• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असार १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख बजेट प्रस्ताव

  • ३. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ४. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ५. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ६. ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

  • ७. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ८. माण्डवी गाउँपालिकाको बजेट अधिवेशनमा १० सदस्यको बहिष्कार

  • ९. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

“मीरात्मक एक अनुभूति”


  •   सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
  • नसोच्नु पर्थ्यो
      म पटकपटक सोचेछु
      पटकपटक सोचीरहेछु
       तिमीले मलाई एकदिन बेवास्ता गरेर जानेछौ ।यो वाक्य सत्य सावित भएर जानेछ ।सत्य पनि कस्तो घर बनाउदै गर्दा यो घर एकदिन भत्केर जानेछ भनेजस्तो ।घर बनाउनुपर्छ ,जरुर बनाउनुपर्छ ।फेरि घर भत्किन्छ भनेर बनाउन छोड्ने कुरा नि भएन ।घर बनाएपछि नभत्कुन्जेल बसौँला ।होइन होइन यो त घरको  आयु र जीवनको आयुमा भर पर्ने कुरा हो ।जीवन र घरको सम्बन्ध हुन्छ ।सम्बन्धमा प्रेम हुन्छ ।प्रेममा हामी हुन्छौँ ।हामीको मतलब तिमी र म बिचको जीवनमार्ग एउटै हुनु हो ।त्यही मार्गमा आएको हो घरको कुरा ।
       घर अर्थात् जीवनको एक भरोसा ।भरोसामा चल्छ घर, जस्तो सासको भरोसामा चल्छ धड्कन ।धड्कनको भरोसामा चल्छ मुटु ।मुटुको भरोसामा चल्छ जीवन ।त्यो मुटु तिमी हौ अर्थात् जीवनको मुटु ।त्यही मुटुमा राखिन्छ कसैलाई ,मुटु त्यही हो जो जीवनको अत्यावश्यक मान्छे हो ।
        एक जीवनलाई घरमा रुपान्तरण गरेर बनाउनु छ प्रेममय घर ।जहाँ प्रेम हुन्छ  त्यहाँको घर शान्त हुन्छ ,जस्तो मौनतामा प्रेम शान्त हुन्छ ।शान्तको मतलब शान्ती हुनु हो ।जतिन्जेल घरमा बसिन्छ ,त्यतिन्जेल शान्त भएर बस्नुपर्छ ।घर शान्ती त मन शान्ती ,मन शान्ती त ॐ शान्ति
    ॐ शान्ति शान्ति।
