• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

लोकप्रिय समाचार

  • १. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • २. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ३. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • ४. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ५. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ६. गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए

  • ७. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ८. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ९. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • १०. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

रोल्पाका एक मात्र पाइलटः जसको सपना तरकारी खेतीले पूरा भयो


  •   बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
  • रोल्पा । घरको आर्थिक अवस्था त्यति सहज थिएन । बुबा नेपाली सेनाको हवल्दारबाट निवृत्त भएर गाउँमै खेती किसानी गर्थे । पढाइमा सानैदेखि अब्बल रहेका उनले जिल्लाकै पहिलो पाइलट बन्ने लक्ष्यका साथ विद्यालयमा कडा मेहेनत गरी अध्ययन गर्ने गर्थे ।

    Advertisement

    साथीभाइ कोही डाक्टर, कोही इञ्जिनीयर, कोही वकिल, कोही शिक्षक बन्ने कुरा गर्थे तर उनी भने पाइलट बन्ने सपना बुनें । कतिपय साथीले उनको कुरा सुनेर खिल्ली उडाउँथे । जसले जस्तो व्यवहार गरे पनि उनी विचलित भएनन् । निरन्तर आफ्नो लक्ष्य चुम्न कडा मेहेनत गरिरहें ।

    उनी हुन्, शिव डाँगी । रोल्पाकै पहिलो पाइलट । रोल्पा नगरपालिका–२ थलिवाङमा बुबा प्रेमबहादुर डाँगी र आमा शोभा डाँगीबाट २७ वर्षअघि जन्मिएका शिव डाँगी अचेल बुद्ध एयरको पाइलट बनेर नेपाली र भारतीय आकाशमा दिनहुँ जहाज उडाइरहन्छन् ।
    कक्षा १० सम्म रोल्पाको तुलसी आवासीय माविमा अध्ययन गरेका उनले उच्च माविस्तरको पढाइ भने काठमाडौबाट पूरा गरे ।

    फिलिपिन्सको मनिलामा सन् २०११ देखि फास्ट एडिएसन एकेडेमीमा पाइलट कोर्ष सुरु गरेका उनले त्यसअघि पनि सोही स्थानमा रहेको एक विद्यालयमा अध्ययन आरम्भ गरेका थिए ।झण्डै ३२ लाख खर्च गरेका उनले सो विद्यालय नै बन्द भएपछि केही समय पढाइ रोक्न बाध्य भए । लक्ष्य चुम्ने धोकोका कारण उनी फेरि पाइलट पढाउने अर्को कलेजको खोजी गर्दै जाँदा फास्ट एडिएसन एकेडेमीमा पुगे जहाँबाट उनले पाइलट कोर्ष पूरा गरे ।फिलिपिन्समा लगातार आठ वर्ष अध्ययन गरेका उनले पढाइ सकेर त्यही जहाज चलाउन शुरु गरे । मातृभूमिको सेवा गर्ने सोचले गत कात्तिकमा नेपाल आएका उनले त्यसयता बुद्ध एयरको जहाज चलाइरहेका छन् ।

    नेपाल तथा भारतका विभिन्न भागमा जहाज चलाउने गरेका उनले लक्ष्य लिएर अगाडि बढे असफल भइँदैन भन्ने पाठ सिकेको बताए ।

    नेपाली सेनाबाट निवृत्त बुबा प्रेमबहादुर डाँगीको पेन्सनबाट प्राप्त हुने मासिक १६ हजारले घर खर्च ठिक्क हुन्थ्यो । कक्षा १२ सम्मको अध्ययन छात्रवृत्तिमा गरे पनि फिलिपिन्सको पढाइमा धेरै खर्च लागेको उनको परिवारले जनाएको छ ।

    आमाले रातदिन पसिना बगाएर तरकारी बिक्री गर्थिन् । ‘मासिक ५० हजार बढी तरकारीबाट आम्दानी हुन्थ्यो । छोरा पढाउने आधार नै तरकारी खेती हो,’ शिवको आमा शोभाले भनिन् ।

    ‘छोरो पढाइमा निकै तेज थियो । कुनै कक्षामा पनि दोस्रो भएन,’ शोभाले अघि भनिन्, ‘सुरु सुरुमा छिमेकीले छोरा पाइलट बन्ने कुरामा खिसीट्युउरी गर्थे । तरकारी बिक्री गरेको पैसाका साथै जग्गासमेत बिक्री गरेर छोरालाई पाइलट बनाएरै छाडें ।’

    बैंकबाट ऋण लिएको बाँकी पैसा अहिले छोराले तिरिसकेको उनले बताइन् । पुरै कोर्ष पूरा गर्दा एक करोड जति खर्च लागेको शोभाको भनाइ छ ।

    कान्छो छोरा कृष्ण डाँगीले समेत काठमाडाैंमा इञ्जिनीयर पढिरहेका छन् । एक छोरा पाइलट र अर्को छोरा इञ्जिनीयर पढाउने मुख्य आधार तरकारी खेती भएको शोभाको भनाइ छ । तरकारी खेतीबाटै छोरालाई पाइलट, इञ्जिनियर बनाउन सकेकोमा गर्व लागेको शोभाले बताइन् ।

    रोल्पा जस्तो दुर्गम जिल्लामा अध्ययन गरेका शिव अहिले रोल्पाकै पहिलो पाइलट बनेर आकाशमा उडिरहेका छन् । मध्यमवर्गीय परिवारमा जन्मेका शिवको सानैदेखि लिएको अविचलित लक्ष्यका कारण सफल भएका छन् ।

    आम्दानीको कुनै भरपर्दो स्रोत नभएको उनको परिवारले तरकारी खेतीबाट आएको आम्दानीबाटै उनलाई पाइलट बनाउन सफल भयो । अहिले शिव डाँगी रोल्पाका एक मात्र पाइलट भनेर हाइहाई भएका छन् । उनलाई पढाउने विद्यालय तुलसी आवासीय माविलेसमेत शिव डाँगीको नाम बारम्वार लिने गर्दछ ।

    दश वर्षे सशस्त्र युद्धबाट देशमै सबभन्दा बढी प्रभावित रोल्पाका अधिकांश युवा पढ्दापढ्दै रोजगारीका लागि खाडी मुलुक जान बाध्य छन् । पढेर देशमै स्वरोजगार बन्ने थोरै युवाको पङ्क्तिमा उभिन सफल भएका छन् शिव डाँगी ।

    जिल्लामा झण्डै ४५ हजार युवा खाडी मुलुकमा रहेको बताइन्छ । जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार दैनिक १६ जना युवाले विदेश जान राहादानी लिने गर्दछन् । दुई लाख २४ हजार ५०६ जनसङ्ख्या रहेको रोल्पामा जनजातिको बाहुल्यता रहेको छ ।

    अनलाइनखबरबाट

    बुधबार, मङि्सर २६, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा
    झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै
    बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार
    गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा भेटिए
    प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म
    प्यूठानमा एक पालिका एक खेलमैदान योजना अलपत्र

    लोकप्रिय

    • १.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • २.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ३.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • ४.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ५.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ६.
      गौमुखीमा गोमायु चिलदेखि स्वर्गचरीसम्म २१७ प्रजातिका चरा

    भर्खरै

    • १.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

    • २.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    • ३.
      गाउँपालिकाको छात्रवृत्तिमा अजय जिसीको एमबिबिएस यात्रा

    • ४.
      चार जीपीए ल्याएकी गोमालाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने

    • ५.
      सुनचाँदी व्यवसायीको आन्दोलनमा प्यूठान उद्योग वाणिज्य संघको समर्थन

    • ६.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • ७.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ८.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...