कपिलवस्तुमा बालिकालाई जबरजस्ती गर्ने एकजना पक्राउ 

सनिउल्ला धोबी, कपिलवस्तु ।  कपिलवस्तुको महाराजगञ्ज नगरपालिका – २ उनवलियाकी एक कशोरीलाई जबरजस्ती गर्ने आरोपीत ५ महिना पछी पक्राउ परेका छन ।
उनलियाकै २८ वर्षीय गोरखनाथ लोहारले बालिकालाई जबरजस्ती गरी फरार भएका थिए । लुकीछिपी बस्दै आएका लोहारलाई आइतबार पक्राउ गरीएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनु भयो।लामो समयको खोज तलास पश्चात लोहारलाई पक्राउ गर्न सफल भएको प्रहरी निरिक्षक खरेलले बताउनु भयो ।
महाराजगंजको नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयका शिक्षक लोहारले गत जेठ १२ गते राति किशोरीलाई जर्बजस्ती तानेर घरको पछाडि पुर्याई जबरजस्ती गरेको आरोप लगाइएको थियो । राति परिवारले बालिकालाई बेहोश आवस्थामा फेला पारी प्रहरीलाई खबर गरेको थिए ।

Sharing Now!

You might also like

Comments are closed.