• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

काकाकुल भलावाङ, पीडा सुन्दैनन् जनप्रनिधी !


  •   आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
  • केशर रोका,प्यूठान। प्यूठान नगरक्षेत्रको एउटा गाउँ । समतल भुभाग । गाउँमै मोटरबाटो । विकासका अन्य पूर्वाधार पनि छ । तर, खानेपानीका कारण यो गाउँका बासिन्दा पीडामा छन् । गाउँमा भएको एकमात्र आपखोलाको मुहान सुक्दै गएको छ । आठवर्ष अघि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानले निर्माण गरेको आयोजनाबाट स्थानीयले खानेपानीको जोहो गर्दै आएका थिए । आठ÷दश घरधुरीलाई पायक पर्नेगरी गाउँमा पानीका धारा बनाइएको छ । गत सालसम्म धारामा पानी खसे पनि एक वर्षयता पानी आउन छाडेको छ ।

    Advertisement

    प्यूठान नगरपालिका-१ दाखाक्वाडीस्थित भलावाङका करिव ६५ घरधुरी ‘काकाकुल’ बनेका छन् । दिनरात पानीकै पिरलोले उनीहरुलाई सताएको छ । पुस्तौंदेखि आपखोला मुहानको पानी पिउँदै आएका स्थानीय ४५ वर्षिय थम्मन खड्काले पछिल्लो समय पानीको अत्यन्तै समस्या भएको अनुभव सुनाए । ‘मही खुवाउन सजिलो होला’, उनले भने, ‘घरमा आएका पाहुँनालाई पानी पुर्‍याउन सकिदैन् ।’ मुहान सुक्न थालेपछि पानीको अभाव भएको उनले बताए ।

    गाउँमा खानेपानीको समस्या बुझिदिन निर्वाचन जनप्रतिनिधीलाई पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरेको स्थानीय सामाजिक अगुवा शान्तबहादुर थापाले दुःखेसो पोखे । ‘चुनावको बेला विकासको ठूला कुरा गरे’, उनले भने, ‘चुनाव जितेपछि एकपटक पनि फर्केर आएका छैनन् ।’ नगरपालिकाका मेयर र वडाध्यक्षलाई स्थलगत अवलोकन गरी बुझ्न आग्रह गरेको उनले बताए । प्यूठान नगरपालिकाको पुछारमा रहेको भलावाङ गाउँ स्वर्गद्धारी नगरपालिकाको बर्जिवाङ नजिकै पर्छ । नगरपालिकाको कुनामा भएकाले यो क्षेत्रलाई वेवास्ता गरेको स्थानीयको दुःखेसो छ । ‘बजार क्षेत्रमा पनि यस्तै समस्या भएको भए सबैको ध्यान पुग्थ्यो होला’, थापाले भने, ‘गाउँका जनता संधै पछाडी पर्ने भए ।’ नगरक्षेत्रको बासिन्दा भए पनि नगरबासीको अनूभुति गर्न नसकिएको उनको भनाइ छ ।

    गाउँ माथीको भुभागमा मुहान नहुँदा स्थानीयलाई पानीको जोहो गर्न समस्या भएको छ । करिव पाँचसय मिटर तल रहेको माडीखोलाबाट बोरिङ गरी लिफ्टमार्फत पानी गाउँमा ल्याउने सम्भावना रहेको स्थानीयको भनाइ छ । छिमेकी स्वर्गद्धारी नगरपालिकामा माडीखोलाबाटै पानी लिफ्ट गरेर गाउँमा ल्याइएको छ । ठुलो लगानी लाग्ने भएकाले जन श्रमदान गरी पानी ल्याउन असम्भव देखिएको स्थानीयको भनाइ छ । नगरसभा हुनपूर्व गाउँलेले वडाबाट खानेपानीका लागि प्राथमिकतामा राखेर योजना मागेका थिए । तर माग वेवास्ता गरेकाले जनप्रतिनिधी जनताका प्रतिनिधी जस्तो नभएको उनीहरुको गुनासो छ ।

    विहान र साँझ आधा घण्टा मात्र आउने पानीको धारामा गाउँलेबीच धेरैपटक झण्डा भएको स्थानीयले सुनाए । विहान, बेलुका धाराभरी रित्ता गाग्री हुन्छन् । स्थानीय दाखाक्वाडी स्वास्थ्यचौकीमा आउने सेवाग्राही र माण्डवी प्रावीका विद्यार्थी समेत प्रभावित छन् । सरसफाइका लागि गाउँले माडीखोला सम्म पुग्न बाध्य छन् । पिउने पानीको अभाव झेलिरहेका स्थानीयलाई खेतीपातीमा सिञ्चाई गर्ने कुरा सपनाजस्तै लाग्ने थालेको छ । रेडक्रसले यसअघि करिव १२ लाख रुपैयाँ लगानी गरेर खानेपानी आयोजना निर्माण गरेको स्थानीयले बताए ।

    खानेपानी समस्या समाधान गर्न जनप्रतिनिधीलाई स्थानीयले कार्यक्रम बनाउन आग्रह गरेका छन् । ‘भोट माग्न मात्र गाउँ छिर्ने होइन ? ’, स्थानीय थम्मन खड्काले भने, ‘जनता एकपटकलाई मात्र हुन् भन्ने सम्झनु हुँदैन् ।’ दुःखको बेला जनतालाई साथ दिनसमेत उनले जनप्रतिनिधीको ध्यानाकर्षण गराए ।
    साभार:अन्नपुर्ण पोष्ट्र

    आइतबार, पुष ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation