• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

आहा ! झिमरुक फाँट, कसले बचाउने ?


  •   शनिबार, मङि्सर १५, २०७५ मा प्रकाशित
  • सलिम अन्सारी, प्युठान
    समथर भुमी, वरीपरी हरीयाली । मनमोहक छ झिमरुक फाँट । सामान्यतया प्यूठान भित्रने जो कोहीको पनि पहिलो नजर यसै फाँटमा पर्छ। दाङ भालुवाङबाट पहाडै पहाडको बाटो भएर हिड्नेहरु यहाको दृश्य हेरेरै लोभिन्छन । तर हिजोआज कि त घर हुन। या घर बन्न नपाएका घडेरी । जग्गा जती पल्टिङ्ले खाएपछी फाँटहरु क्रंकिटले ढाँकिएका छन।

    Advertisement

    बस्ती बाक्लिएको छ । शहरीकरण बढ्दो छ । स्थानियका अनुसार यहि फांटमा बर्से्िन ४ सय बढी नयाँ घर थपिन्छन्। घरघडेरीमात्रै होइन, बर्षे्िन झिमरुक नदीले कटान गर्दा फाँटको क्षेत्रफल खुम्चदो छ। बाह्रैमास सिचाई हुने झिमरुक फाँटमा लहलह धान झुलथ्यो सात आठ बर्सै भयो घरघडेरी निर्माण र कटानको दोहोरो चपेटामा छ ।

    प्युठान नगरपालिका कृषि बिभागका बाली संरक्षण अधिकृत तेज बहादुर बिष्ट्रकाअनुसार झिमरुक फाँटको ३५० हेक्टर क्षेत्रफल जमिन घडेरीको रूपमा प्रयोग भइसकेको छ ।‘झिमरुकको बाढीले समेत बर्से्िन खेत कटान गर्दै आएको छ,’ उनी भन्छन्, ‘जोगिएको फाँटमा घर बनेका बन्यै छन । खाद्यान्न उत्पादन घट्दो छ ।’ उनी थप्छन वर्षेनी २०/२५ हेक्टर खेतीयोग्य जमिन घडेरीमा परिणत गरेको छ । नदी किनारका बस्तीसमेत उच्च जोखिममा छन् । खोलाको सतह नै अग्लिएको झिमरुक नदीले हजारौं रोपनी झिमरुकको उर्वर फाँट बर्से्नि मास्दै गएको छ ।

    खोलाले ठूलावेसीदेखि बरौलासम्मको खेत कटान गरिरहेको छ । अन्नको भण्डारण भनेर चिनिने झिमरुक उपत्यकामा पर्ने विजुवार, धर्मावती ९ खप्रेङखोला, गेजवाङ, दम्ती, मरन्ठाना, सारीवाङ, विजयनगरसहित रस्पुरकोट, विजुली, बरौला, पकला, रम्दी र धुवाङ क्षेत्रमा पर्ने खेतहरु बर्से्नि कटानको चपेटामा पर्छन् ।

    जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय विजुवारमार्फत झिमरुक नदी नियन्त्रणका लागि वर्षेनी करोडौँ रकम खर्चिए पनि प्रभावकारी उपलव्धि नदेखिएको स्थानीय बताउँछन् ।

    गाउँगाउँमा मोटरबाटो निर्माण गर्दा निस्किएको माटो, ढुंगा भलले बगाउँदा खोला अग्लिएको हो ।
    सडक निर्माण गर्दा निस्किएका ढुंगा, माटो सिँधै खोलामा पस्दा नदीको बहाव परिवर्तन हुने चिन्ता स्थानीयको छ । वातावरण प्रभाव मूल्यांकनबिना नै सडक निर्माण गर्दै गएमा उर्वरभूमी झिमरुक फाँट ‘कंक्रिट’ बन्दै जाने देखिएको छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराको अभावमा गाउँबाट मानिस सहरी क्षेत्रमा झर्दा बस्ती बढेको हो ।

    बाग्दुला, दम्ती खप्रेङखोला, बिजुवार, टिकुरी, पुण्यखोला, रातमाटा, क्वाडी जाताततैबाट छोरे बाटाहरू खोलिएका छन । खेतमा बनाईएका घरघडेरीमा धमाधम नया घर बनाइँदैछ । यो क्रम रोकिएको छैन।

    राज्यको भूउपयोग नीति स्पष्ट नहुँदा यो हरियाली फाँट मासिन थालेको वर्षौ हुन थाल्यो । आहा! झिमरुक फाँट,बचाउने कस्ले?

