• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, कार्तिक ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

डिआइजी आफै स्कुल छिरेपछी…


  •   शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
  • सागर थापा,१४ मंसिर २०७५
    पाल्पा तानसेन प्रदेश ५ का प्रहरी प्रमुख डिआइजी पिताम्वर अधिकारी तानसेन स्थित जनता माविमा प्रवेश गरे । बर्दीधारी प्रहरी प्रमुख विद्यालयमा प्रवेश गर्न साथ विद्यार्थीहरु एक आपसमा प्रहरी विद्यालयमा आउनुको कारण खोज्न थाले । डिआइजी अधिकारी जब कक्षा कोठामा प्रवेश गरे तब विद्यार्थीहरु एकाग्रह भएर उनी तर्फ हेर्न थाले । डिआइजीले कक्षा कोठामा आउनुको कारण विद्यार्थीहरुलाई के बताएका थिए, विद्यार्थीहरुले प्रश्न गर्न थाले ।

    Advertisement

    ‘के तपाई हामीले सोधेको प्रश्नको अप्ठ्यारो नमानी जवाफ दिन सक्नु हुन्छ ?’एक विद्यार्थीले भनिन् । प्रहरी प्रमुख अधिकारी र विद्यार्थीहरु बीच घण्टौं भलाकुसारी चल्यो । दिनहुँ बन्द कोठामा रहेर अध्ययन गर्ने उनीहरु निर्धक्कसँग आफ्ना कुराहरु राख्न पाउदाँ उत्साहित देखिन्थे । बर्दीधारी प्रहरी प्रमुख अधिकारीसँग विद्यार्थीहरुको कुनै हिच्किचााहट फिटिक्कै थिएन, न त प्रहरी प्रमुखले नै कुरा लुकाए । विद्यार्थीहरुले सोधेको प्रश्नको जवाफ डिआइजीले रमाइलो पारामा दिईरहेका थिए । विद्यार्थीहरुले पालैपालो प्रश्न राखिरहेका थिए ।

    समाजमा पुरुष सरह निर्धक्क भएर सुरक्षित रुपमा हिडडुल गर्न कहिले पाईन्छ सर ? हामीले पनि पुरुष सरह मान सम्मान कहिले पाईन्छ सर ? विद्यार्थी रेनुका खाँम्चाले प्रश्न गरिन् । समाजमा स-साना बालिकादेखि वृद्ध हजुर आमासम्म सुरक्षित नभएपछि रेनुकाले डिआजी अधिकारीसँग यस्तो प्रश्न गरेकी हुन् । सोही विद्यालयमा अध्यनरत अर्की बालिका सविना श्रेष्ठले लामो समय सम्म निर्मला पन्तका हत्यारा पत्ता नलाग्नुको कारण बारे प्रदेश प्रहरी प्रमुख अधिकारीसँग जिज्ञासा राखिन् । अर्को विद्यार्थी रोशन नेपालले पनि दरवार हत्याकाण्डको बारेमा जिज्ञासा राखे । बुधबार प्रहरी – विद्यालय सम्पर्क कार्यक्रम अन्तर्ग तानसेन आएका डिआइजीलाई विद्यालयमै विद्यार्थीहरुले प्रश्न गरेका हुन् । जवाफमा डिआइजी अधिकारीले कानुनी कुराबाट भन्दा सामाजिक विभेदका कारण पुरुष सरह महिलाहरुले स्वतन्त्र रुपमा कुनै पनि काम गर्न नपाएको बताए
    घर तथा परिवारबाटै लैङ्गिक हिंसा शुरु भएकाले परिवारबाटै सुधारको अभियान सञ्चालन गर्नुपर्ने, जसको नेतृत्व टिनेजर युवा युवतीबाटै गर्नुपर्ने, पढाई, घर व्यबहार, आम्दानी खर्च जस्ता काममा छोरा छोरीबीच बराबर अधिकारको अभ्यास गर्नुपर्ने डिआइजी अधिकारीले बताए । समाजमा विविध तरीकाबाट अपराधका घटनाहरु हुने भएकाले सो घटनामा विद्यालयमा अध्यनरत बालवालिकाहरु नपरुन भनि नेपाल प्रहरीले विद्यालय केन्द्रित अन्तक्रिया शुरु गरेको डिआइजी अधिकारीले जानकारी गराए । विद्यालयमा पढ्ने बालवालिका नै भोलीको नेपाल निर्माण गर्ने भएकाले उनीहरु आपराधिक गतिविधीमा नफसुन भनि समुदाय प्रहरी साझेदारी कार्यक्रम लागु गरिएको उनले बताए ।

    जिल्ला प्रहरी कार्यालय पाल्पाले समाजबाट अपराध न्युनिकरणका लागि विद्यालय सचेतना कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख विश्वमणी पोखरेलले यौन हिंसा, साईवर अपराध, लागु औषध दुरव्यसनी जस्ता अपराधका विषयमा जानकारी गराए । कार्यक्रममा प्रहरी उपरिक्षक पोखरेलले घरेलु तथा यौन हिंसाबाट बच्ने तरिका, साईवर अपराधका प्रक्रियाहरु, लागु औषधमा साथी साथीको लहलहैमा फस्ने अवस्थामा, प्रहरीको सहयोग तथा कानुनी उपचारको विषयमा विद्यार्थीहरुलाई जानकारी दिए ।

    कार्यक्रममा जनता माविका प्रधानाध्यापक मेघराज पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भुसाल, पाल्पा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विक, प्रहरी नायव उपरिक्षक विनोद घिमिरे, जिल्ला ट्राफिक प्रमुख डम्वर गिरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका शिक्षकहरुले विषयबस्तु एकदमै राम्रो भएकाले कक्षा ८ देखी माथिका विद्यार्थीहरुलाई दिनभरी नै जनचेतना दिनुपर्ने शिक्षक कपिल कुवँरले बताए ।

    शिक्षक कुश्माखर पोखरेलले मेरो फोन नम्वर ह्याक गरी अन्य व्यक्तिले फोन गरी आफुलाई तनाव दिएको घटना स्मरण गराउदै यस्तो घटना आएमा प्रहरीलाई जानकारी गराउन आग्रह गरे । कार्यक्रममा पाल्पा प्रहरी प्रमुख पोखरेलले आगामी दिन विद्यालय स्तरीय जनचेतना कार्यक्रमलाई प्याकेजको रुपमा सञ्चालन गर्ने बताए ।

    शुक्रबार, मङि्सर १४, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation