कामना डेली, काठमाडौ। भारतको लोकप्रिय टेलीभिजन कार्यक्रम ‘सा रे ग म प’ का पहिलो रनर अप,चर्चित गायक प्रितम आचार्यको सुमधुर आवाजमा “म पागल सरी“ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
गत शुक्रबार अमेरिकाको इन्टर नेसनल फ्रेन्ड्स बार रेस्टुरेन्ट फेएर फिल्ड, ओहिओमा एक कार्यक्रम बीच गीतको भिडियो सार्बजनिक गरिएको हो। संगीतकार शशी विक्रम थापाको संगीत रहेको यो गीतको शब्द प्रभाकर देव शर्माले लेखेका छन । गीतको संगीत संयोजन पनि संगीतकार शशि बिक्रम कै रहेको छ। रुपेश उप्रेतीले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन र सम्पादन योगेन थापाले गरेका छन्। भिडियोमा मुकेश अधिकारी,गोमा बास्कोटा, निश्चल अधिकारी, लिजा बास्तोला साथै आयुष रिजालको शान्दार अभिनय देख्न सकिन्छ।
एल डी बास्तोलाले गीतमा लगानी गरेका छन। अमेरिकाको विभिन्न ठाउँमा छायांकन गरिएको उक्त गीत ‘हाम्रो आफ्नै टि भी’ नामक युटुब च्यानलबाट सार्बजनिक गरिएको छ।
भिडियो