    कार्यान्वयनका कुरा मात्रै

    झिमरुक फाँट जोगाउने कुरा धेरैपटक भए, योजना पनि बनाईए। तर, प्लटिङ रोकेर भूमिको सही उपयोग गर्ने नीति जिल्लाले बनाउन सकेको छैन ।

    जिबिसले प्यूठान जिल्लाको उर्वर भूमि झिमरुक फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको वर्षौं भइसकेको छ । योसँगै प्यूठान नगरपालिकाको पहिलो परिषद्ले फाँटमा प्लटिङ गर्न रोक लगाउने निर्णय गरेको थियो । उस्ले ५ बर्षे आवधिक नगर बिकास योजना बनाएर कृषि क्षेत्रलाई पहिलो प्राथमिक्तामा राखेको पनि छ । यद्धपी यस्को कार्यान्वयन गर्न सकेको छैन।

    नगरपालिकाको बिजुवार टारी, खलंगा पाण्डेडाडाँ, थापाडाडाँ, विजयनगर, सापडाडाँ, रातामाटा, क्वाडी क्षेत्रमा बस्ती क्षेत्र विकास गर्ने, झिमरुक, क्वाडेकुलोभन्दा तल बस्ती बसाल्न नपाइने नीति पास गरेको छ । बनेका सडकहरूको लगत लिने सडक सार्वजनिक गरेर मात्र जमिनको कित्ताकाट गरेर घरघडेरी बिक्री गर्ने निर्णय थियो । तर, यो योजना पनि कागजमै सिमित छ । स्थानिय समाजसेवी लोक बहादुर बस्नेतले झिमरुक फाँटमा कृषिसम्बन्धी उद्यम सञ्चालन गर्न सके जिल्लाको अर्थतन्त्र बलियो बनाउन सक्ने बताउँछन् । भन्छन्, ‘जिल्लामा खाद्यान्न संकटलाई कम गर्न फाँटको विशेष योगदान छ । यसलाई जोगाउनुपर्छ ।’

    सौन्दर्यता नबिग्रने गरी फाँटको बस्तीलाई ब्यबस्थित गर्नुपर्ने उनको सुझाव छ । नगरप्रमुख अर्जुनकुमार कक्षपति पनि फाँट मासिएकोमा चिन्तित देखिन्छन् । उनले चुनाब जितेको बर्ष्दिन बित्यो । तर, फाँट जोगाउने बिषयमा ठोस काम गर्न सकेका छैन्न भन्छन्, ‘फाँट जोगाउने विषयमा भुउपयोग नीति बनाउदै छौँ । नौ महिना भित्रै गुरुयोजना बनाएर सक्ने योजना छ । हाललाई प्लटिङ गर्न रोक लगाईएको छ।’ भर्खरै सम्पन्न तेस्रो नगरसभाले पनि खेतीयोग्य जमिन जोगाउनका लागि ‘नगर गुरुयोजना’ बनाएर अघि बढ्ने नीतिगत निर्णय गरेको छ । नगरले व्यवसायिक, औद्योगिक र आवास निर्माण गर्ने योजना बनाएको छ । उनी भन्छन्, ‘झिमरुक फाँट सुन्दर्तालाई ह्रास हुन दिन्नौ।’ नगरपालिकाले दीर्घकालीन भुउपयोग नीति लागेको मेयर कक्षपतिले जनाए।

    शनिबार, मङि्सर १५, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...