• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, कार्तिक ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

उज्यालो हुँदै माण्डवी: गरिवका घरमा जोडिदैं बिजुली बत्ती


  •   बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
  • सागर रिजाल,प्युठान।
    माण्डवी गाउँपालिकाका सवै घरधुरी उज्यालो बन्ने भएका छन् । आर्थिक अभावले घरमा विद्युत्त जडान गर्न नसकेका विपन्न परिवारका घर उज्यालो बन्दै छन् । हालै सम्पन्न गाउँपालिकाको पाँचौ गाउँसभाकै दिनदेखि विपन्नलाइ विद्युत्त जडानका लागि सहयोगको थालनी गरिएको हो । चालु आर्थिक वर्षमा बजेट विनियोजन गरी गाउँपालिकाले विपन्न सवै घरधुरीमा विद्युत्त जडान गर्ने योजना ल्याएको छ । विपन्न घरधुरीमा विद्युत्तीकरण कार्यक्रमले गाउँबासी लाभांवित भएका छन् । वर्षौदेखि अध्यारोमा बसेका स्थानीयको घरमा उज्यालो छाउने भएपछि खुसी भएका छन् ।
    माण्डवी गाउँपालिकाको ५ वटै वडामा रहेका विपन्न परिवारको घर उज्यालो बनाउन यस आर्थिक वर्षमा १० लाख रुपिँया बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष श्रीधर रोकामगरले बताउनुभयो । उहाँले भन्नुभयो,–‘यस आर्थिक वर्षमा एक सय ५० घरधुरीलाई उज्यालो बनाउने छौँ ।’ प्रत्येक घरधुरीलाई कालोतार,मिटरबक्स, एमसीपि वितरण गरेको उहाँले बताउनुभयो। पालिकाले वडा नम्वर ३ स्थित नयाँगाउँका २० घरलाई ६ हजारको दरले सामान वितरण गरेको उज्यालो बनाउने अभियान अगाडी वढाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘केहि दिन भित्र अरु घरमा पनि बिजुली बल्छ । ’ आगामी आर्थिक वर्षभित्र सवै घरधुरीलाई सहयोग गर्ने गरी कार्यक्रम अघि बढाउने योजना बनाएको उनले जानकारी दिनुभयो ।

    Advertisement

    गरिबी नै कारण

    गाउँपालिकाभित्रै झिमरुक जलविद्युत आयोजना संचालन भएपनि गरिबीकै कारण यस क्षेत्रका स्थानीयले बत्ती बाल्न पाएका थिएनन् । जनप्रतिनिधि चुनिएसँगै विपन्नको घरमा विद्युत जडानले स्थानीय खुसिभएका छन् ।यस क्षेत्रका धेरै जनता गरिबीकै कारणले बिजुली बाल्नबाट बञ्चित भएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । उहाँले भन्नुभयो,–‘पैसा नभएर बत्ति बाल्न नपाएका विपन्न परिवारलाई बिजुली उपलब्ध गराएका छौँ ।’ उहाँले विपन्न परिवार पहिचान गरी सहयोगको योजना ल्याएको बताउनुभयो ।उहाँले भन्नुभयो,–‘सवै वडाबाट तथ्यांक संकलन गरी काम अघि वढाएका छौँ ।’ तार , मेसिन किन्न नसक्ने गरिब घरमा उज्यालो बनाउने कार्यक्रम रहेको उहाँकोे भनाई छ ।

    करिब तीनसय घरधुरी अझै विद्युत विहिन

    गाउँपालिकाभित्र करिब तीनसय घरधुरी विद्युत विहिन भएको गाउँपालिका प्राविधिक शाखा प्रमुख सागर पण्डितले बताउनुभयो । यस आर्थिक वर्षमा वडा नम्वर १, ४ र ५ मा ३२÷३२ जना, २ र ३ नम्वर वडामा ३०÷३० जना घरधुरी यसवर्ष प्रत्यक्ष लाभांवित हुने उनले जानकारी दिए । गाउँपालिकाले यसवर्ष विद्युत्तीकरणका लागि करिव दश लाख रुपैयाँ बजेट विनियोजन गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । पहिलो चरणमा १ सय ५० घरमा बिजुली पुराउने सोचमा छौँ । उहाँले भन्नुभयो,–‘आगामी वर्षमा यस गाउँपालिकाका सबै घरलाई उज्यालो बनाउने योजना छ । ’

    गाउभर खुसि नै खुसी
    लामो समयसम्म अध्यारोमा बस्न बाध्य यस क्षेत्रका स्थानिय बिजुली बाल्न पाउने भएपछि खुसी भएका छन् । गरिबिकै कारणले बिजुली बाल्न पाएको थिएन माण्डवी गाउँपलिका वडा नंम्बर ३ नयाँगाउकी मनकला बिटालुले बताउनुभयो । बिरामी भएर धेरै खर्च भयो उहाँले भन्नुभयो,–‘पैसा भरि उपचार सकियो त्यसैले बिजुली बाल्न पाईन् ।’ छोरा नाती देख्नुभएकी उहाँ ४० वर्षको उमेरमा बिजुली बाल्न पाउँदा खुसी हुनुभएको छ । पैसा थिएन त्यसैले बिजुली बाल्न पाएको थिएन उहाँले भन्नुभयो ,–‘गाउँपालिकाले मिटर बक्स , तार दिएपछि बिजुली बाल्ने भएकी छु ।’ बिजुली अझै जडान भएको छैन उहाँले भन्नुभयो, –‘बिजुली बलेपछि झन खुसी हुनेछु ।’ अरु सबै काम सकिएकाले केहि दिनमा बिजरली बल्ने उहाँले बताउनुभयो । पहिले सोलार थियो उहाँले भन्नुभयो,–‘कहिले बल्थ्यो कहिले अध्यारोमा बस्नुपथ्र्यो । ’ पोलदेखि मिटरबक्स सम्म गाउँपलिकाले सहयोग गरेपछि उहाँले घरमा विद्युत वाईरिङ गरेको बताउनुभयो ।

    बिहिबार, माघ १०, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा
    स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु
    व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation