अर्घाखाँची । भीरबाट लडेर जिल्लाको मालारानी गाउँपालिका–७ बामरुखकी १५ वर्षीया सम्झना थापाको मृत्यु भएको छ ।
Advertisement
बामरुखस्थित जंगलमा बाख्रा चराउन गएकी ती किशोरी भीरबाट करिब ५०० मिटर तल लडेर शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।