गजल//फुलमा पनि कसैको नजर लागेन… शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित फुलमा पनि कसैको नजर लागेन Advertisement गालिवको गजलजस्तो सुन्दर लागेन आमाको मन न हो के के सोचिरह्यो प्रदेशी छोराको नम्बर लागेन पानी पिउन पनि पसल सम्मै पुग्नुपर्यो गाउँ जति बिकसित शहर लगेन दृष्टिबिहिन संग ठोक्किएर लड्नुभएछ कतै तपाईलाई त ठक्कर लागेन? तिमीले हिड्ने बेलामा,जाँउ?भनेर सोध्यौं प्रश्न जति सजिलो उत्तर लागेन ©नकुल पौडेल शनिबार, मङि्सर ०८, २०७५ मा प्रकाशित तपाईको प्रतिक्रिया सम्बन्धित समाचार सरुमारानीमा किसानका लागि अदुवा भण्डारण घर निर्माण ‘कामरेड जलजला’ सार्वजनिक कोहलपुरमा १५९ औं मोती जयन्ती मनाइयो खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण तारकेश्वर कला प्रतिष्ठानले मनायो भानु जयन्ती उपल्लो मुस्ताङ्गको रोमाञ्चित यात्रा