• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

रोल्पाका एक मात्र पाइलटः जसको सपना तरकारी खेतीले पूरा भयो


  •   बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
  • रोल्पा । घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अब्बल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत गरी अध्ययन गर्ने गर्थे ।

    Advertisement

    साथीभाइ कोही डाक्टर, कोही इञ्जिनीयर, कोही वकिल, कोही शिक्षक बन्ने कुरा गर्थे तर उनी भने पाइलट बन्ने सपना बुनें । कतिपय साथीले उनको कुरा सुनेर खिल्ली उडाउँथे । जसले जस्तो व्यवहार गरे पनि उनी विचलित भएनन् । निरन्तर आफ्नो लक्ष्य चुम्न कडा मेहेनत गरिरहें ।

    उनी हुन्, शिव डाँगी । रोल्पाकै पहिलो पाइलट । रोल्पा नगरपालिका–२ थलिवाङमा बुबा प्रेमबहादुर डाँगी र आमा शोभा डाँगीबाट २७ वर्षअघि जन्मिएका शिव डाँगी अचेल बुद्ध एयरको पाइलट बनेर नेपाली र भारतीय आकाशमा दिनहुँ जहाज उडाइरहन्छन् ।
    कक्षा १० सम्म रोल्पाको तुलसी आवासीय माविमा अध्ययन गरेका उनले उच्च माविस्तरको पढाइ भने काठमाडौबाट पूरा गरे ।

    फिलिपिन्सको मनिलामा सन् २०११ देखि फास्ट एडिएसन एकेडेमीमा पाइलट कोर्ष सुरु गरेका उनले त्यसअघि पनि सोही स्थानमा रहेको एक विद्यालयमा अध्ययन आरम्भ गरेका थिए ।झण्डै ३२ लाख खर्च गरेका उनले सो विद्यालय नै बन्द भएपछि केही समय पढाइ रोक्न बाध्य भए । लक्ष्य चुम्ने धोकोका कारण उनी फेरि पाइलट पढाउने अर्को कलेजको खोजी गर्दै जाँदा फास्ट एडिएसन एकेडेमीमा पुगे जहाँबाट उनले पाइलट कोर्ष पूरा गरे ।फिलिपिन्समा लगातार आठ वर्ष अध्ययन गरेका उनले पढाइ सकेर त्यही जहाज चलाउन शुरु गरे । मातृभूमिको सेवा गर्ने सोचले गत कात्तिकमा नेपाल आएका उनले त्यसयता बुद्ध एयरको जहाज चलाइरहेका छन् ।

    नेपाल तथा भारतका विभिन्न भागमा जहाज चलाउने गरेका उनले लक्ष्य लिएर अगाडि बढे असफल भइँदैन भन्ने पाठ सिकेको बताए ।

    नेपाली सेनाबाट निवृत्त बुबा प्रेमबहादुर डाँगीको पेन्सनबाट प्राप्त हुने मासिक १६ हजारले घर खर्च ठिक्क हुन्थ्यो । कक्षा १२ सम्मको अध्ययन छात्रवृत्तिमा गरे पनि फिलिपिन्सको पढाइमा धेरै खर्च लागेको उनको परिवारले जनाएको छ ।

    आमाले रातदिन पसिना बगाएर तरकारी बिक्री गर्थिन् । ‘मासिक ५० हजार बढी तरकारीबाट आम्दानी हुन्थ्यो । छोरा पढाउने आधार नै तरकारी खेती हो,’ शिवको आमा शोभाले भनिन् ।

    ‘छोरो पढाइमा निकै तेज थियो । कुनै कक्षामा पनि दोस्रो भएन,’ शोभाले अघि भनिन्, ‘सुरु सुरुमा छिमेकीले छोरा पाइलट बन्ने कुरामा खिसीट्युउरी गर्थे । तरकारी बिक्री गरेको पैसाका साथै जग्गासमेत बिक्री गरेर छोरालाई पाइलट बनाएरै छाडें ।’

    बैंकबाट ऋण लिएको बाँकी पैसा अहिले छोराले तिरिसकेको उनले बताइन् । पुरै कोर्ष पूरा गर्दा एक करोड जति खर्च लागेको शोभाको भनाइ छ ।

    कान्छो छोरा कृष्ण डाँगीले समेत काठमाडाैंमा इञ्जिनीयर पढिरहेका छन् । एक छोरा पाइलट र अर्को छोरा इञ्जिनीयर पढाउने मुख्य आधार तरकारी खेती भएको शोभाको भनाइ छ । तरकारी खेतीबाटै छोरालाई पाइलट, इञ्जिनियर बनाउन सकेकोमा गर्व लागेको शोभाले बताइन् ।

    रोल्पा जस्तो दुर्गम जिल्लामा अध्ययन गरेका शिव अहिले रोल्पाकै पहिलो पाइलट बनेर आकाशमा उडिरहेका छन् । मध्यमवर्गीय परिवारमा जन्मेका शिवको सानैदेखि लिएको अविचलित लक्ष्यका कारण सफल भएका छन् ।

    आम्दानीको कुनै भरपर्दो स्रोत नभएको उनको परिवारले तरकारी खेतीबाट आएको आम्दानीबाटै उनलाई पाइलट बनाउन सफल भयो । अहिले शिव डाँगी रोल्पाका एक मात्र पाइलट भनेर हाइहाई भएका छन् । उनलाई पढाउने विद्यालय तुलसी आवासीय माविलेसमेत शिव डाँगीको नाम बारम्वार लिने गर्दछ ।

    दश वर्षे सशस्त्र युद्धबाट देशमै सबभन्दा बढी प्रभावित रोल्पाका अधिकांश युवा पढ्दापढ्दै रोजगारीका लागि खाडी मुलुक जान बाध्य छन् । पढेर देशमै स्वरोजगार बन्ने थोरै युवाको पङ्क्तिमा उभिन सफल भएका छन् शिव डाँगी ।

    जिल्लामा झण्डै ४५ हजार युवा खाडी मुलुकमा रहेको बताइन्छ । जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार दैनिक १६ जना युवाले विदेश जान राहादानी लिने गर्दछन् । दुई लाख २४ हजार ५०६ जनसङ्ख्या रहेको रोल्पामा जनजातिको बाहुल्यता रहेको छ ।

    अनलाइनखबरबाट

    बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...