• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

रोल्पा ! तिमीलाई केही दिन सकिनँ !


  •   बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित
  • -प्रज्वल अधिकारी

    Advertisement

    क्रान्तिका नीला डामहरूमाथि फुलेको मुस्कान
    आगो बलिरहने बाङहरूमा उम्रन लागेको दुबो
    त्रास र भयको सुस्केरा सुस्काईरहने सल्लाका बोटहरू
    बलिदानको रगत होकि, माटो हो बोकेर
    निरन्तरताको प्रमाण दिईरहेको माडी खोलो
    युवतीको गालाको डिम्पलजस्तो सुन्दर लिवाङ
    क्रान्तिले न्वारन गरेको जलजला
    सप्पै सप्पै खिचेर नयनले
    तिम्रो सपनाको सहर राजधानी आइपुगेको छु
    मलाई माफ गर रोल्पा
    मैले तिमीलाई केही दिन सकिनँ !

    जिन्दगी जस्तै घुमाउरा बाटोहरू कट्दै जाँदा
    मैले त भुसुक्कै बिर्सेछु
    तिम्रो काखमा सुतेर एक रुन्को लोक गीत गाउन

    बस्तीहरूमा आँखाहरू बिछ्याउँदै गर्दा
    तिम्रो काखमा पाईला उचाल्दै गर्दा
    म एक पर्यटक जस्तो मात्र भएछु र
    तिम्रा दु:खका कथा सुन्न लालायित बनेछु
    मलाई माफ गर रोल्पा!
    म तिमीलाई खुब मिस गरिरहेछु ….

    जाँदै गर्दा तिम्रो नजिक
    ममा घमण्ड बढेको थियो
    ममा अहम् को ज्वालामुखी फुटेको थियो
    सोचेको थिए –
    आधुनिकताको गन्ध थोरै छोड्नेछु
    सहरिया रवाफ हल्का देखाईदिनेछु
    बोलचालीमा अंग्रेजीको ठाँट भर्नेछु
    तर रोल्पा
    मलाई त लाज लागेको छ
    कस्तो सुहाएको तिमीलाई-
    संस्कार सँगैको आधुनिकता
    कस्तो मग्मगाएको-
    सहरले छोएपनि गाउँको बास्ना
    मैले त लिएर पो आएछु रोल्पा
    तिम्रा सम्पुर्ण गुणहरू
    मलाई माफ गर रोल्पा !
    मैले तिमीलाई केही दिन सकिनँ !

    पुग्दै गर्दा लाग्यो
    तिमीलाई टाढाको सोच्ने मेरो सोच बिकट रहेछ
    तिम्रो सामिप्यतालाई नबुझ्ने
    मेरो बुझाई दुर्गम रहेछ
    तिमी त भेटेर भेट्न नसकिने आकास रहिछ्यौ
    तिमी त बुझेर बुझ्न नसकिने प्रेम रहिछ्यौ
    साच्चै भनुँ रोल्पा
    तिमी त देशको निधार सुहाउँदो टीका रहिछ्यौ

    मैले केही दिन सकिनँ रोल्पा
    क्रान्तिमा हात गुमाएका का लागि
    हात बन्न सकिनँ म
    गोडा नभएकालाई
    आफ्ना गोडाको सहाराले हिँडाउन सकिनँ
    छोरो गुमाएका बाआमाको काखमा शीर राखेर
    “मनै तपाइँको सन्तान हुँ !” भन्न सकिनँ
    सकिनँ –
    आँखा नहुनेहरूकोलागि दृश्य बनिदिन
    कान नहुनेहरूकोलागि आवाज भईदिन
    माफ गर रोल्पा!
    मैले केही दिन सकिनँ

    म तिम्रो प्रेम पुजारी
    म तिम्रो एकतर्फी प्रेममा फँसेको देवदास
    तिमीसँग जनम जनम नटुट्ने प्रेम गर्न चाहन्छु
    भुलेर मेरा सम्पुर्ण गल्तीहरू
    के सक्छ्यौ तिमी मेरो प्रेम प्रस्ताव स्विकार गर्न ?

    बुधबार, बैशाख २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद
    लोक भजन संरक्षण प्रतिष्ठान गुल्मीको अध्यक्षमा हुमनाथ पन्थ
    राप्तीमा दुर्व्यसनविरुद्ध सचेतनामूलक नाटक प्रदर्शन
    राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूती’ सार्वजनिक

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • २.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ६.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ७.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ८.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...