• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, पुष १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

लोकप्रिय समाचार

  • १. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • २. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ३. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ४. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ५. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

  • ६. दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

  • ७. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ८. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

वैकल्पिक ऊर्जा मार्फत बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा


  •   सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ । अविरल वर्षा सँगै गत भदौ १७ गते राती ढोरपाटन नगरपालिकाको वडा नं ९, ८ र ७ बोबाङ स्थित भुजिखोलामा बाढी आयो । बाढीले अकल्पनीय मानविय तथा भौतिक क्षति पुरायो । बाढीले भूजिखोलामा संचालित लघु जलविद्युत गृहहरु बगायो । विद्युत सेवा बन्द भएपछि त्यस क्षेत्रमा मोवाइल सेवा अवरुद्ध भएको थियो । सडकमा बाढीले क्षति पुराएको हुँदा तत्काल त्यहाँ मोवाइल सेवा सञ्चालनमा आउन सकेन । ढोरपाटन नगरपालिकाको पहलमा केही दिन पहिले सडक मर्मत पश्चात अहिले सडक सञ्चालनमा आएको छ। सडक सुचारु भए सँगै नेपाल टेलिकमले अवरुद्ध मोवाइल सेवा पुन सञ्चालनमा ल्याएको छ । तत्काल त्यहाँ रहेका लघु जलविद्युत सञ्चालनमा आउने सम्भावना नरहेपछि टेलिकमले वैकल्पिक ऊर्जा सोलार जडान गरी सेवा सुचारु गरेको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनयर केशव शर्माले जानकारी दिनुभयो । ढोरपाटन नगरपालिका वडा नं ८ बोवाङ बिजौरेमा रहेको टावरमा १३५ वाटको २४ थान सोलार जडान गरेर अवरुद्ध सञ्चार सेवा सञ्चालन गरिएको वरिष्ठ इन्जिनियर शर्माले बताउनुभयो । सेवा सुचारु गर्न नेपाल टेलिकमले पोखराबाट प्राविधिक टिम सहित सोलार सेट व्यवस्थापन गरेको थियो । विद्युत आपूर्ति बन्द हुँदा बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवाबाट सेवाग्राही वञ्चित भएका थिए । सालझण्डी ढोरपाटन सडक बाट टावर सम्म सामाग्री पुराउन स्थानीय बासिन्दा, विपत व्यवस्थापनमा खटिएको नेपाल प्रहरीको टिम र जनप्रतिनिधिले सहजीकरण गरेको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले जानकारी दिनुभयो । कोरोना कहर र प्रतिकूल मौसमका बावजुत जनताको सञ्चार सुविधालाई मध्यनजर गर्दै टावर सञ्चालनमा ल्याइएको नेपाल टेलिकम पोखराका इन्जिनियर कुमोद कुमार महतोले बताउनु भयो । अवरुद्ध मोवाइल सेवा सुचारु गर्न सहयोग गर्नुहुने सबैमा नेपाल टेलिकमले आभार समेत व्यक्त गरेको छ । बोबाङको विजौरेको टावर अवरुद्ध हुँदा त्यस आसपास र ढोरपाटन नेपानेमा रहेको टावरमा रेडियो लिंक बन्द रहेको थियो । लिंक बन्द हुँदा ढोरपाटन शिकार आरक्ष क्षेत्रमा मोवाइल सेवा अवरुद्ध रहेको नेपाल टेलिकम पोखराका इन्जिनियर शिव प्रसाद पौडेलले जानकारी दिनुभयो । टावरमा सोलार जडान गर्न प्राविधिक कटक बहादुर गुरुङ सहितको टिम बोवाङ पुगेको थियो । नेपाल टेलिकमको नमस्ते मोवाइल सेवा अवरुद्ध हुँदा ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ का बासिन्दा सञ्चार सेवा बाट वञ्चित हुनुका साथै बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत वितरणमा समस्या भएको थियो । आज देखि मोवाइल सेवा सञ्चालनमा आए सँगै स्थानीयहरू खुसी भएको ढोरपाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरि बहादुर घर्तीले जानकारी दिनुभयो। ढोरपाटन नगरपालिका र नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रको समन्वयमा यस वर्ष भित्र नगरपालिका भर केन्द्रिय विद्युत पुराउने गृहकार्य भइरहेको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

    Advertisement

    सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    ‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य

    लोकप्रिय

    • १.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • २.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ३.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ४.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ५.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    • ६.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    भर्खरै

    • १.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • २.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ६.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ७.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ८.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation