आउदो बर्षको दसैंको टीका कात्तिक १० गते, भाइटीका मंसिर १

काठमाडौं। आगामी ०७७ सालको बडा दसैं, तिहार र छठजस्ता ठूला पर्व पछि धकेलिएका छन् ।
आगामी वर्षको पात्रोअनुसार दसैंको टीका कात्तिक १० र तिहारको टीका मंसिर १ गते परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।
सरकारले दसैंको बिदा पाँच दिन दिने भएको छ । कात्तिक ७ गते फूलपातीका दिनदेखि ११ गते एकादशीसम्म बिदा हुनेछ । तिहारमा भने तीन दिन मात्र बिदा छ । कात्तिक २९ गते लक्ष्मी पूजादेखि मंसिर १ गते भाइटीकाका दिनसम्म बिदा हुनेछ । मंसिर १ गते गोबद्र्धन पूजा, भाइटीका र नेपाल सम्वतको नयाँ वर्ष एकै दिन परेको छ । सचिव ढुंगेलले असोजमा मलमास परेकाले चाडपर्व पछि धकेलिएको बताए ।

Sharing Now!

You might also like

Comments are closed.