थप १,०३९ मा कोरोना पुष्टि : कहाँ कति थपिए?

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । उनीहरुमध्ये ३४५ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा ९ हजार १६५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप ११७३ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ६ हजार ५३६ जना रहेका छन्।

कहाँ कति थपिए संक्रमित ?

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.