        सम्बन्ध पनि एउटा घर हो ।सम्बन्धको घर बनाउँदै गर्दा धेरैले सोच्दैनन कि एकदिन भत्केर जानेछ ।केवल हामी घरको सपना देख्छौँ ।घर बन्दै गरेको सपना । सपनामा घर बन्दै गरेको सपना ।
        मान्छेहरु भन्छन् – नारीबिनाको घर,घर होइन त्यो त भित्ता मात्रै हो ।भित्तामा रङ्ग लगाउँदै गर्दा देखेका रङ्गीन सपना ।त्यही भित्तामा टाँसिएका रङ्गीन आँखाहरु ।आँखाले बोलेका भावहरु रङ्गसङ्गै मिसिएर भित्तामा लतपत गर्छन् ,तिमीले लाली लगाउँदा ओठमा लाली लतपत भए जस्तै । मानौँ त्यो भित्ता तिम्रो ओठ हो ,त्यो ओठमा मुस्कानका रङ्गहरु दलिरहेछु।
       सम्बन्धको घरमा तिमी भित्रीदै गर्दा मैले मुस्कानको रङ्ग दल्न सकिनँ भने तिमीले एकदिन घरलाई बेवास्ता गरेर जानेछौ ।
       म सोच्थें पटकपटक
      गाउँको पुरानो घरमा आमाले रातो माटोले पोत्दै गर्दा भित्तामा केके लेख्नु भयो होला?मनको भित्ताभरी केके लेख्नुभयो होला ?आमाले भित्तामा माटोले लेखेका अक्षर बाले  बुझ्नु भयो कि बुझ्नु भएन होला ?
    म सोच्छु पटकपटक
       यदि नबुझेको भए बा घर छोडेर राजस्थान किन जान्थे होला र? तर बाले घरको बेवास्ता कहिल्यै गरेनन ।यदि बेवास्ता गर्थे त बस्थे होला काँशीतिर गंगाजीको किनारमा जोगी बनेर ।
    मैले जीवन लेखिसकेपछी सम्बन्धमा घर लेखेको हूँ ।घरको मुल ढोकाको सङ्घारमा तिम्रा पैताला लेखेको हूँ।ढोकाको काप कापमा तिम्रा औँला लेखेको हूँ ।ढोकाको चुकुलमा विश्वास लेखेको हुँ ।म हरेक वर्ष ढोकाको माथी रातो रङ्ग लगाइरहेँ तिम्रो शिर सम्झेर ।
       ढोकाको माथी “स्वागतम” लेख्ने ठाउँमा तिम्रो नाम लेखेको हुँ “मीरा”।
       मीरा लेखिसकेपछी म आमाको नजरबाट भाग्थेँ ।खै किन भाग्थेँ सायद तिमीलाई नचिनाइकन राख्नको लागी भाग्थेँ होला ।अहिले पनि भागिरहेछु ।एकदिन त भन्नैपर्ने हुन्छ मीरा को हो भनेर।त्यो जवाफमा तिमीलाई देखाउन पाऊँ ।
      नसोच्नु पर्थ्यो
      पटकपटक सोचेँ
      सोचीरहेछु
      हाम्रो सम्बन्धको घरमा मैले खुशीको अक्षर लेख्न नसकेको दिन तिमीले मलाई बेवास्ता गरेर जानेछौ ।
      नसोच्नु पर्थ्यो
      म सोच्थेँ पटकपटक
      सोचीरहेछु

      तिमीले मलाई एकदिन बेवास्ता गरेर जानेछौ ।बेवास्ता जुनसुकै मोडमा हुन सक्छ ।बेवास्ताको कारण जे पनि हुन सक्छ ।बेवास्ता गर्ने तरिका जे पनि हुन सक्छ ।बेवास्ता त तिम्रो मतलबको कुरा हो ।तिमी जुनसुकै तरिकाले पनि बेवास्ता गर्न सक्नेछौ ।वर्तमान समयमा लाग्ला म कहिल्यै बेवास्ता गर्ने छैन ।यो त वर्तमान समयको कुरा न हो ।ज्यादै रिस उठेको दिन तिमीले मेरो रिस देखेर बेवास्ता गरेर हिड्न सक्नेछौ ।जब जब तिमीलाई रिसको आदत पर्नेछ तब तिमीले रिसलाई बेवास्ता गरेर प्रेमलाई मात्रै अंगीकार गर्नेछौ ।मैले पटकपटक भनिरहेछु मलाई तिम्रो रिस पनि प्रेमिल लाग्छ ।बेवास्ता त तिम्रो मतलबको कुरा हो ।बेवास्ता गर्ने तरिका पनि तिम्रै हातमा छ ।

    Advertisement
    नसोच्नु पर्थ्यो
      म पटकपटक सोच्थेँ
      सोचीरहेछु
       मेरो पागलपन देखी एकदिन तिमी आजित हुनेछौ ।पागलपन भएन भने त्यो प्रेम के प्रेम ?घरीघरी प्रश्नको छाल उठिरहन्छ आफ्नै मनको पोखरीभित्र ।त्यो पागलपन मेरो प्रेम हो । प्रेम तिमीप्रतिको विश्वास हो ।विश्वास मैले सम्पुर्ण रुपमा तिमीलाई सुम्पिएको हृदय हो ।हृदय त्यही हो जहाँ मैले देखेका जीवनका सपनाहरु धड्किरहेका छन् ।
    यिनै सपनाहरु रहेछन् आरामसङ्ग निदाउन अवरोध गर्ने ।उसो त तिमी पनि एक सपना हौ जुन सपनाको लागि मैले आफनै भाग्यसङ्गै क्रान्ति गर्नु परिरहेको छ ।क्रान्ति अर्थात् बाँचीरहेको जीवनको  स्वरुप परिवर्तन ।परिवर्तन अर्थात जीवनको उद्देश्य प्राप्ति ।उद्देश्य अर्थात् तिमी ,जुन तिम्रो प्राप्तिभित्र जीवनका आयामहरु लुप्त भइरहेछन।
    जिन्दगीको “मीरा क्रान्ति”मा मैले भाग्यको गोपुर किल्ला पार गर्न सकिनँ भने म भाग्यसित पराजित भएकै कारण तिमीले बेवास्ता गरेर जानेछौ ।
    म भाग्यविहिन भएको बखतमा म सिन्दुरको निम्ति अयोग्य हुनेछु ।तिमीलाई  हाँसीहाँसी रङ्गीन मार्गमा धकेल्नु मेरो जिम्मेवारी हुनेछ ।तिमीलाई प्रेम गर्छु यो सत्य हो ।तिमीविना जीवनका पाइलाहरु कठिन हुनेछन् यो झुट होइन ।जस्तो कि कुनै गाउँमा बाटोको निर्माण गर्नुपर्यो बाटोको निर्माण गर्दै जाँदा बाटोमा पिपल पर्यो ।त्यो पिपललाई मान्छेहरुले पुजा गर्छन ।पिपलले अक्सिजन दिन्छ ।शीतल छहारी दिन्छ ।पीपलको महत्त्व छ ।अब पीपलको महत्त्व भयो भन्दैमा गाउँमा आएको बाटोलाई रोक्न मिल्दैन ।जब पीपल नफाली बाटो बन्दैन तब पीपल भन्दा महत्त्वपूर्ण बाटो हो ।हो म पीपलजस्तै ढल्नुपर्छ । तिम्रो जीवनको बाटो निर्माण हुन अवरोध गर्नुहुँदैन ।मेरो प्रेम भन्दा तिम्रो जीवन महत्त्वपूर्ण हो ।
    तिमी जान सक्नेछौ आफ्नो जीवनको भविष्य उज्यालो बनाउनलाई ।
      नसोच्नुपर्थ्यो
      म पटकपटक सोचिरहेछु
      तिमीले एकदिन मेरो प्रेमलाई पनि बेवास्ता गरेर जानेछौ ।
      तिमीले बेवास्ता गर्यौ या गर्छौ भनेर मैले बेवास्ता गर्ने छैन ।प्रेमलाई नै बेवास्ता गर्यौ भनेर प्रेम गर्न छाड्ने छैन।

              मैले तिमीलाई भनेको थिएँ – प्रेममा अपेक्षा राख्नु हुँदैन कि उसले पनि  मैले जस्तै प्रेम गरोस भनेर  ।अपेक्षाले आफ्नै मन दुखाउँछ ।यसर्थ अपेक्षारहित प्रेम गरिरहेछु ।यदि म बेवास्ता गर्न लायक छु भने बेवास्ता भइरहुँला ।किन कि म आफुलाई जे छु त्यो स्विकार्छु ।

