नेपालगञ्ज । नेपालगञ्जमा आज बिहीबार बिहान १० बजेसम्म २०४ जना संक्रमित थप भएका छन् ।
Advertisement
भेरी अस्पताल, नेपालगञ्जका अनुसरा ३५० जनाको पीसीआर परिक्षण गर्दा २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । दैनिक ठूलो संख्यामा कोरोना भाइरस संक्रमित थप भइरहेपछि बुधबार राती १२ बजेदेखि नेपालगञ्जमा लकडाउन गरिएको छ ।
कोरोनाबाट अहिलेसम्म बाँकेमा ६७ जनाको मृत्यु भएको छ ।