राप्ती गाउँपालिकाको सबै वडामा दोस्रो चरणको राहत वितरण सुरू

ओमप्रकाश गुप्ता,सिसहनियाँ  । दाङ देउखुरीको राप्ती गाउँपालिकाको ९ वटै वडाले दोस्रो चरणको राहत वितरण सुरू गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्न वडा अध्यक्ष सहितको टोली टोल टोलमा पुगेर राहत वितरण गरेका छन् ।
गाउँपालिकाको ९ वटै वडाहरुबाट विपन्न तथा लगडाउनबाट प्रभावित घरपरिवारलाई चामल,दाल नुन, तेल,सावुन लगायतका सामग्री वितरण गर्ने कार्यक्रम अनुसार दैनिक रुपमा ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने तथा अपांगता, जेष्ठ नागरिक,एकल महिला र असहाय वर्गका घरपरिवारलाई दोस्रो चरणको राहत प्रदान गरेका हुन् ।
करिव १० हजार बढि घरधुरी र ५३ हजार बढि जनसंख्या रहेको गाउँपालिकामा करिव १ हजार बढि गरिव विपन्न घरधुरीलाई दोस्रो चरणको राहत टोल बस्तीमै गएर वितरण गर्न सुरू गरेका हुन् । दोस्रो चरणमा प्रति परिवार १५ देखी २५ किलो चामल, एक एक किलो दाल, १ प्याकेट नुन, एक लिटर तेल र एक देखि दुई पिस साबुन वितरण भइरहेको बताइएको छ। यसै क्रममा वडा नम्बर १ मा ताराबहादुर डिसीको अगुवाइमा ५ सय ८८ घर परिवार, वडा नम्बर २ मा वडा अध्यक्ष जगतबहादुर थापाको अगुवाईमा ५ सय १ घरपरिवार, वडा नम्बर ३ मा वडा अध्यक्ष चन्दर चाैधरीको अगुवाइमा ४ सय ६२ घरपरिवारलाई,वडा नम्बर ४ मा वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्रीको अगुवाइमा ३ सय ७२ घरपरिवारलाई,वडा नम्बर ५ मा वडा अध्यक्ष गोवर्धन रावतको अगुवाइमा २ सय ४५ घरपरिवारलाई , वडा नम्बर ६ मा वडा अध्यक्ष वेदप्रसाद चाैधरीको अगुवाईमा ३ सय १ घर परिवारलाई, वडा नम्बर ७ मा वडा अध्यक्ष विद्याशरण चाैधरीको अगुवाईमा २ सय ५२ घर परिवारलाई राहत वितरण गरेको छ भने वडा नम्बर ८ र ९ मा वितरण गर्न बाँकी रहेको सम्बन्धित वडा अध्यक्षहरूले जानकारी दिएका छन् ।

Sharing Now!

You might also like

Comments are closed.