    तिमीले जे दिन्छौ त्यो सबै मलाई स्विकार छ ।
      चाहे तिमी रिसाउ
      घृणा गर
      बेवास्ता गर
      यो छाती दुखाउ
      ती सबैलाई प्रेम सम्झिनेछु ।
      एउटा भक्त मन्दिरमा गएपछि
      पुजारीले जे दिन्छन त्यसैलाई इश्वरको प्रसाद सम्झेर ग्रहण  गरे जस्तै
       तिमीले दिने हरेक कुरा
      म प्रेमको प्रसादको रुपमा ग्रहण गर्नेछु ,
      किन कि म तिम्रो प्रेमको भक्त हुँ ।
       म बेवास्ताको आत्मबोध गर्छु ।म सोच्छु बेवास्ताको कारणले पश्चाताप गर्ने छैन ।यो मन न हो दुख्न पनि सक्छ ।तर तिमीलाई दुखाइको कारणको ट्याग लगाउने छैन ।दुख्नु त मेरो आदत न हो ।बरु नदुखेको दिन नरमाइलो लाग्छ ,तिम्रो ओठमा मुस्कान नदेखेर नरमाइलो लागे जस्तै ।म मेरो प्रेमलाई आत्मसम्मान गर्नेछु ।तिम्रो प्रेमलाई शिरोधारण गर्नेछु ।तिमीलाई नदुखोस भनेर म जुनसुकै मूल्य चुकाउन पनि तयार छु ,हुनेछु ।
    तिमी मेरो प्रेमलाई सम्मान गर या वेवास्ता गर त्यो त तिम्रो इच्छा हो ।मैले तिम्रो इच्छामाथि तिम्रो सुन्दर भविस्यलाई खेलवाड गरेर आफ्नो इच्छा लाद्नुहुँदैन ।यदि यस्तो गर्ने हो भने त मलाई पाप लाग्छ । र तिमी जीवनभर खुशी हुन सक्ने छैनौ ।तिमी दुखी हुनु भनेको म मर्नु सरह हो ।
      म पटकपटक सोच्थेँ
      सोचीरहेछु
       तिमीलाई रुवाउन पुगेको दिन मलाई आँशुमा डुबेर मर्नुपरोस। यदि कुनै दिन तिमीलाई मेरो कारणले रुन परेमा तिमीले मलाई बेवास्ता गरेर जानेछौ ।
        मैले जानका निम्ती तिमीलाई रोकेको होइन ।जबर्जस्ति सम्बन्धको घरमा बस पनि भनेको भनेको छैन ।सबै कुरा तिम्रै हातमा सुम्पिएको छु । अंगाल्ने या बेवास्ता गर्ने त्यो त तिम्रो हातको कुरा हो ।
      मैले पटकपटक भन्थें
      भनिरहेछु –
      उकालो ओरालो बाटोमा
      एउटा ढुङ्गा गाडीको
      ओट लगाउन ज्यादा
      महत्त्वपूर्ण हुन्छ ,
      तर त्यहि ढुङ्गा गाडी चलिरहेको
      बेला अवरोध बनिदिन्छ ,
      यस्तो लाग्दैछ
      म तिम्रो जीवनको गाडी अवरोध गर्ने ढुङ्गा हुँ ,
      म चाहन्न तिम्रो पाउहरुमा मेरो कारणले ठेस लागुन् ,
      म चाहन्न मेरो कारणले तिम्रो जीवनको गाडी दुर्घटना होस् ,
      म चाहन्न मेरो कारणले तिमीलाई बर्बादीको सफरमा हिड्न बाध्य पारोस,
      म चाहन्न तिम्रा खुशीहरु आँशुमा बग्न बाध्य बनुन् ,
      तिम्रो जीवनको उद्देश्य हासिल गर्न
      हिडेकी तिमी मेरो प्रेम
      तिम्रो जीवनको बाधक तत्त्व नबनोस् ,
      म यत्ती चाहन्छु
      तिम्रो जीवनको सहयोगी बन्न नसकेपनि
      तिम्रो शुभचिन्तक बनिरहन पाउँ ,
      यदि तिम्रो जीवनको बाधक तत्त्व हुँ भनेँ
      आऊ मलाई मार्गबाट हटाऊ
      र आफ्नो  उद्देश्य हासिल गर्न  जाऊ,
      म आफै हटेर जान  सक्दिन

