प्यूठानमा ढुङ्गाले हानेर एक युवकको हत्या

झईन्द्र भण्डारी, प्यूठान। प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारीमा ढुङ्गाले हानेर एक युवकको हत्या भएको छ।
शुक्रवार साँझ सारीका स्थानिय ३५ वर्षिय बिरबहादुर परियारलाई सोही ठाउँका ६० वर्षिय चोचे कामीले बाटोमा हिड्ने क्रममा चोचेले परियारलाई ढुङ्गाले हानेर घाईते बनाएका थिए। ढुगां प्रहारबाट गंभीर घाईते भएका परियारलाई प्राथमिक उपचार केन्द्र भिग्रीबाट थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा लगिएको थियो । परियारको उपचारको क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्री प्यूठानका प्रमुख बुद्धि रानाले जानकारी दिए।
ढुङ्गाले हान्ने कामीलाई नियन्त्रणमा लिएर घट्नाबारे आबास्यक अनुसन्धान थालिएको प्रहरीले बताएको छ।

Sharing Now!

You might also like

Comments are closed.