घरमाथीबाट ढुंगा खसेर एकै परिवारका ४ जनाको मृत्यु

अनिल खत्री, गुल्मी । गुल्मीमा अबिरल वर्षासँगै घरमाथीबाट ढुंगा खस्दा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथीबाट ढुंगाखसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोरा ९ वर्षका सागर बोटेमाझी, ७ वर्षका हेमन्त बोटेमाझी र १० महिनाकी छोरी बिनिता बोटेमाझीको मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।
शुक्रवार राती अबिर वर्षासँगै घरमाथीबाट ढुंगा खस्ना जाँदा च्याप्पीएर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सबैको स्थानी र प्रहरी मिलेर शब निकालेका थिए ।  ५ जनाको परिवार रहेकोमा १ जना भने रोजगारिको शिलसिलामा रहेको बताइएको छ । रातको समय र ठाउँठाउँका मोटरबाटो समेत पहिरोले बगाएपछि त्यस स्थानसम्म पुग्न कठिन रहेको वडाअध्यक्ष ज्ञवालीले बताए ।  उद्धारका लागि इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोलि घटना स्थल पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) राजेन्द्रसिंह खड्काले जानकारी दिए ।सबै शब निकालेर पोष्टमार्टको लागि स्कुलमा राखिएको प्रहरीले जनाएको छ । सोहि स्थानमै अन्य घरपरिवारलाई तत्काल वस्न जोखिम रहेकाले सुरक्षित स्थानमा बस्नको लागि आग्रह गरिएको वडा अध्यक्ष ज्ञवालीले बताए ।
घटना स्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर भन्दा वढि टाढा पर्दछ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.