नुवाकोट। नुवाकोटको लिखु गाउँपालिकाका एक स्थानीयले ५० लाख मूल्य बराबरको जग्गा स्वास्थ्य केन्द्रलाई दान गरेका छन् । स्थानीय भगवती पाण्डेले श्रीमान्को सम्झनामा स्वास्थ्य केन्द्रको भवन बनाउन लिखु गाउँ पालिका स्थित थानसिंङमा रहेको दुई रोपनी जग्गा दान दिएकी हुन् । दान दिइएको जग्गाको प्रचलित मूल्य ५० लाख अनुमान गरिएको छ ।गाउँमा स्थापना हुने स्वास्थ्य केन्द्रलाई जग्गा अभाव भएको सुन्नेबित्तिकै आफूले दुई रोपनी जग्गा दिएको पाण्डेले बताइन्। उनका श्रीमान् नारायणप्रसाद पाण्डेको गत वर्ष निधन भएको थियो।जिल्लाका लिखु, ककनी, पञ्चकन्या लगायत गाउँपालिकाका स्थानीयलाई लक्षित गरी स्थापना गर्न लागिएको स्वास्थ्य केन्द्रको भवन निर्माण सुरु भइसकेको छ। स्वास्थ्य केन्द्रको १६ कोठे भवन बनाउन प्रदेश सरकारले १५ लाख विनियोजन गरिसकेको भवन निर्माण समिति अध्यक्ष राजेन्द्र लामिछानेले बताए।
आफ्नो श्रीमानको संम्झनामा लाखौंको जग्गा दान (भिडियो सहित)
आफ्नो श्रीमानको संम्झनामा लाखौंको जग्गा दान (भिडियो सहित)
Advertisement
तपाईको प्रतिक्रिया