• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ २१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

लोकप्रिय समाचार

  • १. भान्साबाट देश चिनाउने युवराजको सपना

  • २. रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार टोली फर्कियो

  • ३. टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा जडान

  • ४. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • ५. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ६. जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

  • ७. बाढी प्रभावित क्षेत्रमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो

  • ८. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ९. एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने

  • १०. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

दाङमा जलवायु सातौं राष्ट्रिय सम्मेलन


  •   बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
  • दाङ । जलवायु परिवर्तनको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न र अनुकूलनका योजनाहरूलाई समुदाय स्तरसम्म पु¥याउन‘जलवायु सुशासनका लागि समन्वयात्मक नीति र अभ्यासः स्थानीयकरण, वित्त र न्याय’ भन्ने मूल नाराका साथ सातौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । दाङको लमहीमा बिहिवार क्लाइमेट डेभलपमेन्ट डायलग लगायत विभिन्न १२ वटा सामाजिक संघ संस्थाको सहकार्यमा आयोजित उक्त सम्मेलनमा नीति निर्माता, जनप्रतिनिधि र विज्ञहरूले जलवायु न्याय र सुशासनका विविध पक्षमा गहन छलफल गरेका छन् ।
    सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले जलवायुको असर न्यूनीकरण गर्न समुदाय स्तरमा अनुकूलनका योजनाहरूलाई विस्तार गर्नुपर्नेमा जोड दिए । उनले अभियानको रूपमा वृक्षारोपण र जलाशय निर्माणको कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै जलवायु सन्तुलन कायम राख्नु आजको मुख्य आवश्यकता भएको उल्लेख गरे ।
    प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले जलवायु परिवर्तन बहुआयामिक विषय भएको बताउँदै नेपाल शून्य कार्बन उत्सर्जन गर्ने देश भए पनि यसका असरहरू भोगिरहनु परेको प्रति चिन्ता व्यक्त गरे । उनले भने,‘हाम्रा नीति र रणनीतिहरूले धेरै विषय सम्बोधन गरेका छन्, अब तीन तहका सरकारले प्राथमिकताका आधारमा ठोस योजना बनाएर कार्यान्वयन गर्न जरुरी छ ।’
    सम्मेलनमा प्रकृति रिसोर्सेज सेन्टरका सन्त कुमार महर्जनले जलवायु वित्त घट्दो क्रममा रहेको र वास्तविक प्रभावित स्थानीय बासिन्दासम्म बजेट पुग्न नसकेको यथार्थ औंल्याए । उनले राष्ट्रिय अनुकूलन योजना र स्थानीय अनुकूलन योजना बने पनि कार्यान्वयनको तह कमजोर रहेको बताए ।
    त्यसैगरी, तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले पारिस्थितिकीय प्रणालीमा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्दै भनिन्,‘नदीमा पानी छैन, खोला सुके, वनजङ्गल र चराचुरुङ्गी नासिन थाले । अब नीतिको सुधारसँगै मान्छेको आनीबानीमा पनि सुधार ल्याउन आवश्यक छ ।’
    सम्मेलनका मुख्य निचोड
    सम्मेलनमा विभिन्न विषयगत सत्रहरूमा व्यापक छलफल गर्दै नेपालमा पर्याप्त नीति भए तापनि कार्यान्वयन पक्ष कमजोर रहेकाले संघीय, प्रादेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय हुनुपर्ने निचोड निकालिएको छ । जलवायु सुशासनको स्थानीयकरणका लागि स्थानीय सरकार र समुदायलाई नेतृत्वदायी भूमिकामा सशक्त बनाउने, बजेट विनियोजन वृद्धि गर्ने र जलवायु परिवर्तनलाई विकास योजनाको मूलधारमा ल्याउनुपर्ने, जलवायु वित्तमा सरल पहुँच स्थापीत गर्न अन्तर्राष्ट्रिय र राष्ट्रिय स्तरका जलवायु कोषहरूलाई पारदर्शी र पहुँचयोग्य बनाउँदै सीधै प्रभावित समुदायसम्म पु¥याउने संयन्त्र निर्माण गर्नुपर्ने निचोड निकालिएको हो । यसैगरी समावेशी न्याय र दृष्टिकोण निर्माणकालागि युवा, महिला, आदिवासी, दलित र अपाङ्गता भएका व्यक्तिहरूको विशिष्ट जोखिमलाई सम्बोधन गर्दै उनीहरूलाई नीति निर्माणको नेतृत्वमा ल्याउनुपर्ने, विपद् जोखिम न्यूनीकरणका लागि जलवायुजन्य क्षति न्यूनीकरणका गर्न ‘इन्डेक्समा आधारित बीमा’ जस्ता नवीन प्रविधिहरू अपनाई जीविकोपार्जन सुरक्षित गर्नुपर्नेमा निचोड निकालिएको छ ।
    विषयगत सत्र र बहस
    सम्मेलनको पहिलो सत्रमा जलवायु सुशासनको विकेन्द्रीकरणबारे बहस भएको थियो भने दोस्रो सत्रमा विपद् व्यवस्थापन र नवीन वित्तीय सुरक्षाका विषयमा अनुभव साटासाट गरिएको थियो । त्यसैगरी, तेस्रो सत्रमा जलवायु सहनशीलताका लागि समावेशी दृष्टिकोणबारे सीमान्तकृत समुदायको प्रतिनिधित्व र न्यायको विषयमा चर्चा गरिएको थियो । किर्डार्क नेपालकी नीति योजना तथा अनुसन्धान निर्देशक गीता पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन प्राज्ञा शेरचनले गरेकी थिइन् ।
    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह र गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष सुशिला वेल्वासेले पनि जलवायु अनुकूलनलाई प्राथमिकतामा राख्न र कार्यान्वयनमा साझेदारी बढाउन सुझाव दिएका थिए ।

    Advertisement

    बिहिबार, बैशाख १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा
    बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग
    बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग
    भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग
    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
    जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ : प्रधानमन्त्री

    लोकप्रिय

    • १.
      भान्साबाट देश चिनाउने युवराजको सपना

    • २.
      रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि उद्धार

    • ३.
      टिमुरेमा रियल–टाइम बाढी निगरानीका लागि सीसी क्यामेरा

    • ४.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • ५.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ६.
      जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दैछ

    भर्खरै

    • १.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • २.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ३.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    • ५.
      बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

    • ६.
      बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

    • ७.
      भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

    • ८.
      स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...