१ सय १७ घर बिपन्नलाई खाध्यान्न राहत

बुटवल । लकडाउनका कारण प्रभावित बनेका अति बिपन्न तथा मजदुर  परिवारलाई खाद्यान्न बितरण गरिने भएको छ ।लायन्स क्लब अफ बुटवल र लियो क्लब अफ बुटवलले सयुत्तरुपमा बुटवल उपमहानगरपालीका वडा –२ भिमसेन टोलमा खाद्यान्न दिइने भएको हो । भिमसेन टोल बिकास समितीका सभापति महेन्द्रराज भण्डारीलाई सो खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको र टोल बिकास समितीमा रहेका १ सय १७ घर बिपन्नलाई  खाध्यान्न वितरण गरिने क्लबले जनाएको छ ।  भण्डारीले सिंगो मुलुक लकडाउन हुँदा पनि लायन्स क्लवहरुले सहकार्य गरेर विपन्न मजदुर वर्गलाई खाद्यान्न वितरण गर्ने काम स्रहानीय रहेको बताउनुभयो ।खाद्यान्न बितरण कार्यक्रमा लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपाल डिष्ट्रिक्ट को चिफ एड्भाईजरद्धय एमजेएफ अर्जुनमान शैजु र निर्मल लाकौल, लायन्स आखाँ अस्पतालका सभापति रामेश्वर प्रसाद श्रेष्ठ, लायस क्लब अफ बुटवलका पूर्व अध्यक्ष अनिल प्रसाद श्रेष्ठ, लायनेश क्लब बुटवलका अध्यक्ष पुजन श्रेष्ठ, लियो क्लबका अध्यक्ष अबिनास श्रेष्ठको लगायत सहभागी थिए। सो अवसरमा उनीहरुलाई चामल, दाल, सोयाविन, तेल, नुन र दाल प्रदान गरिएको थियो । प्रत्येक घरलाई १० किलो चामलको दरले राहत बितरण गरिने छ । त्यस्तैगरी बुटवल उपमहानगरपालिका वडा नं. ३ मा भोली आइतबार खाद्यान्न समाग्री बितरण गरीने लायन्स क्लब अफ बुटवलका अध्यक्ष नशेस कुमार श्रेष्ठले जानकरी दिनुभयो । लकडाउनका कारण समस्यामा परेकालाई भोकै बस्ने नपर्ने उहाँको भनाई थियो ।

Sharing Now!

You might also like

Comments are closed.