• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ९. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

रेबिज रोगबाट यसरी बच्न सकिन्छ


  •   सोमबार, बैशाख ३०, २०७६ मा प्रकाशित
  • रेबिज प्राणघातक सरुवा रोग हो । यो रोग बहुला कुकुर वा अन्य शङ्कास्पद जनावरको टोकइपछि मानिसमा सर्ने गर्छ । त्यस कारण यस रोगलाई जुनोटिक रोग पनि भनिन्छ । रेबिज रोग कुनै पनि प्रकारका उष्ण रगत युक्त प्राणीहरुमा यो रोग लाग्न सक्दछ । यो रोग चिकित्सा विज्ञानको धेरै पुरानो रोग भएको र हाल यस रोग चुनौतीका रूपमा रहेको पाइन्छ । यो रोगबाट विश्वमा बर्सेनि ५५ हजार मानिस तथा दक्षिण एसियामा ३० हजार तथा नेपालमा बर्सेनि १०० जनाको मृत्यु हुने गरेको अनुमान छ । नेपालमा यो रोग प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको छ । यो रोग मुख्यतः बहुला कुकुर वा शङ्कास्पद जनावर वा जङ्गली जनावर खास गरी (स्याल, न्याउरीमुसा, फ्याउरो, चितुवा) आदि जनावरको टोकाइपछि समयमा उपचार नगरेको कारणबाट सर्ने गर्छ । यो रोगमा बिरामीलाई प्यास लाग्छ तर घाँटीमा स्नायु नसाको पक्षघातले गर्दा पानी निल्न सक्दैन । मुखमा पानी पार्न साथ डराउने हुन्छ । बहुला जनावरले टोकेपछि त्यसको विषाणु घाउको माध्यमबाट स्नायु नसा, सुषम्ना हुँर्दै मस्तिष्कमा पुगेर बुद्धि विकास भएपछि रेबिज देखापर्छ ।

    Advertisement

    रेबिज रोगको चक्र

    यो रोगको चक्र खासगरी सहरी तथा जङ्गली चक्र हो । नेपालमा यो रोग जङ्लगी मांसाहारी जनवार मुख्यतया स्यालको टोकाइबाट सामुदायिक कुकुर, भुस्याहा कुकुरको माध्यमबाट मानिसमा सर्ने गरेको पाइन्छ । रेबिज रोगको मुख्य संवाहक कुकुर नै हो । बढी जनघनत्व, भुस्याहा जनावरको सङ्ख्या बढी र जङ्गली जनावरको घनत्व बढी भएको तराई, भित्री मधेस तथा पहाडी क्षेत्र रेबिजको दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ ।

    शङ्कास्पद कुकुर वा जनावर वा बहुला कुकुरले टोकेपछि उपनाउनुपर्ने सावधानी ।

    —शङ्कास्पद कुकुर, जनावर वा बहुला कुकुरले टोक्नासाथ तुरुन्तै साबुन पानी, सम्भव भए मनतातो पानी र साबुनले वा सम्भव भए धाराको फोर्सले बगिरहने पानी यदि त्यो पनि सम्भव नभएको खण्डमा मगमा पानी राखेर फोर्सले साबुन पानीले तुरुन्तै धुनुपर्छ । डिटोल वा अन्य एन्टिसेप्टी झोल पदार्थ लगाउनुपर्छ । रगत बग्ने गरी घाउ भएमा वा खरोच भएमा २४ घण्टाभित्रमा टिटनस को सुई पनि लिनुर्छ । यसो गर्दा रेबिजका बिषाणुहरु शरीरभित्र प्रवेश गर्नबाट रोक्न सकिन्छ । घाउ पाक्ने सम्भावना भएमा एन्टिबायोटिक औषधि दिनुपर्छ । यसरी उपचार गरेमा रेबिज लाग्नबाट बच्न सकिन्छ ।

    — सम्भव भएसम्म १० दिनसम्म टोक्ने जनावर वा कुकरको निगरानी गरिनुपर्छ ।

    — रेबिज विशेषज्ञ वा चिकित्सकको सल्लाहका लागि नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा चाँडो सम्पर्क राख्नुपर्छ ।

    शङ्कास्पद कुकुर वा जनावर वा बहुला कुकुरले टोकेपछि गर्न नहुने कार्य

    —कुनै पनि शङ्कास्पद कुकुर वा जनावर वा बहुला कुकुरले टोकेपछि जडीबुटी दल्ने, नुनखुर्सानी दल्ने, धामीझाँक्री कहाँ जाने वा अन्य परम्परा विधिबाट उपचार गर्ने जस्ता कार्यहरु गर्नुहुँदैन ।

    — घाउमा टाँका लगाउनु हुँदैन । तत्काललै ड्रेसिङ पनि गर्न मिल्दैन ।

    रेबिजविरुद्ध खोप लिनुपर्ने अवस्था

    —टोक्ने जनावरमा १० दिनभित्र रेबिजको लक्षण देखिएमा वा प्रयोगशालाबाट रेबिज प्रमाणित भएमा ।

    —टोक्ने जनावर चिनिएन, १० दिनभित्र मरेमा वा मारियो वा बेपत्ता भएमा, हराएमा ।

    — मांसाहारी जङ्गली जनावरले आकस्मात आक्रमण गरी घाइते बनाएमा ।

    —बुहला जनावरको ¥याल आलो घाउ भएको भागमा लागेमा ।

    —रेबिजको लक्षण भएको व्यक्तिले टोकेमा वा आँखामा नै पर्ने गरी थुकेमा ।

    —रेबिज रोगीको जुठो खाएमा वा अन्य सम्पर्कमा रेबिज विशेषज्ञ, चिकित्सकको सल्लाहबाट मात्रै खोप लिनुपर्छ ।

    साभार रेबिज गाइड बुक इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ।

    सोमबार, बैशाख ३०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ३.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ५.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ६.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ७.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

    • ८.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation