• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. हेटौंडा–ढल्केबर प्रसारण लाइन दसैंलगत्तै सञ्चालनमा आउने

चुरे क्षेत्रको पहिरोपीडितका घरभाडा बुटवल उपमहानगरले तिरिदिने


  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
  • बुटवल । बुटवल उपमहानगरपालिकाले पहिरोबाट विस्थापित भएका पीडित परिवारलाई अस्थायी आवासका लागि घरबहाल खर्च दिने भएको छ । हालैको अविरल वर्षापछि आएको बाढीपहिरोले ज्योतिनगर क्षेत्रका केही घर भत्किनुका साथै उच्च जोखिममा परेका छन् । त्यस्ता घरधनीहरू स्थानीय विद्यालयहरूमा आश्रय लिइरहेका छन् ।

    Advertisement

    विद्यालयमा आश्रय लिन बाध्य परिवारलाई वडा विपद् व्यवस्थापन समितिको सिफारिसमा राहतस्वरुप रकम उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए ।

    बिहीबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रभावित क्षेत्रमा उपमहानगरले विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुर्नस्थापनालाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । पहिरो र बाढीबाट पूर्ण रुपले घरआवास क्षति भएर विद्यालयहरूमा आश्रय लिइरहेका र अन्यत्र कुनै बसोबासको व्यवस्था नभएका पीडित परिवारलाई समितिको सिफारिसमा तत्काललाई बहाल खर्च सहयोग गर्ने निर्णय भएको प्रमुख सुवेदीले बताए । यसका लागि सम्बन्धित वडाबाट पीडितहरूको माग निवेदनसहित विवरण संकलन गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रक्रिया अगाडि बढाइने छ । साथै बहुप्रकोपको संकटासन्न अवस्थालाई कम गर्न, विपद् व्यवस्थापन, क्षति न्यूनीकरण र पुनःस्थापनालाई प्रभावकारी बनाउन तीनै तहका सरकार र संयन्त्रका बीचमा सहकार्य खाँचो रहेको बैठकको ठहर छ ।

    उपमहानगरको तिनाउ दानव नदीमा बाढी आइ कटान गरेको र चुरे क्षेत्रका वडा नम्बर १, २, ३, ४, ५, ६, ११, १२, १३, १७ र १८ मा भएको क्षतिको विवरणसहित जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा संरक्षण र तटबन्धका लागि सहयोग गर्न उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

    १३ भदौमा आएको वर्षाले बुटवलको वडा नम्बर ३ र ४ को ज्योतिनगर, लक्ष्मीनगर चुरे क्षेत्रमा पहिरो गएको थियो । पहिरोले केही घर प्रभावित भएका थिए । सोही दिनदेखि पहिरो प्रभावित क्षेत्रमा लेदो, ढुंगामाटो हटाउने काममा उपकरणसहितको उपमहानगरको टोली खटिएको छ । पहिरोबाट आएको लेदो, ढुंगामाटो हटाई सफा गरेको विवरण र बिल भपाई लगायतका कागजातसहित प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा रकम निकासाका लागि अनुरोध गर्ने निर्णय भएको वातावरण इञ्जिनियर योगेश चापागाईले जानकारी दिए ।

    बस्तीमा थुप्रिएको लेदो हटाइने
    बुटवल वडानम्बर ३, ४ को ज्योतिनगर, लक्ष्मीनगर क्षेत्रमा पहिरोले थुपारेको लेदो, ढुङ्गामाटोको ग्रेगरलाई प्राविधिको विशेष निगरानीमा हटाइने भएको छ । यसका लागि राष्ट्रपति चुरे संरक्षणसँग समन्वय गरिने भएको छ ।

    बस्तीका धेरै घरमा क्षति पु¥याएको र लेदो, ग्रेगरसहितको ढुंगामाटो तत्काल नहटाए थप जोखिम बढाउने भन्दै उपमहानगरले राष्ट्रपति चुरे संरक्षणलाई यथाशीघ्र पहल थाल्न आग्रह गरेको छ ।

    पहिरो गएको क्षेत्र, प्रभावित क्षेत्र र जोखिमका क्षेत्रमा विज्ञ र प्राविधिकको अध्ययनका आधारमा स्थानीय वडा विपद् व्यवस्थापन समिति र सुरक्षा निकायको निगरानीमा थुप्रिएको लेदो, ढुंगा, माटो लगायतका सामग्री हटाउने र व्यवस्थापन गरिने भएको छ । यो कामको आवश्यक सहयोग र स्वीकृतका लागि जिल्ला विपद ब्यवस्थापन समिति रुपन्देहीमा अनुरोध गरिएको उपमहानगरले जनाएको छ ।

    चौराहा-गोलपार्क खण्ड तत्काल बनाउन माग

    बुटवल–बेलहिया व्यापारिक मार्गको गोलपार्कदेखि राजमार्ग चौराहासम्मको सडकखण्ड निर्माण ढिलो भएकोमा विपद् व्यवस्थापन समितिले ध्यानाकर्षण गराएको छ । आवागमनमा कठीनाइ भएको, धुँलो र हिलोले जोखिम बढाएकोले तत्काल आवागमन सहज हुने गरी सडक निर्माण बढाउन आग्रह गरेको छ ।

    शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • २.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ३.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ४.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ५.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ६.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ७.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ८.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation