• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, फागुन ०१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

लोकप्रिय समाचार

  • १. गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

  • २. हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

  • ३. प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

  • ४. कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

  • ५. संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत अंक

  • ६. रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

  • ७. आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

  • ८. जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

  • ९. निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

  • १०. कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा ,आजको आबश्यकता


  •   बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान।

    Advertisement

    हिजो नेपाली समाजमा शिक्षामा चल्तीको कथन थियो, ‘छोरा बिग्रे कमर्श, छोरी बिग्रे नर्श’ व्यवसायीकताका विकास नभइसकेको र स्वास्थ्य क्षेत्रमा फड्को मार्न चिकित्सकीय क्षेत्रमा पनि उल्लेख्य प्रगती हुन नसकेको तत्कालिन समयमा कमर्श पढेका छोराहरु बेरोजगार हुनुपर्ने अवस्था थियो भने नर्श पढेका र त्यो सम्बन्धि दक्षता हासिल गरेका छोरीहरु पनि बेरोजगारै बस्नु पर्ने थियो । त्यसै अवस्थाको कारणबाट पनि जनमानसमा त्यो धारणा बनेको हुनुपर्दछ । उतिबेला मानविकी र शिक्षा शास्त्र पढेकाहरुले हातहातै जागिर पाउने र कमर्श पढेकाहरु तत्कालै व्यापार व्यवसायमा फर्किहाल्ने अवस्था थिएन । तर आज परिस्थितिमा व्यापक फेरवदल आएको छ, मानविकी र शिक्षा शास्त्र पढेकाहरु र हिजोकै व्यवस्थापन विषय पढेकाहरु आज वेरोजगारको पंक्तिमा लामबद्ध बन्न पुगेका छन् ।हामी नेपाली अधिकांश राजनीतिका अनुत्पादक र फाल्तु कुरा गरेर आफ्नो महत्वपूर्ण समय खेर फालिरहेका छौँ । यो अधिकांश नेपालीको नित्य कर्मजस्तै बनिसकेको छ । काम गर्ने र आफ्नो कमाइ गरेर खाने संस्कृतिको विकास नभएकै कारण हाम्रो देश विकासमा पछाडि परेको हुनसक्छ ।

    प्राविधिक ज्ञान भएकाहरु कोही पनि बेरोजगार बन्न पर्दैन ।

    त्यसैले, आजको प्रमुख आवश्यकता भनेको व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु नै हो । पछिल्लो समय विद्यार्थीहरु व्यावहारिक तथा व्यावसायिक शिक्षा आर्जन गर्न उत्साहित देखिएका छन् । यसबाट देशले छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्ने विश्वास लिइएको छ । हामीकहाँ कस्तो प्रवृत्ति छ भने युवा जनशक्ति विदेशतिर पयालन हुने गरेको पाइन्छ भने कतिपयले मेहनत गरे नेपालमै पर्याप्त कमाइ गर्न सकिने उदाहरण प्रस्तुत गरिरहेका छन् ।नेपाली युवा जनशक्ति खाडी मुलुकहरुमा ‘थ्री डी’ अर्थात् डर्टी, डेन्जरस र डिफिकल्ट कामका लागि चर्को मूल्य तिरेर न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका छन् । यहाँ भने कपडा सिलाउने, कपाल काट्ने र होटल व्यवसाय सञ्चालन गर्नसमेत विदेशीकै बर्चस्व देखिएको छ । यो हामी सबैका लागि विडम्बनाको विषय हो । हामी आफ्नो काम आफैँ गर्न नसकेर परनिर्भर भइरहेका छौँ । त्यही कारण गरिबी हाम्रो स्थायी मित्र बनेको छ । पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकहरुको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेको छ । विद्यार्थीका लागि ‘आइरन गेट’ मानिने एसईई परीक्षा उत्तीर्णसँगै भविष्यमा के गर्ने भन्ने मार्गचित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा आर्जन गर्न सके कोही पनि बेरोजगार बनेर बस्न पर्दैन ।

    अभिभावकले पनि आफ्ना छोराछोरीको इच्छाअनुसार कुन विषय पढाउँदा उपयुक्त हुन्छ त्यहीअनुसार निर्णय गर्नुपर्छ । हामीकहाँ अझै पनि विद्यार्थीको इच्छा एकातिर र अभिभावकको इच्छा अर्कोतिर हुने अवस्था छ । अब दबाबमा होइन, आफ्नो क्षमता , रोजगार स्वरोजगारिको सम्भावना भएको र इच्छाअनुसार विद्यार्थीले आफ्नो अध्ययनलाई अघि बढाउनुपर्छ ।

    अहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु आवश्यक भइसकेको छ । जुन विषय अध्ययन गरिन्छ, त्यो सिर्जनात्मक श्रमशक्तिको उत्पादक बन्न सक्नुपर्छ । देश विकासको मुख्य आधार शिक्षाप्रणाली हो । त्यसैले, यति बेला सरकारले प्रत्येक स्थानीय तहमा बहुप्राविधिक शिक्षालय स्थापना गरेर युवाहरुको विदेश पलायनको वर्तमान अवस्था अन्त्य गर्नु जरूरी भइसकेको छ । देश बनाउन युवाहरुको सक्रिय र रचनात्मक भूमिका रहने गर्दछ । तसर्थ, उनीहरुलाई प्राविधिक शिक्षामा दक्ष बनाउन सके परनिर्भरता अन्त्य हुनुका साथै देश विकासको महाअभियान पनि सफल हुने विश्वास गर्न सकिन्छ । देशलाई आर्थिक विकासमा समृद्धि बनाउने जुन सपना छ, त्यसलाई मूर्तरुप दिनु राज्यको उत्तरदायित्व हो । अहिलेको शिक्षाप्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई अनिवार्य गर्न सकिए मुलुकमा प्राविधिक जनशक्तिको उत्पादन बढ्नुका साथै युवाशक्ति विदेश पलायन हुने क्रम पनि न्यूनीकरण हुने देखिन्छ । मुलुकभित्रै उत्पादित दक्ष ब्यक्तिलाई उपयुक्त स्थान नभएकाले बेरोजगारी र अवसरको कमीले गर्दा प्राबिधिक सिपयुक्त शिक्षा हासिल गरेका राम्रा विद्यार्थीहरु विदेश पलायन भइरहेका छन् । सरकारले जन शक्ति मात्र उत्पादन गर्नु ठुलो कुरा नभई उत्पादित जनशक्तिलाई अबसर प्रदान गर्ने योजना ल्याउन नसक्नाले बिध्यार्थिलागि ठूलो क्षति हुन पुगेको छ । त्यसैले अबको शिक्षा उत्पादन मुखी मात्र नभई बिकाउमुखि बन्नुपर्छ । यस्तो व्यावहारिक र आत्मनिर्भर उन्मुख जनशक्तिले मात्रै मुलुक रुपान्तरण हुने भएकाले प्राविधिक शिक्षा अति आवश्यक देखिएको छ ।समय क्रमसँगै हिजो आज प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिमको महत्व पनि बढ्न थालेको छ । प्राबिधिक शिक्षाले विद्यार्थीको क्षमता अभिबृद्धि मात्र गरेको छैन यसले रोजगारीको अवसरहरु समेत सिर्जना गरिदिएको छ । साथै सीप सिकेका मानिसहरुलाई सिर्जनशील बन्न समेत उत्तिकै मद्दत पुर्याइरहेको छ ।यसकारण आज प्राविधिक शिक्षा दिनका लागि निकै शिक्षालयहरुको पनि स्थापना भैसकेको छ । यिनीहरुले पनि यसको देश, काल र परिस्थिति अनुरुप र विद्यार्थीको सर्वपक्षीय विकासका लागि महत्वपूर्ण भूमिका पनि निर्वाह गरिरहेका छन् ।मुलुकमा बढ्दो बेरोजगारीका कारण विद्यार्थीहरुकोे आकर्षण पनि प्राबिधिक तथा ब्यावसायिक शिक्षा तर्फ नै बढेको छ । शिक्षामा लगानी गर्न सक्ने सामर्थ्य भएका मध्यम बर्गीय परिवारका विद्यार्थीहरुको आकर्षण प्राबिधिक शिक्षा तर्फ बढीरहँदा राज्यले प्राविधिक शिक्षाको लागि अझै एकीकृत योजना तर्जुमा गर्न सकेको छैन ।प्राविधिक शिक्षाको बढ्दो मागलाई दृष्टिगत गरि ठूल्ठूला प्राविधिक शिक्षालयको स्थापन गर्ने तर्फ राज्यले योजना बनाउनु पर्दछ । स्वभाविक हिसावले शिक्षा विकासको पहिलो खुड्किलो समेत भएकाले यसको समयसापेक्ष विकासविना राज्यको सर्वाङ्गिण विकास असम्भव छ । आजका उत्पादनशील जनशक्तिहरु श्रमबजारमा प्रवेश गर्न नसक्दा उनीहरु दैनिक १४ सयको संख्यामा मुलुक छोडेर रोजगारको खोजीमा अन्यत्र भौँतारिन विवस छन् । श्रम लगानी गर्न सक्ने १८–३५ बर्ष युवा समूहलाई विदेशमा लखेटेर तिनीहरुले पठाएको रेमिटान्सको भरमा मात्र नेपालको कायापलट हुन सक्तैन ।उनीहरुको श्रम, दक्षता र सीपलाई स्वदेशमै उपयोग गर्न नसक्ने हो भने मुलुकको विकास पनि असम्भव छ । त्यसकारण मुलुकमा उत्पादनशील जनशक्ति निर्माण गर्ने हो भने प्राविधिक शिक्षामा राज्य आफैँले लगानी गर्ने र ठूला प्राविधिक शिक्षालय स्थापना गर्ने तथा शिकाईमा विविधिकरण गर्न ढिला भैसकेको छ ।सिकेको सीपलाई ब्यावहारिक ज्ञानको रुपमा जीवनपर्यन्त आफ्नो पेशा र रोजगारीको सिलसिलामा प्रयोग गर्न तथा प्राबिधिक र ब्यावसायिक शिक्षाको माध्यमबाट मुलुकममा सम्भावनाको ढोका खोल्नका लागि उत्तिकै आबश्यक छ। प्राबिधिक शिक्षाको व्यापकतालाई अझ बृद्धि गरी प्रयोगात्मक, गुणस्तरीय र रोजगार उन्मुख बनाउँदै लैजानुपर्ने आवश्यकता झनै टड्कारो हुन थालेको छ ।बर्तमान सन्दर्भमा मानविकी, शिक्षा शास्त्र र व्यवस्थापनका पुराना र संशोधन भएका पाठ्यवस्तुहरुले पनि विद्यार्थीलाई उत्पादनशील बनाउन सकेको छैन । यो शिक्षा ग्रहण गरेका विद्यार्थीहरु आज दराजमा सर्टिफिकेट थन्क्याएर खाडिमा तथा मरुभूमिको चर्को घाममा पसिना बगाउन बाध्य भएका छन् ।

