प्यूठान। प्यूठानको ऐरावती गाउँपालिका– १ बेलबोट गाउँका आगलागी पीडितलाई स्थानीय प्रशासनले राहत रकम बाँडेको छ ।
Advertisement
प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल सहितको टोलीले आगलागी पिडितहरुलाई प्रशासनको तर्फबाट राहत रकम प्रदान गरेको हो । प्रशासनले आगलागीबाट घरबार विहिन बनेका ६ घर परिवारलाई प्रतिपरिवार १० हजारका दरले जम्मा ६० हजार नगद बितरण गरेको छ भने नेपाल रेडक्रस सोसाईटी प्यूठान शाखाले भाडाँकुडा, लत्ता कपडा लगायत सामग्री वितरण गरेको प्रजिअ भुसालले जानकारी दिनु भयो ।
गत जेठ दुई गते आगलागीबाट बेलबोटमा ६ घर र १ वटा गोठ जलेर ध्वस्त भएका थिए ।