कामना डेली,पोखरा। गायिका डिला विक र राजु केसीको स्वरमा नयाँ लोक तथा दोहोरी गीत बजारमा आएको छ। गायक राजु केसीको लय शब्दमा तयार पारिएको ‘चमेली’ बोलको गीतको म्युजिक भिडियो निर्देशन दुर्गा पौडेलले गरेका हुन्।
Advertisement
दुर्गा पौडेलकै छायांकन रहेको गीतको भिडियो सम्पादन नविन घर्ती मगरले गरेका हुन्। भिडियोमा करिश्मा ढकाल र बालचन्द्र बरालको अभिनय रहेको छ।