    न उनीहरुमा सिर्जनशीलता विकास भएको छ, न उनीहरु उत्पादनशील नै भएका छन् ।

    त्यसकारण विद्यार्थीहरु क्रमश, प्राविधिक तथा व्यवसायीक शिक्षा तर्फ आकर्षित हुन थालेका छन् ।दैनिक सरदर १५ सयदेखि २ हजारको हारहारीमा वैदेशिक रोजगारीको निम्ति मुलुकबाट बाहिरिने युवा जनशक्तिलाई मध्यनजर गर्दा पनि त्यो झन् जरुरी देखिन्छ । खासगरी खाडीका देशहरुमा जाने युवाहरु प्राविधिक ज्ञानको अभावमा निम्नस्तरीय र जोखिमयुक्त काम गर्न बाध्य छन् । जोसँग प्राविधिक सीप छ उनीहरु खाडीमा मात्र होइन पश्चिमा देशहरुमा समेत सहज कामको अवसर पाएको र राम्रो आम्दानी गर्ने गरेको पाइन्छ । तर खाडीमा जाने युवाहरु त्यहाँ पनि राम्रो काम पाउन नसकेर अत्यन्त जोखिम युक्त काम गर्न बाध्य छन् । त्यसैका कारण दैनिक सरदर ५–७ जनाको मृत शरिर नेपाल आइरहेको छ । यो डरलाग्दो दृष्यले पनि हामीलाई प्राविधिक शिक्षाको अपरिहार्यताको संकेत गरिरहेको छ ।

    बुधबार, जेठ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      गुल्मीको सत्यवतीमा २६ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया

    • २.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको

    • ३.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका

    • ४.
      कर्मचारी मिलन केन्द्र गुल्मीको अध्यक्ष भण्डारी चयन

    • ५.
      संरचना अभावकै बिचमा गुल्मी अस्पताललाई ९१ प्रतिशत

    • ६.
      रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडक २० दिन बन्द

    भर्खरै

    • १.
      दाङमा सिकलसेल परीक्षण सुरु, ९ सयको जाँच

    • २.
      कार्यसम्पादन मूल्यांकनमा रेसुङ्गा नगरपालिका लुम्बिनी प्रदेशमै पहिलो

    • ३.
      गुल्मीमा नमूना मतदान र सम्भावित जोखिमको नमूना अभ्यास

    • ४.
      जेनजी आन्दोलनपछि रोकियो झापामा धनीपुर्जा वितरणको काम

    • ५.
      प्युठानमा ‘जेनजी स्मृति टावर’, दैलेसिमल युद्ध पर्यटनका रूपमा विस्तार हुँदै

    • ६.
      निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

    • ७.
      आगामी निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीद्वारा ‘प्रतिबद्धता पत्र’ सार्वजनिक

    • ८.
      हिलो र धुलोको सास्तीबाट मुक्त भयो बिर्तामोडको हर्कलाल मार्ग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...