      किन  कि म बाटोको यौटा ढुङ्गा हूँ ।

    तिमीले ,
         बाटोको ढुङ्गालाई विश्वास गरी ढोगेर जान पनि सक्छौ अथवा कुल्चेर जान पनि सक्छौ ।त्यो त तिम्रो मतलबको कुरा हो ।के गर्ने के नगर्ने एउटा ढुङ्गाले फूललाई सिकाउने कुरा होइन रहेछ ।भाग्यले कुनै दिन त्यही फूल त्यही ढुङ्गामा आएर बस्यो भने जीवनको सौभाग्य सम्झिनेछु ।तिमीले प्रेमपूर्वक ढुङ्गाको छातीमा “मीरा”लेखेर गएको बखत पनि जीवनको सौभाग्य सम्झिनेछु ।अथवा कुल्चेर गएपनि कुल्चिन योग्य रहेछु भनेर त्यसैलाई सौभाग्य सम्झिनेछु ।त्यही फूल कलशमा सजिएर कसैको दैलोमा पुग्यो भने नि ढुङ्गाले यसलाई तिम्रो खुशी सम्झिएर बस्नेछ ।किन कि प्रेम गरेको हो तिम्रो अपेक्षा गरेको होइन ।तिमीलाई खुशीको मार्ग मिलेको दिन तिमीले ढुङ्गाको मार्ग बेवास्ता गरेर जानेछौ ।
      नसोच्नु पर्थ्यो
      पटकपटक सोचेँ
      सोचिरहेछु
        तिमीले मलाई एकदिन बेवास्ता गरेर जानेछौ ।पटकपटक आफ्नै सोचाइलाई बेवास्ता गर्छु ।आफ्नै सपनाहरुलाई बेवास्ता गर्छु। आफैलाई बेवास्ता गर्छु ।आफैलाई बेवास्ता गर्न क्या सजिलो छ ।तर आत्मिक प्रेम गरेकोलाई आत्माले बेवास्ता गर्न मान्दैन ।फेरि सोच्छु म तिमीबाट बेवास्ता भइरहुँ ।मेरो प्रेम बेवास्ता भइरहोस ।तिमीलाई प्रेम गरिरहुँ।
       म एउटा कुनै रङ्ग हूँ ।यदि मीराक्रान्ति सफल भयो भने तिम्रो सिउँदोको रंग हुनेछु ।तिम्रो जीवनको घर सुन्दर बनाउन पोतिन मन छ तिम्रो जीवनको भित्ताभरि ।तर पोतिएको रंग तिमीलाई मन पर्न छोड्यो भने त्यसमा तिमीले नयाँ रंग भर्नेछौ ।म फेरि रंगविहिन हुनेछु ।
    ।जब म  रङ्गीन बन्न सक्दिन तब त्यो रङ्ग तिमीलाई मन पर्ने छैन ।म सोच्छु पटकपटक यदि तिम्रो निमित्त म रङ्गीन बन्न सकिनँ भने तिमीले मलाई एकदिन बेवास्ता गरेर जानेछौ ।यदि बेवास्ता हुनै परे म कालो रङ्ग जसरी बेवास्ता भइरहुँ ।
       हरेक साँझमा दिनको रङ्ग कालो बनिसकेको हुन्छ ।कालो रङ्ग बेवास्ता गरेर मान्छेहरु उज्यालो जूनको पर्खाइमा  बस्छन्।उज्यालो जूनसङ्गै मान्छेहरुले चेहरा उज्यालो होस् भनेर चाहन्छन्।
    तिमीलाई पनि उज्यालो चेहरा बोकेर मुस्कुराउने रहर होला । साँझको समयमा उज्यालो घरसङ्गै खुशीका बत्तीहरु बाल्नेहरु रहर होलान् ।यदि म तिम्रो निमित्त उज्यालो हुन सकिनँ भने तिमीले बेवास्ता गरेर जानेछौ ।
       यदि बेवास्ता हुनै परे म  कालो रात बनेर  बेवास्ता भइरहुँ ।तिमीलाई मिर्मिरे उज्यालो मिलिरहोस।
    ॐ मीरे मीरे ।
    नाम – ध्रुवराज पन्थी”मिराज” 
    तम्घास गुल्मी 

    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘डल्ले सराय’ विमोचन, विजयराज आचार्य सम्मानित
    मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित
    प्युठानमा रचना वाचन र पुस्तक विमोचन कार्यक्रम सम्पन्न
    गिरिराज खनालको कविता संग्रह ‘पहिलो किरण’ विमोचित
    ‘यात्राको तस्बिर’ नियात्रा सङ्ग्रह सार्वजनिक
    बर्दिवासमा शिशिर घिमिरे स्मृति दिवस विशेष कार्यक्रम सम्पन्न

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      माण्डवी गाउँपालिकाद्वारा पहिरो पीडितका लागि ५० लाख

    • ३.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ४.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ५.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ६.
      ब्याट नपाएका केशव, बलिङ चम्काएको शुभम

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation