• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

  • ३. तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

  • ४. कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

  • ५. पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

  • ६. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ७. लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

  • ८. प्यूठान कांग्रेसका दुवै प्रदेशसभा क्षेत्रमा नेतृत्व चयन

  • ९. ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

  • १०. वर्षायाममा भारतलाई ८५.६ मेगावाट बिजुली बेच्दै प्राधिकरण

राहात स्वरुप रोजगार, मजदुर भन्छन् ‘अब चुल्हो बल्ने भयो’


  •   शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमही नगरपालिका वडा नम्बर २ रनियापुर निवासी  ओम प्रकाश चौधरी दैनिक अरुको मजदुरी गरेर परिवार पाल्दै आईरहेका छन् ।

    Advertisement

    उनी २ बर्ष अघि बिदेशमा पनि सोचेजस्तो आम्दानी नभएपछी घर फर्किएका हुन् । उनका २ छोराछोरी गरि ४ जनाको परिवार छ । दैनिक मजदुर गरेर पेट पाल्ने चौधरीको परिवारलाई त ‘लकडाउन’ निल्नु न अोकल्नु भयो । काम गरौँ भने लकडाउनले गर्दा काम छैन, अन्नपात उब्जाउँ भने घरबास मात्र छ । उनलाई अहिले साँझ बिहानको छाक टार्नपनि हम्य हम्य परेको छ । उनी भन्छन् वडा सरकारले राहात स्वरुप दिएको खाद्यान्न पनि सकियो, वडा कार्यालयले पनि कति थेग्न सकोस् !

    उनका परिवार जस्तै सयौँ छन् त्यहाँ । तिनै अति बिपन्न तथा मजदुरका परिवारको भोको पेट भर्न लमही नगरपालिका वडा नम्बर २ को कार्यालयले छलफल चलायो । छलफलले बिकाश निर्माणका काम शुरु गर्ने र मजदुरको परिवारको पहिचान गरि सोही काममा लगाउने निष्कर्स निकाल्यो । परिश्रम गरे बाफत पाउने पारिश्रमिकबाट आबस्यक्ता अनुसार खाद्यान्न तथा नगद प्रदान गर्ने योजना पनि बनायो । त्यही योजना अनुरुप बनकट्टाको झोलँगेपुलबाट श्री माध्यमिक बिद्यालय सोनपुर हुँदै दामोदर रोड जोड्ने करिब २ किलोमिटर बाटो चख्ल्याउने काम भईरहेको छ ।डेढ मिटर मात्र चौडा रहेको साघुँरो बाटोलाई ८ मिटर चौडा गर्नेगरी शुक्रबारबाट काम शुरु भएको छ । सोनपुर, बनकट्टा र रनियापुरका करिब १ सय जना बिपन्न तथा मजदुरका परिवार अहिले त्यही बाटो चख्ल्याउने काममा ब्यस्त छन् । हातमा कोदाली, फरुवा, बेल्चा, बाल्टी, पराँट लिएर उनिहरु बाटो चख्ल्याउने काममा लागेका हुन् । उनिहरुले परिश्रम गरे बाफत अबश्यक्ता अनुसार दैनिक ६ सय रुपैयाका दरले खाद्यान्न अथवा नगद पाउने छन् ।

    उनिहरु भन्छन् लकडाउनले गर्दा काम नपाएर भोक टार्न नै मुस्किल परेको बेला वडा कार्यालयले ठूलो गुण लगायो, वडाध्यक्षलाई धन्यबाद छ । बनकट्टा निवासी ५० बर्षिय दिलकुमारी चौधरी पनि हातमा फरुवा लिएर काममा ब्यस्त देखिईन । उनी भन्छिन् सानैदेखी फरुवा कोदालोमा रमाईयो, लकडाउनले केही गर्न पाईएन, घरमा रासन पानी पनि सकियो, काममा बानी परेको शरिर, करिब २ महिना पछी काम गर्नपाउँदा खुसी लागेको छ । त्यस्तै सोनपुर निवासी हेमा चौधरीले पनि राहात स्वरुप काम दिएर लकडाउनको फुर्सदिलो समयलाई सदुपयोग गर्न पाएकोमा खुसी ब्यक्त गरिन । ‘बानी परेको शरीर, काम नगर्दा त कस्तो कस्तो लाग्ने रहेछ हेमाले भनिन्-यस्तो फुर्सदिलो त कहिल्यै भईएन, के गरम् गरम् हुन्थ्यो । उनले भोको पेट भर्न रोजगार दिलाउने वडाध्यक्षलाई धन्यबाद ज्ञापन गरिन् ।

    प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगतको ४ लाख ५० हजार रुपैयामा बाटो चख्ल्याउने काम शुरु भएको हो । स्थानिय टोलबिकाश सँस्थाका अध्यक्षहरु कालिप्रसाद चौधरी र अमित कुमार चौधरीको नेतृत्वमा बाटो निर्माण कार्य धमाधम शुरु भएको छ । करिब ६ दिनमा २ किलोमिटर बाटो निर्माण कार्य सम्पन्न गरिसक्ने लक्ष रहेको टोलबिकाश संस्थाका अध्यक्षहरुले जनाए ।यति झन्झटिलो गर्नु भन्दा जेसिबि र ट्याक्टर प्रयोग गरेर बढिमा २ दिनमै कामलाई रफादफा गर्न सकिन्थ्यो । तर वडाध्यक्ष नेपालु चौधरीले यो सोचेनन् । उनले काम नपाएर भोकभोकै छट्पटाउने अबस्था श्रृजना हुन थालेपछी योजनाका कामलाई राहात बनाएका हुन् । मजदुर हरुपनि काम गर्न पाउँदा खुसी देखिन्थे ।

    त्यसो त वडा कार्यालयले बिपत ब्यबस्थापनको ५ लाख रुपैया र स्थानिय मनकारी सहयोगी दाताहरुले दिएको राहातबाट पाँच अौँ चरण सम्म खाद्यान्न बितरण गरिसकेको छ । तर सधै बाँडेर मात्र सम्भव नभएकोले राहात पनि हुने र बिकाश पनि हुने भन्दै रोजगार दिलाएको वडाध्यक्ष नेपालु चौधरीले बताए । उनले लकडाउन अझै लम्बिने सम्भाबना देखेपछी अँधुरा अपुरा योजनाका कामपनि शुरु गरेर रोजगार दिने योजना बनाएका छन् । १ घर १ रोजगार भन्दै उनले अति बिपन्न तथा मजदुरका परिवारको आफै सहि पहिचान गरि काममा लगाएको जानकारी दिए । परिश्रम गरे बाफत आबस्यक्ता अनुसार हामीले नगद पनि प्रदान गर्नेछौ किनकि खेतीको सिजन छ, कसैले धान किन्नु छत कसैले मकैको बीउ! वडाध्यक्ष चौधरीले भने-पैशा नहुने परिवारले कसरी किन्छ र ?

    शुक्रबार, जेठ ०२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ३.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन

    • ४.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • ५.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ६.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    भर्खरै

    • १.
      सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

    • ३.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    • ४.
      झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

    • ७.
      दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

    • ८.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...