रुपन्देहीमा मोटरसाइकल चढ्ने क्रममा लडेर महिलाको मृत्यु

बुटवल । रुपन्देहीमा मोटरसाइकलबाट लडेर महिलाको मृत्यु भएको छ ।

जिल्लाको रोहिणी गाउँपालिका ३, लक्ष्मीनगर बस्ने ७० वर्षीया धानमति भुजको बिहीबार दिउँसो मृत्यु भएको हो ।आफ्नै नातिले चलाउन लागेको लु १८ प ९४९२ नम्बरको मोटरसाइकलमा चढ्ने क्रममा लड्दा घाइते भएकी भुजलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय धकधईले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.