रुपन्देही । रुपन्देहीका थप एकजना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ। रूपन्देही जिल्लाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारत यहाँका थप एक संक्रमित पुरुषको मृत्यु भएको छ।
अस्पतालका सूचना अधिकारी सुशील गुरुङका अनुसार असोज १२ गते पीसीआर परीक्षणमा ‘पोजिटिभ’ देखिएका सिद्धार्थनगर नगरपालिका–५ का ४७ वर्षीय पुरुषको गए राति मृत्यु भएको हो। उनी सुरुमा होम आइसोलेसनमा बसे पनि स्वास्थ्यमा थप समस्या भएपछि उनलाई १४ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दे मृत्यु भएको गुरुडले बताए ।
यो सँगै युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा अस्पतालमा सात संक्रमितको मृत्यु भइसकेको अस्पताले जनाएको छ ।
Comments are closed.