• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, माघ ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ५. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ६. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ७. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ८. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • ९. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • १०. प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

कोरोना कहरमा बाँझो फोर्दै, ‘रुपैयाँ’ फलाउँदै


  •   बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
  • बुटवल । कोरोना सङ्क्रमणका कारण वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका युवाको दिनचर्या अहिले बदलिएको छ । तीमध्ये धेरैले गाउँमै आफ्नै खेतबारीमा पसिना बगाइरहेका छन् ।

    Advertisement

    बाँझो जमिन जोतेर हराभरा बनाएका छन् । कृषि उत्पादनबाट राम्रो आम्दानी पनि गरिरहेका छन् । त्यस्तैमध्येका एक हुन, रुपन्देहीको सैनामैना नगरपालिका–६ का दीपक नेपाली । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दीपक कोरोनाका कारण रोजगारी गुमेपछि गत वर्षको चैतमा बल्लतल्ल घर फर्किए । लामो समय बेरोजगारीका दिक्दारी दिन बिताएका दीपक अहिले भने आफ्नै खेतबारीमा रमाइरहेका छन।पाँच कट्ठा खेतमा काँक्रा, करेला, बोडीलगायत तरकारी लटरम्म फलाएका छन् । गोलभेँडा, खुर्सानी, बन्दालगायतका मौसमी तरकारी पनि उस्तै छन् । पशुपालनबाट मलको व्यवस्था गर्नुहुन्छ र थोपा प्रणालीबाट सिँचाइ । धेरै वर्षसम्म बाँझो रहेको खेत अहिले हराभरा भएको छ । स्थानीय व्यापारी र उपभोक्ता तरकारी किन्न उहाँको खेतसम्म पुग्न थालेका छन् ।

    वृद्ध बाबुआमा, दुई जना सुस्त मनस्थितिका भाइसहित आठ जनाको परिवार पाल्ने जिम्मेवारीमा रहेका दीपक अहिले तरकारी खेतीबाट सबै खर्च व्यवस्थापन गर्दै आम्दानी गर्न सफल भएका छन्। उनले अहिले मासिक ४० हजार रुपियाँसम्म आम्दानी गर्न थालेको बताए ।

    उनले भने, “धेरै महिना त के गरौँ, के गरौँ? भनेर दिक्दारीमा रहेँ । सेतो गुराँस बाल विकास संस्थाका प्राविधिकहरूले घरमै आएर सल्लाह दिएपछि कृषिमा होमिएँ । ” उनले सिँचाइका सामग्री, टनेल र बीउबिजनका लागि नगरपालिकाबाट अनुदान पाएका छन् ।

    कोरोनाकै कारण वैदेशिक रोजगारी गुमाएर फर्किन बाध्य अर्का युवा हुन, सैनामैनाकै बाबुराम पन्थ । लामो समय मलेसियामा मजदुरी गरेका बाबुरामले पनि दीपकले जस्तै खेतमा पसिना बगाएर ‘रुपियाँ’ फलाइरहेका छन्। वडा नं ७ मा रहेको उनको बाँझो खेत अहिले हराभरा भएको छ । चार कट्ठा आफ्नै र सात कट्ठा भाडामा गरी ११ कट्ठा जमिनमा अहिले विभिन्न प्रकारका तरकारी फलिरहेका छन् । गोरखापत्र दैनिकबाट

    बिहिबार, जेठ १३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्युठानमा १४ जनाको मनोनयन दर्ता
    प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार
    नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता
    नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति
    कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै
    तेम्बा तामाङ : भाँडा माझ्ने हातदेखि मास्टर सेफसम्म

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ५.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    • ६.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    भर्खरै

    • १.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • २.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ३.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ५.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ६.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ७.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ८.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation