• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • १०. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

लकडाउन खुकुलो पारिएको हो कि अवज्ञा हुन थालेको हो ?


  •   बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । कोरोना संकट पार गर्न सरकारले जारी गरेको लकडाउनको प्युठानमा उलंघन भइरहेको पाईएको छ । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोभिड -१९ कोरोना भाइरसको संक्रमण रोक्ने सरकारले जारी गरेको लकडाउनको प्युठानमा पछिल्लो दिनहरुमा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । सडकमा सवारीसाधनको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । दुई पाङ्ग्रे सवारीसाधन धेरै गुडेका छन् । प्युठानको मुख्य बजार क्षेत्र बिजुवार,बाग्दुला लगायतका बजारमा दिउँसोमा बाक्लो संख्यामा सवारीसाधन सडकमा देखिन्छन । सामाजिक दुरिको धज्जी उडाउदै बैंक तथा बित्तिय संस्थाहरुको अगाडी सेवाग्राहीको भिड हुन्छ । सरकारले पाँसविनाको सवारीसाधन संचालनमा रोक लगाउने आदेश अनुरुप जिल्ला प्रशासन कार्यालय प्युठानले समेत पासविनाको सवारीसाधन संचालन नगर्न सूचना जारी गरेको छ ।
    तर, त्यस्को पनि खिल्ली उडाईएको छ । प्रशासनले अत्यावश्यक क्षेत्र अन्तर्गत स्वास्थ्यकर्मी , संचारकर्मी , विद्युत , टेलिकम लगायतकालाई परिचयपत्रको आधारमा सवारीसाधन प्रयोग गर्न दिदै आएको छ ।

    Advertisement

    लकडाउनको सुरुवाती दिनमा प्युठानमा कडा रुपमा लागु भएको लकडाउन पछिल्लो समय निकै फितलो भएको छ । लकडाउनको पालना गरेर घरमै बसेका आम सर्वसाधरण समेतले लकडाउन खुलेको हो र भन्ने प्रश्न गर्न सुरु गरेका छन् । यसरी लकडाउनलाई नै बिर्साउने गरि बजारमा चहलपहल बढ्दा समेत प्युठानको प्रशासन भने निरिह देखिएको छ ।मिनि सिंहदरवार हाँकिरहेका जनप्रतिनिधीले समेत लकडाउनको प्रभावकारी कार्यानव्यनमा खासै चासो दिएका छैन्न। देशमा कोरोना भाइरसको संक्रमित तथा मृतकको संख्या बृद्धि भइरहेको बेला प्युठानमा लकडाउन पूर्ण रुपमा कार्यान्वयन गराउन प्रशासनले नसक्दा प्युठानमा समेत कोरोना संक्रमण फैलिने त्रास बढेको छ । प्रदेश ५ का धेरैजसो जिल्लामा कोरोना संक्रमित फेला पर्दा प्युठान समेत असुरक्षित बन्दै गएको महसुस हुन थालेको सामाजिक संजालमा समेत चिन्ता ब्याक्त गर्न थालिएको छ। पछिल्लो समयमा तराईको विभिन्न जिल्लाबाट ट्रक तथा कामदारहरु समेत प्युठान आइरहेको चर्चा चलिरहेको छ । लकडाउन प्रभावकारी बनाउन प्रशासन चुकेको जस्तो देखिएको छ । जिल्लास्थित विभिन्न राजनितिक दलहरु , ब्यबसायी ,नागरिक समाज लगायतले लकडाउन प्रभावकारी बनाउन खासै चाँसो देखाएका छैनन् । जोखिमका साथ लकडाउन कार्यान्वयन गर्न फिल्डमा खटिने प्रहरी जवानहरु पनि माथिल्लो निकायबाट कहिले लकडाउन कडा गर्न ,सवारीसाधन नियन्त्रणमा लिन आदेश आउँछ अनि फेरि छाड्न समेत आदेश आउँदा अन्योलमा देखिनछन।प्युठानका डिएसपी नरेन्द्रकुमार कार्किले लकडाउन उलंघन नभएको दाबी गरेका छन।”सरकारको निर्देशनमा एक तिहाई कर्मचारीबाट बित्तीय कारोबार गर्ने भनिएको छ, उनले भने,’सोही अनुसार बित्तीय सस्थामा ब्यक्तिको उपस्थिति हुनु स्वभाबिक हो ।” ‘ब्यक्तिसंग भएको केही रकम बैंकमा छ ,पेन्सन लिन जादा बित्तीय सस्थामा भिड भएको डिएसपी कार्की बताउछन। त्यस्तै, प्युठानमा चहलपहल बढेपनि लकडाउन कार्यान्वयन गराउन आफूहरु र सुरक्षाकर्मी लागिरहेको प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताउछन। नागरिकहरु स्वयम् पनि सचेत हुनुपर्ने र लकडाउनको पालना गर्नुपर्ने प्रशासनले जनाएको छ । लकडाउन उलंघन भएको छैन प्रमुख जिल्ला अधिकारीले पन्थले कामना डेलीसंग भने-” यस बिषयमा भेटेरै भनौंला यदि बुझ्नु परे सहायक प्रमुख जिल्ला अधिकारीलाई फोन गर्नुस ”
    उता सहायक प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा आफू अस्पतालमा ब्यस्त भएको बताए।आयोजनाको काम नरोक्ने निर्णय भएसँगै सडकमा टिप्पर र ट्याक्टरहरु समेत थपिएको छ । विभिन्न आयोजनाका काम भनिए पनि स्थानिय पालिकाहरुले धमाधम व्यत्तिगत कामको लागि समेत सिफारिस दिन थालेपछि बजार अनि सडक थप व्यस्त हुन थालेको छ । मानिसहरु अत्यावश्यक खाद्यान्न लिन, बैंक जान भन्दै पैदल यात्रा र सवारीसाधन लिएर बजार जाने गरेका छन् ।

    बुधबार, जेठ ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...