा सामाजिक सचेतना जगाउने अभियानमा लाग्ने सोँच बनाएका छन्।‘ख्यालख्यालमै दुवै मिर्गौला फेल भए’ उनी भन्छन्, ‘मिर्गौला प्रत्यारोपण भएर हिँडडुल गर्ने भएँ भने यसैका बारेमा गाउँमा जनचेतना फैलाउने मन छ।’ अस्वस्थ खानपान, मधुमेह, प्रेसर लगायतका बिरामीलाई यस्तो समस्या हुने चिकित्सकहरु बताउँछन्।दुवै मिर्गौला फेल भएका प्रकाश बिक्रम जिसिलाई सहयोग गर्न चाहनेले ९८४३५४२७३२ नम्बरमा फोन सम्पर्क गरि सहयोग रकम प्रदान गर्न सकिने छ।प्रकाश बिक्रम जिसिको नाममा ग्लोवल आईएमई बैंक कपिलवस्तुमा रहेको खाता नम्बर २१०७०१०००७१३० मा पनि रकम जम्मा गर्न सक्नुहुनेछ।

    Advertisement

    सोमबार, जेठ २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दलालले ठगे, माटोले साथ दियो
    तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल
    झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा
    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    लोकप्रिय

    • १.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • २.
      वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

    • ३.
      झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन

    • ४.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ५.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति

    • ६.
      ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ :

    भर्खरै

    • १.
      लुम्बिनीमा रोजले हाँकेको मन्त्रालय उत्कृष्ट

    • २.
      दलालले ठगे, माटोले साथ दियो

    • ३.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • ४.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ५.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ६.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ७.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ८.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation