-किशोर गैरे
मलाई कैले कै लाग्छ, यो जीवन त बगिरहेको पानी जस्तैहो, बस बगिरहन्छ, जे हो, जसो होस, बगिरहन्छ, त्यो बगिरहेको पानीलाइ देख्छु, अनि सोच्छु, यसको गन्तव्य अन्त्यमा सागर नै हो, आफु बग्ने बाटोमा भेटेका सबैका मयल र फोहोर सबै आफुले धारण गरि बगिरहेको हुन्छ, त्यसै गरि हामी पनि यो जिवनको दौड्मा कुदिरहेका छौ, अन्तिम गन्तब्य त विश्राम नै हो, अनन्त विश्राम, चिर विश्राम! अनन्त यात्रा, न कसैले यस्को दिशा नै बदल्न सक्छ, न त कुनै गरि यो यात्रा बाट भाग्न, एउटै परिणाम हो, त्यो हो श्वास्वत मृत्यु । मेरो जीवन धारा पनि बगिरहेको छ, अन्तिम गन्तव्य तर्फ लम्कीरहेको छ, मानिसको सबै भन्दा ठूलो शक्ति नै आशा हो, आशाले हरेक कुरालाइ साकार पार्न सक्छ, आशाले बिस्वासलाई जन्म दिन्छ, बिश्वासले शक्तीलाइ। आशा र बिस्वासले नै आजसम्म मेरो जिवनलाइ गति दिरहेको छ।
म के गरिरहेको छु, म किन गरिरहेको छु, भनेर मेरो मन झस्किरहनछ, अनि मेरा ती कलिला छोराहरु लाई सम्झन्छु, उनिहरुको अनुहारको मुस्कान र आखामा खुसी देख्छु, त्यहि खुसी र हासोले मेरो जीवन धानेको छ, त्यहि मुस्कान र खुसिले मेरो सरिरमा जीवन बिजको सन्चार गरेको छ, ती नै मेरा आशा र बिस्वाश हुन, तिनी नै मेरो जिवनका सबै भन्दा अ्मुल्य सम्पती। गाडी चलाउदा चलाउदै मेरो जीवन बितिजाने भयो, यिनी हात हरुले पहिलो पटक स्टेरिङ्ग समाएको अस्ति भर्खर जस्तो लाग्छ, आज सम्म छुटेको छैन, मलाइ कुनै दुख पनि छैन, मलाइ कुनै गुनासो पनि छैन, आज म छु र त सन्सार कुदिरहेको छ, म कुदाइरहेको छु।
म कुनै बिद्वान होइन, न त कुनै बिधाबरधि गरेको मान्छे, म त एउटा समान्य मानिस हु,न त मैले कुनै इतिहासिक काम नै गरेको छु, मात्र गरेको छु त, जीवन जिउने चाहना र हरेक जिवनका कठिनाइ रुपि चट्टान संगै टक्राउने साहास, यति भन्दैमा म कुनै शहासिक मानिस नि होइन, मेरो कुनै उपमा छैन, मेरो कुनै अलन्कार छैन, मेरो कुनै परिचय छैन,
मात्र केही छ त बाच्ने चहाना, हास्ने चहाना र दुख र पिडालाई भुल्ने बहाना। म बोल्न चहान्छु, मेरा मनका अन्तरकुनामा निसासियका, गुम्सिएका शब्दहरुलाइ मन बाट अक्षर दिन चहान्छु। मेरो जिवनको धाराहरुलाई संकलन गरि बनेको विशाल समुन्द्रमा आएका बिभिन्न समयका बेगहरुले बज्रपात गरि सृजित छालहरुलाइ अक्षर दिने प्रयास गरिरहेको छु। समुन्द्रका छालहरु त किनार खोज्दै आफै गएर टक्राउने गर्छन तर जीवन त एउटा यस्तो समुन्द्र हो,कति बेला कुन किनारमा टक्राउछ,कुनै ठेगान हुदैन।त्यस्तै धेरै किनारहरुमा टक्कर र ठक्कर खाएको मेरो जिवनको कथा हो मेरा जीवन का छालहरु।
बर्दघाट, नवलपरासी निबासी श्रष्ठा किशोर गैरेको आउदै गरेको उपन्यास जीबनका छालहरुबाट