दशैंमा खुमन अधिकारीको कोसेली ‘आउदैछु गाउँतिर’

अनिल खत्री, गुल्मी । नेपालीहरुको महानपर्व बिजय दशमीको अबसरमा नयाँ गीतहरु सार्बजनिक हुन थालेका छन् । यस वर्षको दशैं पर्वलाई मध्य नजरराखेर लोकप्रिय गायक खुमन अधिकारीको स्वरमा रहेको ‘आउदैछु गाउँतिर’ गीत सार्बजनिक भएको छ ।
घरबाट टाढा रहेका आफन्तलाई दशैं मान्न गाउँमा आउ भन्ने शब्द भाव गीतमा साबेश रहेको छ । दशैं पर्वमा खासगरि सबै एकै ठाउँमा भएर रमाउने पर्व भएकाले पनि घरबाट टाढा टाढा रहेका आफन्तीहरु दशैं मनाउन आउने गर्दछन् ।
यो गीतले दशैं माउन आउदै गरेको कथा भाव बोकेको छ । खुमन अधिकारी चिज गुरुडं सुनिता बुढा दिया नेपालको आवाजमा सजिएको गितलाई खुमन अधिकारीको लय तथा विष्णु न्यौपानेको शब्द सजिएको छ ।
शिब दर्शन म्युजिक प्रालि मार्फत बजारमा आएको हो। योे भिडियोमा अन्जली अधिकारी र अविश्यक खड्काको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...