नम्बर नखुलेको गाडीको ठक्करबाट दाङमा एक जनाको मृत्यु

सन्तोषकुमार गुप्ता, दाङ। दाङमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा नम्बर नखुलेको सवारी साधनकोको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर ३ निवासी १८ बर्षिय प्रकाश कुँवरको मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ ।आज बिहान करिब साढे २ बजे तिर गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। ठक्करबाट घाइते कुंवरको अवेर मात्र उद्वार भएको थियोे ।

कुँवरको उपचारको क्रममा शुक्रवार बिहान ७ बजे लमहीमा मृत्यु भएको र ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Comments are closed.